0
गोल्डेन न्यूज संवाददाता
कास्की जिल्लास्तरीय आठांै राष्ट्रपति रनिङ्ग शिल्ड विद्यालय खेलकुद प्रतियोगिता बुधबारदेखि पोखरामा सुरु भएको छ । उद्घाटनका अवसरमा पोखरा रगंशालामा आयोजित ३ हजार मिटर दौड छात्र तर्फ गोगन उच्च मा.विका स्माइल भण्डारीले स्वर्ण पदक जिते । उनले १० मिनेट ४१ सेकेण्डमा दुरी पार गदै स्वर्ण पदक जितेका हुन् । ११ मिनेट ६४ सेकेण्डमा दुरी पार गरेका बेथानी बोर्डिङ स्कुलका विनोद गुरुङले रजतपदक हात पारे भने शिवशक्ति माविका अरुण थापाले कास्य पदक प्राप्त गरे । त्यस्तै ३ हजार मिटर छात्रा तर्फ गौरीशंकर उच्च माविकी मिना नेपालीले १४ मिनेट ३३ सेकेण्डमा दुरी पुरा गर्दै स्वर्ण पदक जिते । कास्की मोडनाइज्ड बोर्डिङकी कृती गिरीले १५ मिनेट २४ सेकेण्डमा दुरी पार गदै रजत पदक जित्दा लक्ष्मी मा.वि की सन्जु तिमिल्सिनाले १५ मिनेट ३२ केकेण्डमा दुरी पुरा गदै कास्य पदक प्राप्त गरिन । यसअघि प्रतियोगिताको उद्घाटन पूर्वप्रधानमन्त्री झलनाथ खनालले फोनबाट गरे । प्रतियोगिताको उद्घाटनका लागि प्रमुख अतिथिको रुपमा आमन्त्रण गरिएका पूर्वप्रधानमन्त्री एवं एमाले नेता खनालले काठमाडौबाटै टेलिफोन मार्फत प्रतियोगिताको उद्घाटन गरेका हुन् । विहान नौ बजेको विमानबाट पोखरा आउने कार्यक्रम रहेपनि बुधबार विहानबाटै पोखराको आकाश तुवालोले ढाकिएपछि खनाल उपस्थित हुन नसकेपछि टेलिफोनबाटै सम्वोधन गरे । फोनबाट उद्घाटन गदै प्रतियोगिताको उद्घाटन गर्न आउने उत्कृष्ट अभिलाषा हँुदाहँुदै प्रकृतिको कारण आउन नसकेको बताए । पूवप्रधानमन्त्री खनालले खेलकुद राष्ट्रियको लागि महत्वपूर्ण रहेको बताउँदै खेलकुदले राष्ट्रियतामा भूमिका खेल्ने बताए । कार्यक्रममा पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेलले नेपाली खेलकुद क्षेत्रले ५२ वर्ष पारगरेपनि सोच अनुरुप लक्ष्य हासिल गर्न नसकेको बताए । कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष यामबहादुुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा समितिका उपाध्यक्ष खगेन्द्र गौचनले स्वागत र संचालन कार्यालय प्रमुख प्रकाश बरालले गरेका थिए । प्रतियोगिता उद्घाटन अघि आयोजित मार्चपासमा सैनिक आवासिय मा. वि प्रथम, फिष्टेल एकेडेमी द्धितिय र हिलप्वाइट बोर्डिङ स्कुलले तृतिय स्थान प्राप्त गर्न सफल भए । विजेता खेलाडि र विद्यालयलाई कास्कीका जिल्ला शिक्षा अधिकारी रमाकान्त शर्मा, निवर्तमान पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष दिपक कोइराला, कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष यामबहादुर गुरुङ, उपाध्यक्ष खगेन्द्र गौचन, अन्जु क्षेत्री लगायतले पुरस्कार ट्रफी, मेडल र प्रमाणत्र प्रदान गरेका थिए । बैशाख १७ गतेसम्म संचालन हुने प्रतियोगिताको छात्र÷छात्रा भलिबल, छात्र÷छात्रा कवडडी, एथ्लेटिक्स तर्फ एक सय, दुई सय, चार सय, १५ सय, ५ हजार मिटर दौडल, चार गुणा चार सय र ४ गुणा एक सय मिटर रिले दौड संचालन हुने छन ।





Post a Comment

 
Top