0
धादिङ–पोखरा सम्पर्क समितिले महाभूकम्पमा परि निधन भएकाहरुको सम्झनामा आइतबार साँझ दीप प्रज्वलन ग¥यो । गत २०७२ वैशाख १२ र २९ गते नेपालमा आएको महाभूकम्पमा परि  करिब ९ हजार नेपाली नागरिकको निधन भएको थियो । श्रद्धाञ्जली सभामा समितिका अध्यक्ष, पदाधिकारी, सदस्यहरु, पूर्व अध्यक्ष एवं सल्लाहकारहरुको सहभागिता रहेको थियो । कार्यक्रममा बोल्दै समितिका पूर्व अध्यक्ष एवं सल्लाहकार परिषद् संयोजक रुद्र प्रसाद खनालले महाभूकम्प गएको १ वर्ष बितिसक्दा समेत राज्यले प्रभावकारी काम गर्न नसकेको भन्दै यस विषयमा राज्य गम्भीर बन्नुपर्नेमा जोड दिए । समितिका अध्यक्ष झम्क सारु मगरले सरकारले भूकम्पमा परी निधन भएका, घाइते भएका र धनजनको क्षति भएकाप्रति न्याय गर्न नसकेको गुनासो गरे । उनले भने– ‘‘पीडितका लागि सरकारलाई विभिन्न दाताबाट आएको राहतको वितरण उसले न्यायपूर्ण तरिकाले गर्न सकेन ।’’ कार्यक्रममा सचिव सुदर्शन बसौलाले समेत बोलेका थिए । 
यसैगरी विनाशकारी भूकम्पबाट दिवांगत भएका आत्माको चीरशान्ति र घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै पोखरामा शान्तिपूजा भएको छ । पुम्दी–भुम्दीस्थित विश्व शान्ति स्तुपमा सामुहिक रुपमा विभिन्न धर्मका गुरुले स्वस्तीशान्ति गरे । पोखरा पर्यटन पूनःजागरण समितिको आयोजनामा हिन्दु धर्म, बौद्धमार्गी, मुस्लिम, क्रिश्चियन, ओम शान्ति, हरेराम हरे कृष्ण लगायतका गुरुहरुले एकै ठाउँबाट स्वस्तीशान्ति गरेका हुन् । बिहान देखि नै पूजापाठ गरेर अघिल्लो वर्ष भूकम्प गए कै समयमा ५ मिनेट सामुुहिक प्रार्थना समेत गरे । भूकम्पको कालो दिनको रुपमा स्मरण गर्दै आगामी दिनमा दुःखद आपद् आइनपरोस भनी सबै धर्मका व्यक्तिहरुलाई एकै ठाउँमा राखेर पूजा आयोजना गरेको संयोजक गणेश भट्टराईले बताए । कार्यक्रममा विभिन्न व्यक्तिहरुले भूकम्पबाट पाठ सिकेर अझ उत्साहका साथ देश निमार्णमा लाग्नु पर्ने बताएका थिए ।



Post a Comment

 
Top