विसं. २००३ सालमा स्थापना भएको नेपाली छात्र संघ र त्यसभन्दा पछाडिका प्रजातान्त्रिक विद्यार्थी आन्दोलनको जगमा ०२७ साल वैशाख ६ गते स्थापित नेपाल विद्यार्थी संघले आफ्नो चार दशक भन्दा लामो यात्रा पूरा गरिसकेको छ । २००३ सालमै नेपाली राष्ट्रिय काग्रेंस गठन भएपछि छात्र संघले पार्टीको भातृ संगठनको रुपमा काम गर्न थाल्यो । छात्र संघको जगबाट सुरु भएको विद्यार्थी आन्दोलनले २०१८ सालमा त्रिभुवन विश्वविद्यालयमा विद्यार्थी यूनियन खोल्ने अनुमति प्राप्त ग¥यो । प्रजातान्त्रिक विद्यार्थी आन्दोलनको पहिलो उपलब्धि नै यही थियो । २०१९ सालमा भएको त्रिवि विद्यार्थी युनियनको दोस्रो चुनावमा प्रजातन्त्रवादी विद्यार्थी नेता दमननाथ ढुंगाना सभापतिमा निर्वा्चित भए ।
२०२६ सालसम्म आइपुग्दा विपीन कोइराला, लक्ष्मण घिमिरे लगायतको अगुवाईमा गौरीशंकर छात्र समिति, रामचन्द्र पौडेल, गोविन्दराज जोशी, चिरञ्जीवी वाग्ले, टिका पोखरेल लगायतको अगुवाइमा गण्डकी छात्र समिति, अर्जूननरसिंह केसीको अगुवाईमा पश्चिम १ नं. छात्र समिति, शेरबहादुर देउवा, सिद्धराज ओझाको अगुवाइमा सूदूरपश्चिम छात्र समिति र पुरुषोतम बस्नेत, होमनाथ दाहालको अगुवाईमा सगरमाथा छात्र समिति गठन भइसकेका थिए ।
सम्पूर्ण प्रजातन्त्रवादी विद्यार्थी संगठनलाई एकै छातामूनि राखेर बृहत प्रजातान्त्रवादी विद्यार्थी संगठन निर्माण गर्ने र पञ्चायत विरुद्धको आन्दोलन सशक्त पार्ने मूल उद्देश्यले वीपी कोइराला, सूवर्णशमशेर र कृष्णप्रसाद भट्टराईको विषेश प्रयासमा नेपाल विद्यार्थी संघको स्थापना हुन पुग्यो । पञ्चायतको अत्यन्तै कडा निगरानीमा भूमिगत तवरले सम्पन्न भएको प्रथम सम्मेलनले प्रजातान्त्रिक पद्धति (मतदान) बाट केन्द्रीय कार्यसमिति चयन गर्रुयो । २०३५ सालमा शेरबहादूर देउवाको नेतृत्वमा सुरु भएको संयुक्त विद्यार्थी आन्दोलन सामू पञ्चायती सरकार झुक्न पुग्यो र जनमत संग्रहमा जान बाध्य भयो । यस आन्दोलनमा नेपाल विद्यार्थी फेडेरेसन र प्रगतिशील विद्यार्थी संगठन समेत सहभागी थिए । अस्थिर राजनीतिक व्यवस्थाका कारण २०२७ देखि ०४६ सम्म नेविसंघले तीनवटा आन्दोलनलाई सँगसँगै अगाडि बढायो । पहिलो–राजनीतिक परिवर्तनको आन्दोलन अर्थात निरंकुशता विरुद्धको प्रजातान्त्रिक आन्दोलन, दोस्रो–शैक्षिक र वर्गीय आन्दोलन र तेस्रो–आम नेपाली जनताको जनजीविकाको सवालको आन्दोलन । विद्यार्थी आन्दोलनमा आफ्नो छुट्टै पहिचान स्थापित गर्न सफल र कुनै समय सडक बाघको उपाधि प्राप्त गरेको नेविसंघको भूमिका समकालीन नेपाली राजनीतिमा भने फिक्का बन्दै गएको छ । ०६२÷६३ को राजनीतिक परिवर्तन पछाडि यो संगठनले विस्तारै आफूलाई मूल उद्देश्यबाट टाढा राख्दै गएको छ ।
