0
राजाराम पौडेल÷गोल्डेन
नौ कक्षामा पढ्दै गर्दा उनले शिक्षक र साथीहरुबीच केहि प्रतिभा सुनाउनु पर्ने भयो । खेल, पढाइ र घरायसी काममा व्यस्त हुने गरेका उनले त्यतिबेला गीत सुनाउने निधो गरे । गीत गाउने स्वभाव भने उनमा थिएन । गीत कस्तो हुने हो । शिक्षक र साथीहरुले के भन्ने हुन् । एक खालको डर मनमा थियो । जब उनको आवाज बाहिर आयो । शिक्षक र विद्यार्थी खुशी मात्र भएनन् । उनको आवाजको तारिफ गरे । अगाडि बढ्न हौसाए पनि । यसरी बाध्यतावश गीत प्रस्तुत गर्दा पाएको सफलतालेनै नेपाली साँगीतिक क्षेत्रमा हालका चर्चित लोकदोहोरी गायक तारापति सुवेदीको यात्रा तय भएको हो । गीत सुनाएपछि उनका शिक्षक गुरुप्रसाद त्रिपाठीले स्वर राम्रो छ भनेर अगाडि बढ्न प्रोत्साहन गरे ।  अनि स्कूलमा आयोजना हुने साँस्कृतिक कार्यक्रमबाट यात्रा सुरु गरेका उनले विस्तारै स्कुल बाहिरका कार्यक्रममा भाग लिन थाले । घरमा बुबा–आमाले पढ्नुपर्छ, यो क्षेत्रमा लागेर मात्र हुदैन भन्ने गर्दथे । तर साथीहरुको सर्पोटले यो क्षेत्रमा स्थापित हुने सपनाका साथ सघर्ष उनले गरे । फलस्वरुप आज धेरै लोकदोहोरी पारखीको मनमुटुमा बस्न उनी सफल भएका छन् । 
वि.स. २०३४ सालमा कास्की जिल्लाको कास्कीकोट गाउँ विकास समिति वडा नं. ३ मा बुबा धनपति र आमा तिलमाया सुवेदीको कान्छो सन्तानको रुपमा सुवेदीको जन्म भएको हो । उच्च शिक्षा अध्ययन तथा साँगीतिक क्षेत्रमा स्थापित हुने सपना बुनेर कास्कीकोटबाट पोखरा वि.स. २०५३ सालमा उनी झरेका थिए । पोखरा आइपछाडी उनले झण्डै पाँच वर्ष प्रतियोगीतामा भाग लिएर कयौ पुरस्कार जिते । उनको साँगीतिक फाँटको औपचारिक शुरुवात २०५२ सालमा मगर भाषाको गीतमा आवाज भरेर भएको हो । यो गीत रेडियो नेपाल क्षेत्रीय प्रसारण केन्द्र पोखरामा रेर्कड भएको थियो । वि.स.२०५४ सालमा रेडियो नेपाल सिहँदरवार काठमाडौमा ‘फेवातालमा डुङ्गा चढेर’ बोलको गीत गाएर स्वर परीक्षा उत्तीर्ण उनले गरेका थिए । स्वर परीक्षा उत्तीर्ण हुनुभन्दा पहिलेनै ‘फुर्के डोरीलाई’ एल्बम श्रोतामाझ उनले पस्केका थिए । चारवटा गीत समावेश यस लोकदोहोरी एल्बमबाट उनको चर्चा बढेको थियो । लोक दोहोरीको माहोल त्यति नभएको समयमा समेत निरन्तर उनले एल्बम निकाले । २०५४ सालमा ‘नरोउ धर्केर’, ‘चरी पासैमा’ र ‘भाले बाँसेछ’ तीनवटा एल्बम एकै वर्षमा बजारमा ल्याए । यी एल्बमबाट उनको लोकप्रियता अझ चुलिन पुग्यो । २०५५ मा ‘सोह्र वर्षै’ एल्बम निकालेका उनले २०५६ मा ‘भन्न भा छैन’ र २०५८ मा ‘फूल गेटैमा’ एल्बम जीवन दाहालसँग मिलेर निकाले । २०५९ मा ‘याम्दीमा सेती दोभान’ एल्बम उनले बजारमा ल्याए । 
२०६१ मा ‘रोयकी चेली’ नामक तिजको कोशेलीको एल्बम पस्किएका उनले २०६४ मा ‘बनको बाटो’ एल्बम श्रोतामाझ पस्किएका थिए । यस एल्बममा समाबेश ‘जाम त भने बनको बाटो’ र ‘गाई चराउँदै लाको पिरती’ दुवै गीतलाई श्रोताले अत्याधीक रुचाए । उनका चाहिदैन धन, वनको बाटो रातिमा, सानु तिम्रो विहे पछि हो, आउँ माया सरर, भेनाको भाइ, ढलायो धरहरा, म जन्मेको गाउँ गीत दर्शक श्रोताले मन पराएका थिए ।
यतिबेला उनको ‘सम्झना छैन’ बोलको गीत बजारमा आएको छ । गीतमा तारापतिलाई जीवन दाहाल र तुलसा जिसीले साथ दिएका छन् । गीतको शब्द रमेश विजी र  लय तारापतिले सिर्जना गरेका हुन् । लेखनाथमा छायांकन गरिएको भिडियोको निर्देशन प्रकाश भट्टले गरेका छन् । गीतमा मोडलको भूमिकामा पार्वती राई र वेदराम न्यौपानेले अभिनय गरेका छन् ।
