पोखराको जिरो कि.मी देखि विन्दुवासिनी मन्दिरसम्मको सडक विस्तार गर्ने योजनाको एक वर्ष ढिला हुने भएको छ । अहिले २ लेन मात्र सञ्चालनमा रहेको पोखरा पोखरा वाग्लुङ राजमार्ग अन्तर्गतको सुरु विन्दुको करिव ३ कि.मी सडक चक्ल्याउन सरकारले दुई वर्षमा सक्ने गरि सम्झौता भए पनि दुई वर्षमा पुरा नहुने देखिएको छ । २०७२ को असार समान्त सम्ममा सकिसक्नु पर्ने भएपनि अहिलेसम्म करिब ३५ प्रतिशत मात्रै काम सम्पन्न भएको छ । निर्माणाधिन ३ किमी सडकमा २ सय ८ वटा विद्युत पोल, ४५ वटा टेलिकम पोल, १ सय ५३ वटा रुख, ८ वटा घर, १ वटा पेट्रोल पम्प समेत हटाउने काम अन्तिम चरणमा पुगेको सडक डिभिजन कार्यालय पोखराका प्रमुख नरेन्द्र पौडेलले जानकारी दिए । अहिले नाला बनाउने र पुर्ने काम अन्तिम चरणमा पुगको बताए । उनले यो आर्थिक वर्षमा सडक पुरा नहुने र अर्को आर्थिक वर्ष सम्ममा सम्पन्न भई सक्ने बताए । २०७१ असार मसान्तबाट काम सुरु गरि दुई वर्ष भित्र सम्पन्न गरि सक्नु पर्ने उक्त सडकको निर्माण कार्य पहिले ठेकेदारले समयमा काम शुरु नगर्दा र पछि भूकम्प र नाका बन्दीका कारण १ वर्ष पछि सडक निर्माण कार्य लम्बिएको उनको भनाई थियो । सडक निमार्णका लागि रमन–मृत सञ्जिवनी जे.भी.ले जिम्मेवारी पाएको थियो । २५ मिटर फराकिलो सडक २ किलो ९ सय ७८ मिटर लामो हुने छ । जसमा १४ मिटर वीच सडक फास्ट ट्याक ३÷३ मिटर सर्भिस लेन र छेउछाउमा १.२. मिटर पैदल ट्रयाक रहने गरी डिजाइन तय भएको छ । रमन–मृत संजिवनी जे.भी. ले १३ करोड ३९ लाख २७ हजार ३ सय ४३ रुपैयामा ठेक्का पाएको हो ।
Subscribe to:
Post Comments (Atom)
Post a Comment