नेपाल क्रिकेट काउन्सिल (क्यान) मा बढ्दै गएको विवादका बीच ओझेलमा परेको नेपाली क्रिकेटलाई नामिबिया विरुद्वको दुवै खेलमा रोमाञ्चक जित हासिल गरेर नेपाली खेलाडिले आफूहरुलाई अब्बल सावित गरेका छन् । यतिमात्रै होइन यो जितले नेपालमा क्रिकेट खेलको संभावनाका सुनौला आयामहरुको समेत पदार्पण गरेका छन् । नेपालले आईसीसी वल्र्ड क्रिकेट लिग डिभिजन च्याम्पियनसिप खेल्ने मौका पाएपनि गतवर्ष नेपालले निराशजनक प्रदर्शन ग¥यो । गतवर्ष चार खेल हारेको नेपालले पराजयको शृंखला तोड्दै घरेलु मैदानमा नामिबियालाई पहिलो खेलमा ५ विकेटले हरायो । दोस्रो खेलमा रोमाञ्चक जित हासिल गर्दै नेपाल विश्वकप क्रिकेट लिग च्याम्पियनसिपको अंक तालिकामा पाँचौ स्थानमा फड्को मार्न सफल भएको छ ।
लगातारको दुई जितपछि नेपालले आगामी वर्षको विश्वकप छनोट खेल्ने संभावना बलियो बनाएको छ । अंकतालिकामा नेदरल्याण्डस् पहिलो, हंङकङ दोस्रो, स्कटल्याण्ड तेस्रो, केन्या चौथो र नेपाल ४ अंकसहित पाँचौ स्थानमा छन् । यद्यपी अझै केन्या र पिएनजीले एकआपसमा दुई खेल खेल्न बाँकी छ । यि टिमले केवल ४ खेल खेल्दा नेपालले ६ खेल खेलिसकेको छ । नेपालभन्दा पिएनजी रनरेटमा मात्रै पछाडि छ ।
अघिल्लो वर्ष क्यान विवादका कारण नेपाली क्रिकेट ओझेलमा परेको थियो । तर खेलाडीहरुको प्रदर्शनले फेरि एकपटक नेपालमा क्रिकेटको महत्व कति छ भनेर देखाई दिएका छन् । अभावै अभावबाट गुज्रिरहेको नेपाली क्रिकेट टोलीले नेपालीका लागि दिलाएको जितले फ्यानहरु उत्साहित समेत बनेका छन् । क्यान हुने राजनीतिक भागवण्डाको विवाद, खेलकुद क्षेत्रमा विनियोजित गरिने बजेटको कमी र खेलका लागि चाहिने भौतिक संरचना तथा दक्ष प्रशिक्षणको अभावमा नेपाली क्रिकेट विश्वस्तरको बन्न सकेको छैन् । दर्शकको हौसलाले मात्रै नेपालको क्रिकेट विश्वस्तर बन्न सक्दैन । नेपाली टोलीलाई विश्वकपसम्म पु¥याउनको लागि सरकारले भौतिक संरचना निर्माणसंगै दक्ष प्रशिक्षकको व्यवस्था गर्न जरुरी छ । क्यानमा समय समयमा हुने विवादलाई सतहमा आउन नदिनको लागि पनि हाम्रालाई होइन राम्रा मान्छेलाई क्यानको जिम्मेवादी दिनुपर्छ । आफ्नौ औकात अनुसार नेपाली क्रिकेट खेलाडिहरुले खेल खेल्दै आएका छन् । उनीहरुलाई राम्रो प्रशिक्षणको आवश्यकता पनि छ । अर्काेतर्फ क्रिकेटलाई व्यवसायिक बनाउन नसकेसम्म नेपालले विश्वस्तरमा प्रतिष्पर्धा गर्न सक्दैन । त्यसैले क्रिकेटलाई व्यवसायिक बनाई खेलाडिलाई खेलमा निरन्तर लगाव बढाउन जरुरी छ । खेलाडीहरु एक दिन खेल खेलेर प्रतियोगितामा भिड्नु पर्ने बाध्यता रहेको छ । खेलाडीको भरमा जीतको आशा गर्ने परिपाटीलाई सम्बन्धित निकायले समय बुझ्न जरुरी छ । नामिबिया विरुद्व नेपालको सनसनीपूर्ण जितले विश्वकप यात्राको शुरुवात गरेको छ । यसलाई निरन्तरता दिनु हामी सबैको कर्तव्य हो । त्यसैले क्रिकेटमा रहेका विवादलाई हल गरी खेलाडीहरुको मनोबल उचो बनाउन र दक्ष बनाउन सम्बन्धित निकायले समयमै सोच्न जरुरी छ ।
Post a Comment