0
गोल्डेन न्यूज संवाददाता
अपराध अनुसन्धानको क्रममा कास्कीमा पछिल्लो दुई महिनामा दुई हजार एक सय ७० जना पक्राउ परेका छन् । विभिन्न घटना अनुसन्धानको क्रममा पक्राउ परेका उनीहरु मध्ये दुई सय ३१ बिरुद्ध मुद्धा दायर गरिएकोमा दुई सय २५ जनामाथि कार्वाही अघि बढेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक गजुसिद्धी बज्राचार्यका अनुसार मुद्धा दर्तापछि कार्वाहीमा पर्नेमा २०८ पुरुष, १५ महिला र दुई विदेशी नागरिक छन् । विदेशी नागरिक वालयौन दुराचारको अभियागमा जेल चलान भएका छन् । सार्वजनिक अपराध अन्तर्गत सबैभन्दा बढी ७५ वटा मुद्धा दर्ता भएकोमा एक सय २० पुरुष र पाँच महिला छन् । त्यस्तै लागूऔषध बिरुद्ध १८ वटा मुद्धामा २७ पुरुष र तीन महिला गरी २० जनाले सजाय सजायको भागिदार भएका छन् । यो विचमा मानवबेचविखन अन्तर्गत दुई महिला र दुई पुरुष विरुद्ध मुद्धा दायर भएको छ । जिल्ला प्रहरी प्रमुखमा प्रहरी उपरीक्षक घनश्याम अर्यालले फागुन १० गते कार्यभार सम्हाले यता कालोबजारीमा तीन जना पक्राउ परेका छन् । कालोबजारीमा बेच्दै गरेको १६८ थान ग्यास सिलिण्डरपनि प्रहरीले वरामद गरेको छ । पछिल्लो दुई महिनामा २० जना फरार अपराधि पक्राउ गर्न सफल भएको डिएसपी बज्राचार्यले बताए । प्रहरीको आन्तरिक शुद्धिकरण अन्तर्गत आचरण विपरित काम गर्ने एक जनालाई जागिरबाट बर्खास्त गरिएको र सात जनालाई विभागीय कार्वाही गरिएको उनले जानकारी दिए । त्यस्तै उत्कष्ट काम गर्ने ५३ जना प्रहरी जवान तथा अधिकृतलाई नगद पुरस्कारबाट पुरस्कृत समेत गरिएको बज्राचार्यले बताए । नेपाल प्रहरीको त्रिवर्षीय रणनीतिक कार्ययोजना अन्तर्गत प्रत्येक तीन महिनामा नागरिक सुनुवाई गर्नुपर्ने प्रावधान अनुसार शुक्रवार गरिएको नागरिक सुनुवाईमा प्रहरी उपरीक्षक अर्यालले सबै क्षेत्रको सुझाव संकलन गरी प्रहरी सेवालाई अझै उत्कृष्ट र परिस्कृत गर्न प्रतिबद्ध रहेको बताए । उनले नागरिकसँगको सहकार्यमा प्रहरीको कमीकमजोरी लाई सच्याउँदै सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउने बताए । विभिन्न क्षेत्रबाट आएको सुझावलाई कार्यान्वयन गर्दै कास्कीलाई शान्त र सुरक्षित जिल्ला बनाउने उनको योजना छ । कार्यक्रममा बोल्नेहरुले ट्राफिक ब्यबस्थापन, लागूऔषध नियन्त्रण लगायतलाई जोड दिएका थिए । नागरिक समाज पोखराका संयोजक राम बहादुर पौडेलले सवारी साधनको कारण हुने ध्वनी प्रदुषण नियन्त्रण, पटका नियन्त्रण, ट्राफिक ब्यबस्थापनमा ध्यान दिन आग्रह गरे । पृथ्बी राजमार्ग बस सञ्चालक समितिका महासचिव योगेन्द्र केसीले सवारी चाप र सडकको अबस्था अनुसार पोखरामा ट्राफिक जनशक्ति बृद्धि गर्नुपर्ने खाँचो औल्ंयाए । प्रहरीसँगको सहकार्यमा यातायात ब्यवसायी सधैं तयार रहेको उनले बताए । हिसान कास्कीका अध्यक्ष बाबुराम पन्तले दश जोड दुईका बिद्यार्थीको लागि मिनिस्कट, मोवाईल र मोटरसाईलमा कडाई गर्नुपर्ने आवश्यकता औल्याए । उनले कक्षा ११ र १२ का बिद्यार्थीको लागि कास्कीबाट सुरु भएको थ्रि एम निषेध अभियानलाई अझ प्रभावकारी रुपमा कार्यान्वयनको खाचो औल्याए । पृथ्वी होटल संघका अध्यक्ष कमल प्रसाद न्यौपानेले राति ९ बजेनै होटल बन्द गर्दा ब्यवसाय धरासायी हुने भन्दै ११ बजेसम्म सञ्चालन गर्न पाउनुपर्ने माग राखे । लेखनाथ सामुदायिक केन्द्रका ज्ञानेन्द्र बजगाईले लागुऔषध नियन्त्रण र गाजा फडानीमा जोड दिन आग्रह गरेका थिए ।





Post a Comment

 
Top