0
गोल्डेन न्यूज संवाददाता
पोखराको सिम्पानीमा मालिका मन्दिरको शिलान्यास गरिएको छ । वैदिक तान्त्रिकहरुको शक्तिपीठको रुपमा मानिएको मालिका कालिका देवीको मन्दिर १२ लाखको लागतमा निर्माण गर्न लागिएको नेपाल मालिका परोपकार संघ कास्कीका अध्यक्ष तथा मालिका मन्दिर निर्माण समितिका सचिव जवान श्रीसले बताए । मन्दिर शिलान्यासका क्रममा बोल्दै हिन्दु महासंघका केन्द्रीय उपाध्यक्ष वेदनिधि शर्माले हिन्दूत्व जोगाउन मुस्किल परेको अवस्थामा सवै मिलेर अगि बढ्नुपर्ने बताए । यस्तै विश्व हिन्दु महासंघ कास्कीका अध्यक्ष शंकर खरालले तन्त्र साधनाको लागि महत्वपूर्ण शक्ति देवी मालिका मन्दिर निर्माण अभियानमा सबै पक्षको सहयोग जुटाउनु पर्ने बताए । सिमपानी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष रुद्र प्रसाद तिमल्सिनाको प्रमुख आतिथ्यतामा आयोजित सिलान्यास कार्यक्रममा स्वत स्फूर्त सहयोग घोषणा भएको छ । तीन महिना भित्र निर्माण सम्पन्न गरिने लक्ष्य लिइएको निर्माण समितिका अध्यक्ष अम्मर बहादुर पुनले वताए ।










Post a Comment

 
Top