गोल्डेन न्यूज संवाददाता
लमजुङमा व्रियाशील ठाडो भाका लोककला प्रतिष्ठानको पहिलो अधिवेशनबाट नवराज पहाडीको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्य समिति चयन गरिएको छ । लमजुङको पहिचान बनेको ठाडो भाकालगायतका लोक संस्कृतिको संरक्षण गर्ने मूल उद्देश्यसहित व्रिmयाशील प्रतिष्ठानको ३ कार्यकालका लागि तदर्थ समितिका अध्यक्षसमेत रहेका पहाडीलाई पुनः नेतृत्व गर्ने अवसर प्रदान गरेको हो ।
प्रतिष्ठानका वरिष्ठ उपाध्यक्षमा मातृका खनाल, उपाध्यक्षमा युवराज घिमिरे, महिला उपाध्यक्षमा लालुमाया गुरुङ, महासचिवमा रुपिन्द्र प्रभावी, कोषाध्यक्षमा अमृता घिमिरे, सचिवमा कृष्ण आले र सहकोषाध्यक्षमा बेलिना थापा सर्वसम्मत चयन भएका छन् । यसैगरी, सदस्यमा रामचन्द्र अर्याल, विश्व विनोद, राजु थापा, शम्शेर लौडारी, लोकचन्द्र खनाल, ध्वज गुरुङ, मेमबहादुर गुरुङ, कृष्णजङ गुरुङ र सन्जोग लामिछोन चयन भएको भएको निर्वाचन समितिका संयोजक तीर्थराज पराजुलीले जानकारी दिए । अधिवेशनको उद्घाटन गर्दै सांसद जमिन्द्रमान घलेले ठाडोभाका जस्ता लोक संस्कृतिको संरक्षण गर्नु समयको माग भएको बताए । उनले आफ्नो तर्फबाट ठाडो भाकालगायत लमजुङका लोक संस्कृतिको संरक्षणका लागि जस्ता सुकै सहयोग गर्न तयार रहेको प्रतिवद्धता जनाए। प्रतिष्ठानका सल्लाहकार तथा आजीवन सदस्यसमेत रहेका सांसद घलेले जिल्लाका सर्जकहरूका कृति किन्ने वातावरण बनाउनका लागि पहल गर्ने बताए। कार्यक्रममा प्रमुख जिल्ला अधिकारी मोहन जिसीले लोककला संस्कृृति राष्ट्रको धरोहर भएकाले संरक्षणमा लाग्न सबैलाई आह्वान गरे । नेपाली भाषा शिक्षक परिषद् कास्कीका अध्यक्ष तथा ठाडो भाकाकै विषयमा अनुसन्धान गरिरहेका लोकचन्द्र खनालले ठाडो भाकाका नाममा सुनिएका र देखिएका अन्य भाकाहरुबाट मूल भाका पहिचान गरी संरक्षण गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा ठाडोभाका शिरोमणि भेडीखर्के साइँलाले ठाडोभाकाकै गीतमार्फत शुभकामना दिएका थिए । कार्यव्रmममा नेपाली काङ्ग्रेस क्षेत्र नं. २ का सभापति बृषराज गुरुङ, एमाओवादीका जिल्ला सदस्य हरिजङ तामाङ, राप्रपा नेपालका रामचन्द्र अर्याल, नयाँ शक्ति अभियानका जिल्ला संयोजक राजु थापा, कवि विजयराज न्यौपाने, सामुदायिक पुस्तकालय सङ्घका केन्द्रीय अध्यक्ष गणेशप्रसाद न्यौपाने, हिमालचुली कला साहित्य प्रतिष्ठानका कार्यवाहक अध्यक्ष बेनबहादुर सुयँल, कविहरू मातृका खनाल, युवराज घिमिरेलगायतले आ–आफ्नो भनाइ राखेका थिए ।
सोही अवसरमा राष्ट्रिय कविता महोत्सव २०७१ मा तृतीय भएका लमजुङका कवि हरिशरण परियारलाई सम्मान पनि गरिएको थियो । प्रतिष्ठानले २०७३ सालभरमा कास्की, तनहुँ, गोरखा, चितवन र काठमाडौँमा शाखा विस्तार गर्ने, ठाडोभाका र नौमती बाजाको प्रशिक्षण सञ्चालन गर्ने सहितका विभिन्न प्रकारका १८ कार्यक्रमको अनुमोदन गरेको छ । वराज पहाडीको सभापतित्वमा भएको सो अधिवेशनमा कृष्ण आलले स्वागत तथा रुपिन्द्र प्रभावीले सञ्चालन गरेका थिए ।
Post a Comment