0
कांग्रेसमा एक महिना भित्र शेरबहादुर देउवाले दुई पटक बिजय पाएका छन् । पार्टी सभापतिको निर्वाचन जितेको एक महिना नबित्दै संसदीय दलको नेता पनि जिते । त्यो पनि हारेका व्यक्ति एउटै हुन्, बरिष्ठ नेता रामचन्द्र पौडेल । अर्थात् उनले आफ्नै समकक्षीलाई दुवै स्थानमा हराएर ठूलो पार्टीको शक्तिशाली पदहरु ओगट्न सफल भएका छन् । देशकै ठूलो पार्टी भएपनि प्रतिपक्षमा बसेको समयमा उनले पाएको दुइवटै पदले निकै ठूलो अर्थ राखेको छ । अर्थात सशक्त प्रतिपक्ष जुन सधै सरकारको विकल्पको रुपमा रहेको हुन्छ । देउवा पनि अबको प्रधानमन्त्रीको निर्विकल्प व्यक्ति भए । तर इतिहासलाई हेर्दा देउवा सत्तामा जान हतारिने, जस्तोसुकै निर्णयमा पनि पुग्न सक्ने व्यक्तिको रुपमा चिनिएका छन् । यो समय उनको काँधमा फेरी अर्को जिम्मेवारी आएको छ की उनले हिजोका जस्ता हतारमा निर्णय नलिई धैर्यता देखाउनेछन् । किनकी सरकार ढाल्ने वा सत्तामा जान जस्तोसुकै निर्णय गर्न थालेभने उनलाइ पार्टी पंक्ति र जनताले पत्याएको फेरी विश्वासघात हुनेछ । त्यसोत उनी फेरी सत्तामा जान हुँदैन भन्ने होइन, तर उनले गर्ने हतारका निर्णयले देशलाइ नै असफलतामा लैजान भने सक्छ । उता एक व्यक्ति एक पद भनेर उनैले तत्कालिन सभापति गिरीजाप्रसाद कोइरालासँग पैठेजोरी खेल्ने गरेका थिए । तर अहिले आएर उनैले फेरी पार्टी सभापति र दलको नेता एउटै नभए दुई शक्तिकेन्द्र बनेर पार्टी संचालनमा कठिनाई हुन्छ भनेर भन्न थालेका छन् । उनले द’वै शक्ति आफ्नै हातमा ल्याएर पनि छाडे । यसले हिजोको आफ्नै लडाइको एजेण्डा पछाडि परेको अन’भव कार्यकर्ताले गर्न थालेका छन् । हारेका रामचन्द्रले धैर्यता लिएर सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । तर देउवाले दुवै पदमा बसेर मनोमानी गर्ने, शान्ति प्रकृयामा महत्वपूर्ण भूमिका खेलेका पौडेललाई बेवास्ता गर्ने होभने उनमा पनि राजनीतिक वितृष्णा आउन सक्छ । जुनसुकै पार्टीमा पनि सबैको सम्मान हुने वातावरण बनेमा मात्र राष्ट्रिय राजनीतिमा सुधार आउन सक्छ । तसर्थ देउवाको काँधमा अव देश, पार्टी र समकक्षीलाई पनि मिलाउने जिम्मेवारी आएको छ । देउवाका पूर्व कार्यकालमा देशमा धेरै मन्त्री बनेको इतिहास छ । त्यसोत वर्तमान सरकार र बाबुराम भट्टराई सरकारले उनको त्यो जम्मो मन्त्रीमण्डललाई माथ गरिसकेको छ । यद्यपी उनकै कालमा सत्तामा पुगेका केही मन्त्रीहरु भ्रष्ट्राचारीपनि ठहर भएका थिए । हिजोकै विरासत बोकेका व्यक्तिलाई फेरी उनले पदाधिकारी र संभावित सरकारको मन्त्री बनाउने चाहना दोहो¥याए भने उनको दुवै पद दुर्गन्धित हुनेछ । तर नयाँ शैलीमा अगाडि बढ्ने साहस गरेर पार्टी भित्र र सबै दलसँग मिलेर जाने सिद्धान्त अपनाए भने चाँही देउवा सफल मानिनेछन् । जसरी निर्वाचन जितेर निस्कने वित्तिकै उनले सबैलाई मिलाएर लैजाने भनेका छन्, उनले भोलिका दिनमा व्यवहारमा पनि त्यस्तै देखाउँदै जाउन् र देशको राजनीतिको स’धारमा पनि उनले महत्वपूर्ण काम गरेर देखाउन देउवालाई शुभकामना !

Post a Comment

 
Top