नेपालमा विद्यमान सामाजिक सुरक्षा नीति कार्यान्वयन गर्नुपर्नेमा एक कार्यक्रमका सहभागीले जोड दिएका छन् । शान्तिका लागि साझा अभियान कोक्याप र सामाजिक सुरक्षा कोषको संयुक्त समन्वयमा मंगलबार आयोजित ‘नेपालमा विद्यमान सामाजिक सुरक्षा नीति कार्यान्वयन र अभ्यास’ बिषयक अन्तत्र्रिmया कार्यक्रममा सहभागीले पारदर्शिताका लागि बैंकबाट सामाजिक सुरक्षा भत्ता लगायतका अन्य सहयोगहरु गर्दे आएको भएपनि कतिपयलाई यसको बिषयमा जानकारी नभएकोले सबै मिली बिशेष कार्यक्रम ल्याउनुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा पोखरा उप–महानगरकालिका कार्यालयका वरिष्ठ अधिकृत ओमराज पौडेलले नेपालमा अवस्थित विभिन्न सरकारी तथा गैरसरकारी संस्थाहरुले यस विषयमा सहयोग पुर्याउनुपर्नेमा जोड दिए । कार्यक्रममा बोल्दै सामाजिक सुरक्षा कोषका शाखा अधिकृत मुक्तिराम अर्यालले सैद्धान्तिक रुपमा मात्रै यस्ता कार्यक्रमलाई सीमित गर्न नहुने भन्दै यसलाई अझै विस्तारित रुपमा सबैको पहुँचमा पुर्याउनुपर्ने बताए । यस्तै कोक्याप पश्मिाञ्चलका अध्यक्ष राजेन्द्र प्रसाद बस्यालले सबै गैरसरकारी संस्थाहरु हतेमालो गरेर काम गनुपर्ने र नीतिको कार्यान्वयनमै जोड दिनुपर्ने बताए । कोक्यापले नेपालका विभिन्न जिल्लाका सामाजिक सुरक्षा सम्बन्धी तथ्याङ्क संकलन गरि त्यसैको आधारमा काम गरिरहेको उनले बताए । कार्यक्रममा इन्सेक पश्मिाञ्चल प्रमुख शिव खकुरेल, अपाङ्गता संघका केन्द्रिय सदस्य शिशिर खनाल, अधिवक्ता सरला पाण्डे, जिफन्ट कास्कीका मेघ बहादुर न्यौपाने लगायतले सामाजिक सुरक्षा गम्भीर बिषय भएकाले यसलाई आधार बनाएर काम गर्ने संस्थाहरुले यसको नीति कार्यान्वयनमा जोड दिएका थिए । कार्यक्रममा कोक्यापबाट पुष्प भुषाल, दिपक बिक, सूर्य पौडेल, उषा बरुवाल, नरेन्द्र भुषाल लगायतले सहजीकरण गरेका थिए । संस्थाका क्षेत्रीय अध्यक्ष राजेन्द्र प्रसाद बस्यालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सामाजिक सुरक्षा कोषका अधिकृत मुक्तिराम अर्यालले कार्यपत्र प्रस्तुत गरेका थिए भने संचालन संस्थाकी क्षेत्रीय कार्यक्रम अधिकृत सरिता पुरीले गरेकी थिइन् ।
Subscribe to:
Post Comments (Atom)
Post a Comment