0
गोल्डेन न्यूज संवाददाता
तमु धिं नेपालका आयोजनामा पोखराका तमुहरुले सामुहिक रुपमा परम्परागत साँस्कृतिक पर्व ट्होटें मंगलवार मनाएका छन् । हरेक वर्षको साउन र चैत महिनाको अन्तिम मंगलबार सामुहिक रुपमा मनाउने उक्त पर्वको अवसरमा पोखरा १७ बिरौटास्थित तमु ह्युलचोकबाट मौलिक पोखराका बाजागाजा झाँकीसहतिको ¥याली निकालिएको थियो। तमु ह्युलाचोकमा पितृ र प्रकृतिको पुना गरी शुरु गरिएको ¥याली मुस्ताङ चोक, एयरपोर्ट, नागढुङ्गा, पृथ्वीचोक, नयाँवजार हुदै तमु धि नेपालमा सभामा परिणत भएको थियो। ट्होटे ¥यालीमा दुधपोखरी तमु समाज सर्वोत्कृष्ट हुदै ४ हजार नगदसहित शिल्ड, प्रमाणपत्रबाट पुरस्कृत भयो । ¥यालीमा सहभागि समाजहरुमध्ये भेषभुषा तर्फ भिमकालीपाटन तमु समाज, झाकीतर्फ जोगीमणि तमु समाज, वाजगाजा तर्फ वाझापाटन तमु समाज, सहभागीतर्फ दीप तमु समाज र युवा सहभागिता तर्फ कोल्मावहाकोट तमु समाज उत्कृष्ट घोषित हुँदै २ हजार पाँचसय रुपैया सहित प्रमाणपत्रबाट पुरस्कृत भएको थियो ।
त्यसैगरि फूलबारी तमु समाज, जनकल्याण तमु समाज, ब्रेज मेश्रों घाद्रुक तमु समाज, नौलो सम्झाना तमु समाज, वगर तमु समाज र अर्घौ तमु समाज सान्त्वना घोषित हुदै एक–एक हजार सहित प्रमाणपत्रबाट पुरस्कृत गरिएको थियो । यसरी नै कोल्माबहाकोट तमु समाज र आँधीखोला तमु समाजलाई विशेष पुरस्कारबाट पुरस्कृत गरिएको थियो । र्यालीको मुल्यांकन समितिका संयोजक तमु धिं नेपालकी सहसचिव अधिवक्ता जुनाकुमारी गुरुङले नजिता घोषणा गरेका थिए । समितिमा डा. दीर्घमान गुरुङ, ले.थमबहादुर गुरुङ, दुर्गाबहादुर गुरुङ, सुमे श्रीप्रसाद गुरुङ, सुवेदार झलक गुरुङ रहेका थिए । र्यालीमा सहभागी तामाङ धेदुङ कास्की, आँधीखोला फेन्सी स्टोर्सको नेवारी लाखे नाच समूह लगायत तमु धिंमा आवद्ध नभएका तमु समाजहरुलाई मायाको चिनो सहित सम्मान गरिएको थियो । 
कार्यक्रमको उद्घाटन गर्दै पश्चिमाञ्चल क्षेत्रीय प्रशासन कार्यालय पोखराका क्षेत्रीय प्रशाशक शंकरप्रसाद कोइरालाले समृद्ध समाज निर्माणका लागि साम्प्रदायिक सद्भाव आवाश्यक रहेको बताए । उनले देशमा रहेको सम्पूर्ण जातजातिको समान सम्मान आवश्यक भएको  मौलिक सँस्कृति मुल्यवान गहना भएकाले संरक्षण र विकासका लागि राज्यको पहल हुने बताए । कार्यक्रममा पूर्व सांसद राजकाजी गुरुङ करणले संविधान जारी हुनु महत्वपूर्ण उपलब्धि भएको भन्दै  समान अधिकार र  पहिचान भने प्राप्त भइ नसकेको बताए । संस्कृतिकर्मी कृष्णकमार गुरुङले  पहिचानका लागि आवश्यक परे सँस्कृतिकर्मीहरु समेत आन्दोलनमा उत्रने चेतावनी दिए । तमु धि नेपालका वरिष्ठ सल्लाहकार सन्तबहादुर गुरुङले ट्होटेंको ऐतिहासिकता, तमु ह्युलाचोक नामाकरण र तमु तमुस्योको शालिक स्थापनाका बारेमा जानकारी गराएका थिए । अर्का सल्लाहकार बरिष्ठ अधिवक्ता कृष्णबहादुर गुरुङले ट्होटेंको आवश्यकताका बारेमा चर्चा गरे । 
अध्यक्षको आशनबाट बोल्दै तमु धिं नेपालकी अध्यक्ष कर्म तमुले समान अधिकार, पहिचान स्थापित र सद्भाव कायम गर्न क्रियाशील रहेको बताइन । गुरुङ भाषमा ट्होको अर्थ राज्य र टे को अर्थ धपाउने भन्ने हुन्छ । राज्यबाट शत्रूलाई भगाउनु तथा धपाउनुनै वास्तवमा ट्होटे हो । ग्रामीण भेगमा भने शत्रु तथा भूतप्रेत धपाउने पर्वको रुपमा यो पर्व चर्चित छ । तर आज भोलि अन्याय, अत्याचार, विभेदका विरुद्ध र समान अधिकार स्थापित गर्ने मागका साथ ट्होटें मनाउने गरिएको छ । कार्यक्रममा ट्होंटे संयोजक रुद्रबहादुर गुरुङले स्वागत र सह–कोषाध्यक्ष तथा विदेश विभाग प्रमुख सरस्वती गुरुङ लगायतले आ–आफ्नो भनाइ राखेका थिए ।


Post a Comment

 
Top