0
पोखराको ट्रिनिटी एजुकेशन फाउन्डेशन ले शुक्रबार सातौंं वार्षिकोत्सव मनाएको छ । कार्यक्रमका प्रमुख अतिथि प्रोफेसर डा. विश्वकल्याण पराजुली र फाउन्डेशनका संस्थापक अध्यक्ष डिवि गुरुङले संयुक्त रुपमा केक काटेर उदघाटन गरेका थिए । पराजुलीले विदेश पढ्न जाने विद्यार्थीलाई फाउन्डेशनले धेरै सुविधा दिएको बताए । ‘विदेशी शिक्षाको सीप सिकेर नेपालमा आई केही गर्नुपर्छ,’ उनले भने,–‘नेपालको अवसरलाई विदेशी शिक्षा भए पुग्छ । धेरै जसो नेपाली युवायुवतीहरु विदेश पढ्न गएपछि उतै कार्डमा लागि पर्ने हुँदा त्यसलाई हटाउनुपर्ने पराजुली बताउँछन । इक्यानका केन्द्रीय सल्लाहकार गुराकर सापकोटाले फाउन्डेशन अन्तराट्रिय स्तरको बनोस् भन्दै शुभकामना दिए । यसको शाखा विदेशमा खुलोस,’ उनले भने,–‘शिक्षा सँगै विभिन्न क्षेत्रमा फाउन्डेशनले काम गर्न सकोस ।’ लिटिल स्टेप वोडिङका फाउन्डर शेरबहादुर गुरुङले यस फाउन्डेशनले थुप्रै विद्यार्थीहरुलाई विदेश पठाएर आफ्नो खुट्टामा उभिन सक्ने बनाएको बताए । इक्यान कास्कीका अध्यक्ष महेश भण्डारीले बाहिर जाने विद्यार्थीलाई उज्वल भविष्यको निम्ति लागि परेको ट्रिनिटिलाई सफलताको शुभकामना व्यक्त गरे । उनले फाउन्डेशन पारिवारिक लगाव भएकोले अरु फाउन्डेशन भन्दा फरक रहेको बताए । क्रिसमस इन्टरनेसनल कलेजका प्रमुख तेजबहादुर गुरुङले फाउन्डेशनले विद्यार्थीलाई विदेश पठाएर प्रतिष्ठा आर्जन गर्ने काम गरेको बताए । कार्यक्रममा फाउन्डेशनका शुभचिन्तक एलवि थापा, आइएलटिएल शिक्षक चिमे ग्यास्टो, संस्थाका एडमिनेस्टर विकास नेपाली, पूर्व रिसेप्सन प्रिया किसान र काउन्सिलिङ अल्क सेवालाई खादा, अविर र प्रमाणपत्र सहित सम्मान गरिएको थियो । फाउन्डेशनका अध्यक्ष डिवि गुरुङको सभापत्विमा सम्पन्न कार्यक्रममा संस्थापक सदस्य विना गुरुङले स्वागत मन्तव्य राखिन । कार्यक्रमको सन्चालन निर्मला सुवेदीले गरेका थिइन् ।





Post a Comment

 
Top