0
गोल्डेन न्यूज संवाददाता
दलित शक्ति नेपाल कास्कीको प्रथम जिल्ला भेला नयाँ शक्ति नेपाल क्षेत्र नं. ४ को कार्यालयमा बिहीबार सम्पन्न भएको छ । कास्की जिल्लामा रहेका उत्पीडित दलितहरुको उपस्थितिमा दलित शक्ति नेपाल कास्कीले आयोजना गरि कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रमकी प्रमुख वक्ता नयाँ शक्ति नेपाल तथा दलित शक्ति नेपालकी केन्द्रीय सदस्य सुशिला सेर्पालीले आर्थिक समृद्धिबाट हाम्रो समाज, देश समुन्नत बनाउनु पर्छ भन्ने तर्क राखेकी थिईन् साथै देशमा रहेको अशिक्षा, बेरोजगार, उत्पीडनको अन्त्य नयाँ शक्तिले गर्ने बताईन् । उक्त भेलाले कास्की जिल्लाका लागि पछि थप गर्ने गरि २४ सदस्यीय कमिटी गठन गरेको छ । जसमा संयोजकमा राजकुमार परियार रहेका छन् भने सदस्यमा जुम बहादुर परियार, राजु परियार, ओमप्रकाश सुनार, परशुराम परियार, विष्णु नेपाली, कृष्ण नेपाली, रामबहादुर सुनार, भुवन परियार, राजेश परियार, खड्के सुनार, याम कुमारी बिक, गंगा बहादुर खाती, कृष्ण बहादुर बिक, लक्ष्मी नेपाली, सुष्मा परियार, रामजी परियार, सन्तोष नेपाली, डम्मर नेपाली, दिपक विक, अर्जुन परियार, देविलाल बिक, पुनम सार्की, सुर्यबहादुर परियार लगायत रहेका छन् । भेलामा नयाँ शक्ति नेपालका केन्द्रीय सदस्य तथा प्रदेश नं. ४का संयोजक देवेन्द्र पराजुली, समाजवादी ट्रेड युनियन जिल्ला संयोजक बाबुराम अधिकारी, युवा नेता राजकुमार गुरुङले आ–आफ्नो शुभकामना मन्तव्य राखेका थिएभने कमिटी गठन पश्चात नयाँ शक्ति नेपाल कास्की जिल्ला संयोजक हेम बहादुर पराजुली, केन्द्रीय परिषद सदस्य देवी सुवेदी र रीम बस्यालले नव निर्वा्चित सदस्यहरुलाई बधाई तथा शुभकामना दिएका थिए । दलित शक्ति नेपालका केन्द्रीय सदस्य शम्भु खाती परियारको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा स्वागत मन्तव्य दलित शक्ति नेपाल कानुन तथा मानव अधिकार विभाग शाखा प्रमुख रमेश सिकेले राखेका थिए । त्यसै गरि कार्यक्रमको संचालन जिल्ला परिषद् सदस्य कर्ण बहादुर नेपालीले गरेका थिए ।









Post a Comment

 
Top