झण्डै १८ वर्ष उनले दोहोरी साँझमा आफ्नो प्रस्तुती राखिसकेका छन् । सविस दोहोरी साँझ अम्मरसिँहचोकबाट सुरु भएको उनको दोहोरी साँझको यात्रा सोल्टी दोहोरी साँझ, गाउँले दोहोरी साँझ, निरौला दोहोरी साँझ, दोभान दोहोरी साँझ, दौतरी दोहोरी साँझ  र विसौनी दोहोरी साँझसम्म आइपुगेको छ । उनी विसौनी दोहोरी साँझका सञ्चालक पनि हुन् । 
शिव सुवेदीको शब्द र उनकोे आवाजमा रहेको स्वदेशगान ‘साट्दैनांै हामी’ २०७३ सालको सुरुवातमा बजारमा आउँदैछ ।  यसैगरी उनीसँगै जीवन दाहाल र मञ्जु वि.क.को आवाजमा रेर्कड भएको ‘भत्केको पुल’ गीत बजारमा आउने तयारीमा छ । प्रेमराज अधिकारीको शब्द रहेको यो गीतको लय सिर्जना तारापतिलेनै गरेका हुन् । हालसम्म झण्डै ३ दर्जन गीतमा आफ्नो सुमधुर आवाज भरिसकेका उनले ४ दर्जन गीतको रचना र लय संकलन गरेका छन् । कार्यक्रममको शिलशिलामा नेपालका अधिकांश ठाउँ तथा भारतका सिक्किम, दार्जलिङ, मुम्बई, नयाँ दिल्ली लगायतका ठाउँमा पुगी आफ्नो प्रतिभा उनले सुनाइसकेका छन् । 
पछिल्लो समयमा नेपाली लोक दोहोरी क्षेत्रमा मौलाउँदै गएको विकृतिप्रति भने सुवेदी चिन्तित छन् । पुरानाले नयाँ कलाकारको अस्तित्व स्विकार गर्न नसक्ने र नयाँ कलाकारले पुराना कलाकारलाई सम्मान गर्न नजान्दा यो क्षेत्र धराशायी बन्दै गएको बुझाइ उनको छ । हाल देखिएको विकृति हटाई लोक संस्कृतिको संरक्षणमा लोकप्रेमी र अग्रज लाग्नुपर्ने अवस्था आएको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रीय सदस्य रहेका सुवेदीको भनाइ छ । ‘नयाँले पुराना कलाकारलाई सम्मान दिनुपर्छ र  पुरानाले नयाँ कलाकारलाई अवसर दिनुपर्छ’–उनले भने । यो क्षेत्रमा गलत संस्कृति मौलाउँदा प्रतिभावान कलाकार यो क्षत्रेबाट विस्तापित भएको दुखेसो उनी गर्छन् । लोक दोहोरी गीत प्रतिष्ठानले लोप भएको संस्कृति प्रमोशन गर्न खेलेको भूमिका सह्रानीय भएपनि पर्याप्त भने नभएको उनी स्वीकार्छन् ।  प्रतिष्ठानले पनि प्रभावकारी भूमिका खेल्नुपर्ने र मिडियाले समेत वास्तविक लोक संस्कृति झल्कने गीतलाई प्राथमिकता दिनुपर्ने उनको भनाइ छ । हाल आयोजना हुने लोकदोहोरी गीत प्रतियोगिता मा भाग लिने क्रम घटेको उनको अनुभव छ । नयाँ कलाकारको आगमन दोहोरी प्रतियोगीतामा हुने तर यस्को चाम हाल घटेकोले प्रतियोगिताबाट खारिएका कलाकार यो क्षेत्रमा आउने क्रममा कमी आएको उनी बताउँछन् । पहिला–पहिला प्रतियोगीता छ भन्ने सुनेपछि भाग लिनेको भिड लाग्थ्यो तर अहिले फोन गरेर बोलाउदाँ पनि आउदैनन्’–उनले गुनासो गरे । स्वर नभएपनि प्रविधिको फाइदा लिदै एल्बममा लगानी गरेर आउनेक्रम बढेकोले कलाकारमा अंहमता बढ्दा यस्तो अवस्था आएको उनले बताए । सुवेदी राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान कास्की र गण्डकीको संस्थापक अध्यक्ष हुन् । 
विभिन्न ठाउँमा आयोजना हुने लोकदोहारी प्रतियोगितामा २०५८ सालदेखि निरन्तर निर्णायकको जिम्मेवारी उनले निभाएका छन् ।  लोकगीत संगीतको क्षेत्रमा उनले पु¥याएको योगदानको कदर गर्दै स्वतन्त्र विद्यार्थी युनियन पृथ्विनारायण क्याम्पस, अनन्ता सामुदायीक सेवा, केफ उच्च मा.वि.लगायतका संस्थाले उनलाई सम्मान गरेका थिए । उनले तेस्रो राष्ट्रिय लोक दोहोरी गायक २०७० विधाको अवार्ड समेत जितिसकेका छन् ।
प्रतिक्रियाका लागि ः
उयउमष्बचथ२नmबष्।िअयm




Post a Comment

 
Top