0
गोल्डेन न्यूज संवाददाता
मानव अधिकार वातावरण तथा विकास प्रतिष्ठान इन्हुरेड इन्टरनेशनलको आयोजनामा आइतवार पोखरामा जिल्ला स्तरिय परामर्श गोष्ठी सम्पन्न भएको छ । लैगिक शसक्तिकरण तथा समाजिक समावेसिकरण सम्वन्धी परामर्श कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा वोल्ने वक्ताहरुले कानुन जतिसुकै वलियो वनेपनि सोचमा परिवर्तन आउनुपर्ने आवश्यकता औल्याए । लैंगिक विभेद अत्य गर्नका लागि सामाजिक सचेतना आवश्यक रहेको भन्दै आआफ्नो स्थानवाट सवैले भूमिका खेल्नुपर्नेमा जोड दिए । इन्हुरेट इन्टरनेशनले एसिया फाउण्डेशनको सहयोगमा भदौरे तामागी र चापाकोटमा परियोजना संचालन गर्न लागेको सृजना शर्माले जानकारी दिइन् । कार्यक्रममा अधिवक्ता सरला कुमारी पाण्डेले लैगिंक सशक्तिकरण तथा सामाजिक समावेशिकरणका सवालमा विद्यमान कानुन तथा नीतिहरुको सवल पक्ष तथा चुनौती र समाधानको उपायका विषयमा प्रस्तुति राखेकी थिइन् । कार्यक्रममा सह क्षेत्रिय प्रशासन दिवाकर वास्तोला, जिल्ला प्रशासन कार्यालय कास्कीका प्रशासकिय अधिकृत अनिल शाही, जिल्ला शिक्षा कार्यालयका सहायक जिल्ला शिक्षा अधिकारी हेमनारायण चापागाई, पोखरा उपमहानगर पालीकाका वरिष्ठ अधिकृत ओमराज पौडेल,महिला तथा वालवालिका कार्यालय विन्दु भण्डारी लगायतले एनजिओ आइएन्जीले संचालन गर्ने परियोजना तथा कार्यक्रमहरुलाई सरकारी निकायले समन्वयात्मक भूमिका खेल्नुपर्नेमा जोड दिदै सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।
कार्यक्रममा मानवअधिकारकर्मी टेकनाथ वराल, अधिकारकर्मी विष्णुप्रसाद वराल, अधिवक्ता जनकल्याण पराजुली, अधिवक्ता सुरेन्द्र थापामगर, अधिवक्ता जुना कुमारी गुरुङ, पत्रकार दिपक परियार, मानव मिलन नारी जागरणका अध्यक्ष पार्वती पौडेल, एकल महिला समुह कास्कीका मनमाया नेपाली, चापाकोटका गाविस सचिव युवराज पौडेल, चापाकोट गाविसका सचिव दान वहादुर जिसी, वाल तथा महिला शसक्तिकरण समाजका अध्यक्ष सीता भट्टराई, जिवीस सानि परियोजनाका माया गुरुङ, कोपिला नेपालका विना सिलवाल, विश्वराज पौडेल, विष्णुप्रसाद भण्डारी,  दुर्गादेवी वास्तोला लगायतले वोलेका थिए । कार्यक्रमको सहजिकरण नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य तथा कार्यक्रमको जिल्ला संयोजक सुष्मा पौडेलले गरेकी थिइन् ।





Post a Comment

 
Top