0
गोल्डेन न्यूज संवाददाता
माझठाना गाविस वडा नं. ९ स्थित रत्न शोभा उच्च मा.वि.को कक्षा ११ मा अध्ययनरत विद्यार्थीले कक्षा १२ मा अध्ययन गर्ने विद्यार्थीलाई विदाई कार्यक्रम गरेका छन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एकराज तिवारीले विद्यार्थीहरु जिम्मेवारी भई आफ्नो भविष्यको गोरेटो कोर्ने बेला आएको भन्दै उच्च मा वि शिक्षा परिषदले लिने बोर्ड परीक्षामा सफलताको शुभकामना दिएका थिए । 
त्यस्तै विद्यालयका प्रधानाध्यापक गोपाल बहादुर बुढाथोकीले कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरु मेहनति, लगनशील एवम् अनुशासित भई अध्ययन गरेकोमा खुशी व्यक्त गर्दै आगामी दिनमा पनि अनुशासनलाई मध्यनजर राख्दै आफ्नो अध्ययन कार्यमा लाग्न प्रेरित गरे । उच्च मावि संयोजक केपी भुर्तेल, शिक्षक सत्यराज कंडेल, ऋषिराम रानाभाट, सविन चन्द्र तिवारी लगायतले नव वर्ष २०७३ सालको शुभकामना दिंदै विद्यार्थीहरु को उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका थिए । कक्षा १२ का विद्यार्थीहरु सुनिल भूर्तेल, कल्पना अधिकारीले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको बीच–वीचमा विद्यार्थीहरुले सांस्कृतिक कायक्रम समेत प्रस्तुत गरेका थिए । त्यस्तै कक्षा ११ का विद्यार्थी मनिषा नेपालीले स्वागत मन्तव्य राखेको सो कार्यक्रम कक्षा ११ की विद्यार्थी सन्तोषी नेपालीको सभापतित्वमा सम्पन्न भएको थियो भने कक्षा ११ का विद्यार्थी विनिता तिवारी र सरिता बाँस्तोलाले संचालन गरेको सो कार्यक्रममा अतिरिक्त क्रियाकलापमा सर्वोत्कृष्ट हुने विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो भने कक्षा १२ का विद्यार्थी सुनिल भुर्तेलले शिक्षकहरुलाई खादा लगाएर सम्मान गरेका थिए ।
यसैगरी लेखनाथ १० स्थित आनन्द ज्योति उच्च मा.वि.को कक्षा ११ मा अध्ययनरत विद्यार्थीले कक्षा १२ मा अध्ययन गर्ने विद्यार्थीलाई विदाई कार्यक्रम गरेका छन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णुबहादुर बुढाथोकीले विद्यार्थी अनुशासन भई आफ्नो अध्ययन कार्यलाई निरन्तरता दिन सुझाब दिएका थिए । त्यस्तै शिक्षक अभिाक संघका अध्यक्ष यमनाथ पाण्डेले विद्यार्थीले आफुले गर्नु पर्ने कर्तव्यलाई पालना गर्दै अधि बढ्न आग्रह गरे । विद्यालय व्यवस्थापन समितिका सदस्य कृष्ण प्रसाद सापकोटा, उच्च मावि संयोजक सत्यराज कंडेल, शिक्षक शिवराज अधिकारी, सविन चन्द्र तिवारी, शिक्षिका शारदा तिवारी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

Post a Comment

 
Top