निरकुंश पञ्चायतमा भएका विद्यार्थी आन्दोलन राष्ट्रिय हितमा, आम जनताका हितमा र आम युवा विद्यार्थीका हितमा केन्द्रीत हुने गर्दथ्यो । ०३५ को विद्यार्थी आन्दोलनदेखि ०४६ को जनआन्दोलन हुदैं ०६२÷६३ को ऐतिहाँसिक जनआन्दोलनसम्म आईपुग्दा नेविसंघले खेलेको भूमिकाका बारेमा जति वर्णन गरेपनि पूरा हुँदैन । ०४६ सालमा विद्यार्थी नेताहरु बालकृष्ण खाँड, नविन्द्रराज जोशी र एनपी साउदहरु सडकमा निस्कँदा शासकहरु थर्कमाान हुन्थे । ०६१ माघ १९ गते शाही कदम पछाडि विश्वप्रकाश शर्मा, गुरु घिमिरे, केशव सिंह, किशोरसिंह राठौर, महेन्द्र शर्मा, गगन थापा जस्ता विद्यार्थी नेताहरुले सडक तताउँदा शाही शासकहरुको पसिना छुट्थ्यो । तर, ०६२÷०६३ पछाडि विद्यार्थी राजनीतिको दृश्य फेरिएको छ । गणतन्त्र स्थापना पश्चात नेविसंघ थकित जस्तो देखिएको छ । एकातिर आन्तरिक गुटबन्दीले चरम रुप लिनु र सोही कारण समयमै आफ्नो महाधिवेशन गराउन नसक्नु नेविसंघ भित्रको प्रमुख समस्या हो । त्यसैकारण घरेलु समस्यामा रुमल्लिएको नेविसंघले जुन रचनात्मक भूमिका खेल्नुपर्ने हो त्यो सकिरहेको छैन ।
आफूलाई लोकतान्त्रिक संगठनको रुपमा परिभाषित गर्ने र अरुलाई लोकतन्त्रको पाठ सिकाउने संगठनकै यस्तो हविगत हुनु दूर्भाग्य हो । विधानतः हरेक २÷२ वर्षमा हुनुपर्ने महाधिवेशन २०६४ जेठ देखि हुन सकिरहेको छैन । ८ वर्ष हुँदा समेत आफ्नै नेतृत्व लोकतान्त्रिक पद्धतिबाट चयन गर्न सकिरहेको छैन । आफूलाई लोकतान्त्रिक संगठनको रुपमा परिभाषित गर्ने र अरुलाई लोकतन्त्रको पाठ सिकाउने संगठनकै यस्तो हविगत हुनु दूर्भाग्य हो । पञ्चायतको निरकुंश शासन र ज्ञानेन्द्रको शाही शासनको समयमा समेत नेविसंघको महाधिवेशन कहिल्यै यसरी अवरुद्ध भएको थिएन ।
आफ्नै संगठन चुस्त रुपले अगाडि बढाउन नसकेका कारण पछिल्ला दिनहरुमा नेविसंघले गर्ने हरेक आन्दोलनहरु निर्णायक तहमा पुग्न सकिरहेको छैन । आन्दोलन सुरु गरिन्छ, तर निश्चित बिन्दुमा नपुगी सम्झौता गरिन्छ । न त सम्झौता पारदर्शी हुन्छ, न त सम्झौता गर्नुको कारण कार्यकर्ता सामू भनिन्छ ।
हरेक २÷२ वर्षमा हुनुपर्ने स्ववियूको निर्वाचन ०६५ चैत्र देखि हुन सकिरहेको छैन । त्रिविबाट प्रमाणपत्र हटाउँदा विद्यार्थी संगठनसँग भएको सम्झौताको कार्यान्वयन आजसम्म भएको छैन । जसका कारण अहिले नेपालको शैक्षिक क्षेत्र माफियाको नियन्त्रणमा पुगेको छ र गरिब जनताका छोराछोरी चर्को मूल्य तिर्न बाध्य छन् ।
