0
गीता राना मगर
विनासकारी महाभूकम्प गएको एक वर्ष वितीसक्यो । गोरखाको बारपाकलाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पले धेरैको घरबास उठ्यो । कतिले ज्यान गुमाएभने कति अहिले घाइते अवस्थामा छन । सरकारले घरबार गुमेकाहरुलाई पुनर्वासका लागी केही रकमहरु प्रदान गरेको भएतापनि हाल सम्म कुनैपनि कामहरु अगाडि वढ्न सकेको छैन । भूकम्पमा घरबास उजाड हुनेहरु त एक वर्ष विभिन्न संघ सस्थाले प्रदान गरेको त्रिपालको भरमा गुजारा चलाइरहेका छन र अझैपनि सरकारको आसमा बसिरहेका छन । भूकम्पमा परि मृत्यु हुनेका परिवारले भने अझै विभिन्न पीडाहरु ब्यहोरिरहनुपरेको छ । विशेषगरी भूकम्पमा अभिभावक गुमाएका साना बालबालिकाहरुको अवस्था अझै दयनीय बन्दै गइरहेको छ । भविष्यका कर्णधार मानिने ती साना बालबालिकाहरुको भविष्य भूकम्पले झनै अन्यौलमा पु¥याएको छ । त्यस्ता बालवालिकाहरुलाई नेपाल सरकारले कुनै चासो देखाएको छैन । यसैलाई मध्येनजर गरेर हाल हङकङमा रहेका मगरहरुको संस्था नेपाल मगर संघ हङकङले यस्ता बालवालिकाको तथ्यांक संकलन गरिरहेको छ । भूकम्प प्रभावित जिल्लाहरु गोरखा, धादिङ, नुवाकोट, रसुवा, सिन्धुपाल्चोक लगायतका क्षेत्रका भूकम्प प्रभावित विशेषगरी मगर समुदायका बालबालिकाहरु को शिक्षादीक्षाका लागि नेपाल मगर संघ हङकङका अध्यक्ष चन्द्रज्योती मगरले तथ्याङ्क संकलन गरिरहेकी छन् । यो अभियानमा मिस मगर हङकङ २०१३ र २०१४ का नानीहरुले साथ दिएका छन् ।
मगर संघ हङकङले गत वर्ष भूकम्पको वेलामा राहत वितरणको क्रममा नेपालको बिभिन्न भूकम्प प्रभावित क्षेत्रहरुमा पुगेको बेलामा मगर संघ संगै आएको मिस मगर हङकङ २०१४ पूजा राना मगरले नेपालको बालबालिकाहरु वढी प्रभावित देखेपछि वालबालिकाका लागि केही गर्नुपर्छ भन्ने सोचिन् । उनले अभियान नै सञ्चालन गर्ने सोच राखेर यतिवेला त्यस्ता बालबालिका जो भूकम्पमा आफ्ना अभिभावक गुमाए तीनको तथ्याङ्क संकलन भइरहेको मगर संघ हङकङकी अध्यक्ष चन्द्रज्योती आले मगरले बताइन । मगरका अनुसार हङकङमा विभिन्न कार्यक्रमहरु गरी संकलन गरिएको रकम ती बालवालिकालाई १० कक्षा सम्म अध्ययनका लागी खर्च गरिने भएको छ । अभियानमा रहेकी मिस मगर हङकङ २०१३ अन्जना पुन मगरले आफुहरु सात समुन्द्र पारि रहेतापनि आफ्नो मातृभूमि नेपालमा भूकम्पमा अभिभावक गुमाएका बाल  वच्चाहरुका लागि अभियान चलाउन पाउँदा निकै खुशी लागेको भन्दै त्यस्ता बालवालिकाका लागि कक्षा १० सम्म निःशुल्क अध्ययनमा सहयोग गर्ने बताइन । त्यसोत मिस मगर हङकङ २०१४ पूजा राना मगरले भूकम्पको राहत वितरणका लागि अघिल्लो वर्ष नेपाल आउँदा भूकम्पबाट आफ्ना अभिभावक गुमाएका बालवालिकाहरु निकै नै अन्यौलमा परेको आफूले महसूस गरेपछि हङकङ फर्केर त्यस्ता बालवालिका को शिक्षाका लागि विभिन्न कार्यक्रमहरुको आयोजना गरी केही आर्थिक संकलन भएको र त्यसलाई कसरी खर्च गर्ने भनेर अहिले नेपालको विभिन्न ठाउँहरुमा त्यस्ता बालवालिकाको तथ्याङ्क संकलन जारी भइरहेको बताइन । विनाशकारी भूकम्प गएको एक वर्ष बितिसक्दा पनि नेपाल सरकारले भूकम्प पीडितहरुलाई पुनर्वासको योजना अगाडि वढाउन नसक्दा यसरी सात समुद्र पारी रहेर पनि सहयोग गरिरहेको छ । भविष्यका कर्णधार यस्ता बालवालिकाका लागि सात समुद्र पारि रहेर पनि सहयोगलाई निरन्तरता दिइरहेका यस्ता अभियनताहरुलाई हातमा हात साथमा साथ दिन सकेको खण्डमा ती बालवालिकाको भविष्य उज्वल हुने थियो ।







Post a Comment

 
Top