गोल्डेन न्यूज संवाददाता
यस वर्षको राष्ट्रिय मुक्तक पुरस्कार–२०७२ बाट मुक्तककार रत्नशम्शेर थापा पुरस्कृत भएका छन् । साहित्यकार विष्णु अल्पविराम द्वारा स्थापित तथा मुक्तक मंच पोखराले हरेक वर्ष प्रदान गर्दै आईरहेको मुक्तक पुरस्कार यस वर्ष थापालाई प्रदान गरिएको हो । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति साहित्यकार सरुभक्त कार्यक्रमका बीच दोलसल्ला, ताम्रपत्र लगायत ११ हजार १ सय ११ रुपैँया राशी सहित मुक्तककार रत्नशम्शेर थापालाई सम्मान गरेका हुन् । कार्यक्रमको मुख्य आकर्षकको रुपमा रहेका साहित्यकार थापाले मुक्तकको आविष्कार गरेका साहित्यकार भिम दर्शन रोक्काबाट प्रभावित भई मुक्तकको क्षेत्रमा प्रवेश गरेको भन्दै मुक्तकलाई जीवनको एक महत्वपूर्ण पाटो भएको बताए । थापाले प्रसिद्ध गायक गोपाल योञ्जनलाई एक पटक मुक्तकलाई हरफ थपि गीत बनाउँ भन्दा थापाले ईन्कार गरेका थिए ।
साहित्यकार थापाले मुक्तक सरल र एक भिन्नै पहिचान बोकेको विधा भएकाले यसको स्वाद मिठो हुने बताउँदै आगामी दिनमा समेत श्रोताको मन छुने खालका मुक्तक कोर्न बाध्य हुनेछु, उनले भने । त्यस्तै वरिष्ठ साहित्यकार एवं संगीत नाट्य प्रतिष्ठानका कुलपति सरुभक्तले पुरस्कार छनौट समितिले यसवर्ष पुरस्कार दिनैपर्ने व्यक्तित्वलाई छानेकोमा आफू निकै खुशी भएको बताए । सरुभक्तले उक्त पुरस्कारको प्रक्रिया पारदर्शी समेत भएको भन्दै थापा मुक्तकको स्थानमा नमेटिने दस्ताबेज समेत भएको स्पष्ट पारे । मुक्तक मंच पोखराकी अध्यक्ष सरला लामिछाने सरुको अध्यक्षतामा भएको एकल मुक्तक वाचनमा रत्नशम्शेर थापाले करिब ४ दर्शन बढी मुक्तक वाचन गरेका थिए । श्रोताको वान्स मोर अगेनमा हल गुञ्जिएको थियो ।
त्यस्तै मुक्तक मंच पोखराका सल्लाहकार कृष्ण देवकोटाले थापाको जीवनीमाथि प्रकाश पारेका थिए । उपाध्यक्ष पवित्रा भण्डारी पारुले शुभकामना मन्तव्य राखेकी थिइन भने संचालन सचिव प्राञ्जलले गरेका थिए ।
Post a Comment