गोल्डेन न्यूज संवाददाता
लोकतान्त्रिक फोरम नेपालको आसन्न महाधिवेशनका लागि लोकतान्त्रिक फोरम जिल्ला कार्यसमिति कास्कीले पोखरा उपमहानगरपालिकाबाट प्रतिनिधि छनौटका लागि युवा नेता अमनबिक्रम थापालाई प्रतिनिधि छनौट समितिको संयोजक चयन गरेको छ । निर्वाचन प्रकृयामा गएर प्रतिनिधि छनौटका लागि समय अभाव भएको र देशको आसन्न परिस्थितिका कारण मनोनयन गर्ने प्रक्रियामा गईएको र पोखरा उपमहानगरपालिकाको प्रनितिधि छनौटको जिम्मा थापालाई दिईएको जिल्ला कार्यसमिति कास्कीका अध्यक्ष ज्ञानेन्द्रबहादर कार्कीले बताए । थापा विगत पाँच वर्षदेखि फोरमको विभिन भातृ संगठनमा रहेर काम गरिसकेका छन् । उनी विद्यार्थीको गण्डकी अञ्चल ईन्चार्ज युवा संगठनको केन्द्रीय सदस्य हुँदै पार्टीको भुगोल कमिटी अन्तरगत जिल्ला कार्यसमितिमा गतवर्ष मनोनित भएका थिए । विभिन्न सामाजिक काममा सँलग्न रहेका थापालाई पार्टीमा उल्लेख्य योगदान पु¥याएको तथा प्रतिनिधि छनौटको लागि योग्य रहेको भन्दै संयोजकको जिम्मेवारी दिईएको लोकतान्त्रिक फोरम कास्कीका सचिव गणेश पौडेलले जानकारी दिए । आफूलाई पोखरा उपमहानगरपालिकाको प्रतिनिधि छनौट समितिको संयोजक छनौट गरेकोमा थापाले पार्टी र नेताहरुलाई धन्यवाद दिँदै पार्टी र सामाजिक विकासका लागि जस्तोसुकै योगदान गर्ने प्रतिवद्धता व्यक्त गरे ।
Post a Comment