गोल्डेन न्यूज संवाददाता
युवा संघ कास्कीको आयोजनामा लेखनाथमा जारी दोस्रो युवा संघ कप सेभेन ए साइड फुटबल प्रतियोगितामा अन्र्तगत शनिबार युवा संघ क्षेत्र नम्वर एक, युवा संघ पोखरा २९, शुभतारा युवा क्लब र युवा संघ पोखरा २६ विजयी भएका छन् । प्रतियोगिता अन्तर्गतको पहिलो खेलमा गगनगौडा युवा क्लब टाइब्रेकरको सिकार भएको भयो । युवा संघ पोखरा २६ ले गगनगौडा युवा क्बललाई ट्राइबेकरमा ७–६ गोलले पाखा लगाउदै विजयी भयो । निर्धारित खेलमा दुवै तर्पm एक÷एक गोलमा सकिएपछि खेल टाइबे्रकरमा पुगेको थियो । अर्को खेलमा युवा संघ कास्की क्षेत्र नम्वर एकले एकता युवा क्बललाई १–० गोलको कठिन जित निकाल्दै विजयी भयो । युवा संघको जितमा पूर्ण गुरुङले निर्णायक गोल गरे । तेस्रो खेलमा युवा संघ पोखरा २९ ले वि.एन.एस. एफ. सीलाई २–० गोलले पाखा लगायो । युवा संघ २९ को जितमा धमेन्द्र कुवँर र अजित गुरुङले एक÷एक गोलको योगदान दिए । चौथो खेलमा शुभतारा युवा क्लबले युवा नगर कमिटी पोखरालाई ३–१ को नतिजाले पन्छाउँदै विजयी भयो । शुभताराको जितमा सुजन वि.क, अमृत तामाङ र प्रकाश पुनले एक÷एक गोल गरे ।
प्रतियोगिता अन्तर्गत आइतबार युवा संघ कास्की(रातो) र योङ स्टार क्लब वीच हुने छ । दोस्रो खेल मालेपाटन युवा क्लब र युवा संघ पोखरा वीच हुने छ । तेस्रो खेल संघर्ष युवा क्लब र शुभतारा युवा क्लब वीच हुने छ भने अन्तिम खेल युवा संघ क्षेत्र नम्वर एक र युवा संघ पोखरा २६ वीच हुने युवा संघ कास्कीका सचिव डिल्लिराम सुवेदीले जानकारी दिए । शनिबारको खेलको प्रमुख अतिथि एमाले कास्कीका सचिव दामोदर बैरागी र अथितिमा युवा संघ केन्द्रीय सदस्य हरि लम्सार, जिल्ला अध्यक्ष विष्णु पुन लगायत थिए ।
बैशाख १ गतेसम्म संचालन हुने प्रतियोगितामा २२ टिमले प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगितामा विजेता टिमले १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन भने उपविजेता टिमले नगद ५५ हजार ५ सय ५५ रुपैयाँ जित्ने युवा संघ कास्कीका सचिव डिल्लिराम सुवेदीले जानकारी दिए । प्रतियोगिमा उत्कृष्ट खेलाडि र सर्वाधिक गोलकर्ता खेलाडिलाई नगद ५ हजार, मेडल र प्रमाणपत्र प्रदान गरिने संयोजक नविन पुनले बताए। त्यस्तै अनुशासित टिमलाई मायाको चिनो र प्रमाणपत्र प्रदान गरिने छ । प्रतियोगिता सम्पन्न गर्न करिव १४ लाख ३० हजार खर्च लाग्ने अनुमान आयोजकले गरेको छ ।
Post a Comment