गोल्डेन न्यूज संवाददाता
नेपाल क्रिकेट संघ (क्यान)लाई अन्तर्राष्ट्रिय क्रिकेट संघ (आईसीसी)ले निलम्बन गरेको छ । विवादले क्यान दुई समूहमा विभाजित भइ नेतृत्वविहीन भएको भन्दै युएईमा बसेको आईसीसी बोर्ड बैठकले क्यानलाई निलम्बन गर्ने निर्णय गरेको हो । आईसीसीले क्यानलाई निलम्बन गरेपनि नेपाली खेलाडीले अन्तर्राष्ट्रिय प्रतियोगिता भने खेल्न पाउनेछन् । क्यान निलम्बनमा परेपनि नेपाली खेलाडीले आईसीसीको अन्तर्राष्ट्रिय म्याचहरु खेल्न पाउने आईसीसी बोर्ड बैठकले निर्णय गरेको हो ।
आईसीसीको निलम्बनसँगै अब उसले क्यानलाई गर्दै आएको सबै सहयोग रोक्का हुनेछ । यसअघि पनि आईसीसीले क्यानको विवाद तत्काल समाधान गर्न आग्रह गर्दै आएको थियो भने केहि महिनायता क्यानले पाउँदै आएको सहयोग समेत रोकिएको थियो ।
यही बीचमा क्यानको विवाद समाधान नभएपछि आईसीसीले आफ्नै पहलमा दुई साताअघि पहिलेमात्रै विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तरगत नेपाल र नामिबियाको खेल कीर्तिपुरमा गराएको थियो ।
Post a Comment