कलर्स मोबाइलले इलिट सिरिजमा नयाँ इ–१५ मोवाईल सेट बजारमा ल्याएको छ । यसमा ५ हजार एमएएच क्षमताको शक्तिशाली ब्याट्री एवं पावर बैंक प्रणाली सहितको यो मोबाइल नेपाली ब्रान्डको एकमात्र अत्याधिक क्षमताको ब्याट्री भएको कारणले पावर सेभिङ मोडमा राख्दा निरन्तर १४५० घण्टा (२ जि) (जगेडा समयमा) सम्म सजिलै चल्ने कम्पनीले जनाएको छ । यसवाट यो मोबाइल लगातार नरोकिई चलिरहने र इ–१५ का साथमा कलर्सले सबै नयाँ डाटा सेभर एप्प्लिकेसन पनि उपलब्ध गराएको बताएको छ । ‘हामीलाई हाम्रो नयाँ उत्पादन इलिट सिरिजको इ–१५ उपलब्ध गराउन पाउँदा अत्यन्त खुशीको अनुभव हुनाको साथै नेपालको आफ्नै उत्पादनमा यसप्रकारको ५००० एमएएच क्षमताको ब्याट्री हुनु र त्यो पनि पावर बैंक विशेषताहरु र छिटो चार्ज हुने खुबीयुक्त हुनु आफैमा सर्वोत्कृष्ट गुण हो ।’ टेलिटक प्रा.लि.का प्रमुख कार्यकारी अधिकृत सञ्जय अग्रवालले भने–‘यतिमात्र होइन हामीले नेपालको पहिलो डाटा सेभिङ एप्प पनि उपलब्ध गराएका छौं जुन इ १५ देखि अब सबै मोबाइलमै जडित हुनेछ ।’ कलर्स एक्स फ्याक्टर इ १५ मा एण्ड्रोइड ललिपप ५.१ संचालन प्रणाली जडित छ भनें यसमा ५ इन्चको एचडि आइपिएस स्क्रिन र डू्यागन टूेल सिसा पनि जडान गरिएका छन् जसमा खराबी आएमा ६ महिनाको वारेन्टी पनि प्रदान गरिएको कलर्स मोवाईलको नेपालको आधिकारिक बिक्रेता टेलिटक प्रालिले जनाएको छ । यसका साथै यो मोबाइलमा १६ जिबी रोम प्लस २ जिबी ¥यामको आन्तरिक विशाल मेमोरी क्षमता रहेको र यसलाई ३२ जिबीसम्म बढाउन पनि सकिन्छ । यस्तै पछाडि भागमा ८ मेगापिक्सलको र अगाडि भागमा ५ मेगा पिक्सलको क्यामरा रहेको कलर्स ईलिट ई १५ मोबाइलको बजार मुल्य .१३ हजार ९ सय ९५ रहेको छ ।
Subscribe to:
Post Comments (Atom)
Post a Comment