0
आर्थिक वर्षको अन्त्यसंगै राष्ट्रिय खेलकुद परिषद्ले रकमान्तर गरेको छ । नयाँ आर्थिक वर्ष सुरु हुन करिव चार महिना बाँकी रहँदा खेलकुद क्षेत्रको बजेट खर्च हुन नसकेपछि पछि रकमान्तर गरेको हो । खेलकुद क्षेत्रका लागी विनियोजित बजेट फ्री हुन नदिन परिषदले रकमान्तर गदै विभिन्न क्षेत्रलाई वितरण गरेको छ । परिषद्ले रकमान्तर गरेपछि पश्चिमाञ्चल विकास क्षेत्रको लागी १३ जिल्लाका लागि १ करोड ४ लाख रुपैयाँ बजेट निकासा गरेको छ । क्षेत्रीय खेलकुद विकास समितिले सिफारिस गरेका योजनाका आधारमा परिषद्ले पश्चिमाञ्चलका कास्की, स्याङजा, तनहुँ, पर्वत, बाग्लुङ, म्याग्दी, पाल्पा, रुपन्देही, गुल्मी, गोरखा, लम्जुङ, नवलपरासी र कपिलवस्तुमा खेलकुदका विभिन्न योजना सम्पन्न गर्न उक्त रकम क्षेत्रीय खेलकुद विकास समिति मार्फत पठाएको छ । परिषद्ले सोमबार पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिमा पठाएको पत्रमा कास्कीलाई ७ लाख, तनहुँलाई ११ लाख ५० हजार, लम्जुङलाई ७ लाख ५० हजार, गोरर्खालाई १५ लाख, पर्वतलाई ११ लाख ५० हजार, म्याग्दीलाई ५ लाख, बाग्लुङलाई ७ लाख ५० हजार,स्याङजा ११ लाख, पाल्पा २ लाख ५० हजार, गुम्मी लाख, रुपन्देही ६ लाख, कपिलवस्तु २ लाख ५० हजार रुपैयाँ क्षेत्रमाफत जिल्लामा पठाएको क्षेत्रीय खेलकुद विकास समिति अध्यक्ष खगराज पौडेलले जानकारी दिए  । परिषद्ले सात दिनभित्र उक्त रकम जिल्ला समितिहरुलाई निकासा दिन अनुरोध गदै पत्र पठाएको छ । परिषद्ले निर्माण तथा मर्मत कार्य सार्वजनीक खरिद ऐन नियमावली अनुसार गर्न भनेको छ भने निर्माण कार्यको अनुगमन गरि परिषदमा फोटो सहित प्रतिवेदन पठाउन आग्रह गरेको छ । त्यस्तै परिषदले रकम खर्च गरेका हिसावकितावका विल भरपाई श्रेस्ता सहित लेखापरीक्षण गराई सोको प्रतिवेदन र कार्यमूल्याङ्कन प्रतिवेदन पठाउन निर्देशन निर्माण तथा मर्मत कार्य हुन नसकेमा बचत रकम परिषद्को नाममा पठाउन पत्रमा भनेको छ ।

Post a Comment

 
Top