0
जिल्लामा विगत पाँच वर्षमा एक हजार ३१४ जना हराएका छन् । जसमा सबैभन्दा बढी महिला रहेका छन् । महिला ७५४ जना छन् भने ४४५ जना बालबालिका र पुरुष ११५ जना रहेका छन् । जसमध्ये हालसम्म ४१५ जना भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । जिल्ला प्रहरी कार्यालय चितवनको महिला तथा बालबालिका कक्षमा रहेको पञ्चवर्षे तालिकालाई हेर्दा आर्थिक वर्ष २०६८÷०६९ देखि हालसम्म चितवनमा हराएपछि भेटिएकामध्ये महिला २२३, बालबालिका १६१ र पुरुष ३१ जना रहेका छन् । चितवनका प्रहरी प्रमुख वसन्तबहादुर कुँवरका अनुसार बालबालिका र महिलालाई मानव ओसारपसार र घरेलु कामदारका रुपमा बढी प्रयोग गर्ने भएकाले उनीहरू धेरै हराएका हुन् । विशेषतः समाजमा व्याप्त रहेको छोराछोरीको विभेद र भेटिएको जानकारी नआउनुले मुख्य समस्या बनेको उनले बताए । महिला र बालबालिकामा चेनताको वृद्धि हुन नसकेका कारण यसलाई न्यूनीकरण गर्न नसकिएको कुँवरले बताए । कार्यालयका अनुसार चितवनमा चालु आवको १० महिनामा २१० जना हराएका छन् ।







Post a Comment

 
Top