0
गोल्डेन न्यूज संवाददाता
लायन्स क्लब अफ पोखरा पिससिटीको लायन वर्ष १०१६÷०१७ का लागि किशोर मोहन भट्टराईको अध्यक्षतामा नयाँ कार्य समिति चयन भएको छ ।  शुक्रवार सम्पन्न निर्वाचनमा निवर्तमान अध्यक्ष टंकराज अधिकारी, प्रथम उपाध्यक्षमा जीवन ढुंगाना, द्वितीय उपाध्यक्षमा प्रदिप श्रेष्ठ, तृतीय उपाध्यक्षमा हरिराम पराजुली, सचिवमा राम प्रसाद अधिकारी, कोषाध्यक्षमा अर्जुन सिग्देल र सह–कोषाध्यक्षमा राजेश रानाभाट रहेका छन् । यसैगरी पिआरओमा कृष्ण प्रसाद शर्मा, मेम्बरसिप निर्देशकमा दिपेन्द्र चालिसे, टेलट्वीस्टरमा युवराज खनाल र टेमरमा ज्ञानेन्द्र्र बहादुर थापा रहेका छन् । लायन्स विधान अनुसार समितिको कार्यकाल एक वर्षको हुनेछ । कार्यक्रममा निर्वाचन संयोजकमा क्लवका निवर्तमान अध्यक्ष ख्याम नारायण काफ्ले, सदस्यहरुमा संस्थापक अध्यक्ष सुदिपराज ढुंगाना र पूर्व अध्यक्ष प्रशान्त राज धमला रहेका थिए ।
नवनिर्वाचित अध्यक्ष भट्टराईले आगामी दिनहरुमा विगतमा गरिएका राम्रा कार्यक्रमहरुलाई निरन्तरता दिंदै आफ्नो कार्यकालमा क्लबलाई सामाजिक सहयोग र लायन वर्ष २०१६÷०१७ सफल बनाउनका लागि सशक्त रुपमा अघि बढ्ने बताए । कार्यक्रममा निर्वाचन संयोजक तथा निर्वतमान अध्यक्ष ख्याम नारायण काफ्ले, संस्थापक अध्यक्ष सुदिप राज ढुंगाना र पूर्व अध्यक्ष प्रशान्त राज धमला, राजेन्द्र ढकाल लगायतले आ–आफ्नो भनाइ राखेका थिए ।
यसैगरी  लायन्स क्लव अफ पोखरा हिमालयनको भेलाले लायन वर्ष २०१६÷०१७ का लागि हर्कबहादुर गुरुङ्गलाई अध्यक्षमा चयन गरेको छ । क्लवको प्रथम उपाध्यक्षमा डा.इन्द्र महर्जन, द्वितीय उपाध्यक्षमा सुविन्द्र श्रेष्ठ, सचिवमा देविप्रसाद गुरुङ्ग, सह–सचिवमा दिनेशराज शाक्य, मेम्बरसिप डाइरेक्टरमा विजय रन्जित, फाइनान्स एण्ड प्लानिङ डाइरेक्टरमा अशोक गुरुङ्ग, हेल्थ डाइरेक्टरमा विष्णु कायस्थ, पिआरओमा इ.पूर्ण बहादुर गुरुङ्ग, टेमरमा नविन नापित, टेल ट्वीष्टरमा भूषण नारायण श्रेष्ठ, निवर्तमान अध्यक्षमा हरिप्रसाद गुरुङ्ग चयन भएका छन् । हरिप्रसाद श्रेष्ठको संयोजकत्वमा सम्पन्न निर्वाचनले सल्लाहकारमा दिनेश शंकर पालिखे, ईश्वरमान शाक्य, हरिप्रसाद श्रेष्ठलाई चयन गरेको छ । क्लवका अध्यक्ष हरिप्रसाद गुरुङ्गको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सचिव सुविन्द्र श्रेष्ठले गरेका थिए ।



Post a Comment

 
Top