त्रिविले आवश्यक पूर्वाधार विना सेमेष्टर प्रणालीमा जाने निर्णय विरुद्धको आन्दोलन रातारात गुपचुपमा टुग्ंयाइयो । अहिले सेमेस्टर प्रणालीले जटिलता निम्त्याउँदै छ । त्रिभुवन विश्वविद्यालयका र कतिपय आंगिक क्याम्पस विद्यार्थी नभएकै आधारमा बन्द हुने अवस्थामा छन् त्यसमा कसैलाई चासो छैन ।
दशकौंदेखि सीमित विषयमा भन्दा अरु विषयमा पढाइ हुँदैन, व्यवहारिक, प्राविधिक र रोजगार मूलक विषय क्याम्पसमा भित्र्याउन दबाव दिनुपर्नेमा यो कुराप्रति पटक्कै चासो छैन । समग्र शैक्षिक गुणस्तर वृद्धिमा कहिल्यै आन्दोलन गरिएन । समय–समयमा हुने पेट्रोलियम पदार्थमा हुने मुल्यवृद्धि विरुद्धको आन्दोलन केवल औपचारिकतामा मात्रै सीमित रहने गरेको छ । विगतमा ऐतिहासिक सफलता प्राप्त गरेको विद्यार्थी आन्दोलन यतिबेला सुस्ताउँदै गएको छ । समकालिन विद्यार्थी आन्दोलनका नेतृत्वकर्ताहरु हरेक आन्दोलनका अगाडि नाफा घाटाको जोडघटाउ गर्छन् । ठेक्कापट्टा, गुण्डागर्दी र अराजकता अहिलेको विद्यार्थी राजनितिको पर्याय बनेको छ । यतिबेला विद्यार्थी आन्दोलन द्रव्य (रकम) मुखी भएको छ । नेविसंघले आफ्नो स्थापनाको ४६ वर्षगाँठ मनाइरहँदा हामी कहाँनेर चुक्यौं र किन बाटो बिरायौ भनेर समीक्षा गर्नु जरुरी भइसकेको छ । माउ पार्टी नेपाली काग्रेंसले तीन पटकसम्म निरकुंशताका विरुद्धमा सशस्त्र क्रान्ति ग¥यो ।
प्रथम सशस्त्र क्रान्तिमा अधिकाश युवा विद्यार्थीहरु नै मुक्तिसेनामा समाहित भएर युद्ध लडेका थिए । राजा महेन्द्रलाई बम प्रहार गर्नेदेखि हवाइजहाज अपहरणसम्म गर्ने बहादुर युवा विद्यार्थीको संगठन यतिबेला चाकरी र स्वार्थको चौघेरामा पुगेको छ । नेविसंघको आन्दोलन र भूमिका यतिबेला अत्यन्तै नाजुक अवस्थामा पुगेको छ । अर्को शब्दमा भन्दा नेविसंघ यतिवेला जिवनमरणको दोसाँधमा उभिएको छ । जीवनमरणको दोसाँधमा रहेको नेविसंघलाइ पुर्नताजगी गराउन र नेपालको लोकतान्त्रिक, शैक्षिक र राष्ट्रियताको मुद्दालाई थप उचाइमा पु¥याउन सर्वप्रथम नेविसंघ स्वयं रुपान्तरित हुन जरुरी छ ।
तीतो सत्य के हो भने नेबिसंघको नेत्रित्व अहिले जति असफल कहिल्ये भएको थिएन । नेबिसंघको नेत्रित्वले दूरदराजमा बसेर काम गर्ने र संगठनका इमान्दार कार्यकर्ताहरुको मर्म र भावना कहिल्यै बुझ्ने प्रयास गरेन । पुरानो मानसिकता, सामन्ती सोच र चाकडी चाप्लुसीले न त संगठन चल्छ, न त संगठनले उठान गर्ने मुद्दाले सफलता प्राप्त गर्छ ।
(थपलिया नेविसंघका कार्यकर्ता हुन् )
Post a Comment