गोल्डेन न्यूज संवाददाता
आलु गाँउका रुपमा परिचित हेमजामा हुन लागेको सातौं हेमजा आलु महोत्सवको आज मंगलदेखि शुरु हुदैछ। महोत्सव उद्घाटन अघि हमेजाको मिलनचोकबाट विहान नौ वजे विभिन्न झाकी सहितको ¥याली निकालिने महोत्सव मूल आयोजक समितिका संयोजक रमेश कार्कीले जानकारी दिए। महोत्सवमा आलुको मुल्य ३२ रुपैयाँ कायम गरिएको कार्कीले जानकारी दिए । महोत्सवमा प्लािष्टक झाला तथा गिलास पूर्ण रुपमा निषेधित गरिएको छ। महोत्सवमा आलुका परिकार वनाउन समेत सिकाई व्यवस्था मिलाईएको आयोजकले जनाएको छ । सुन्दर ठाउँ हेमजा जाऊ आलुका स्वादिष्ट परिकार खाउँ, आलु एक परिकार अनेक भन्ने मूल नाराका साथ आयोजना गर्न लागिएको महोत्सव ३० गते सम्म हेमजाको विष्णुपादुका खेलमैदानमा हुदै छ।
विविध कृषि उत्पादनको प्रवद्र्धन तथा कृषि पर्यटनको प्रचार–प्रसारका गर्ने उद्देश्यले महोत्वको आयोजना गरिएको हो। महोत्सवमा १२ वटा आलुका परिकार स्टल ५० वटा व्यवसायी स्टल ३० वटा कृषि प्रविधि प्रदर्शनी १ वटा प्राथमिक उपचार केन्द्र र १ वटा सूचना केन्द्र ९४ वटा स्टल रहने स्टल व्यवस्थापन उप–समितिका संयोजक राजेन्द्र थापाले जानकारी दिए। महोत्सव सम्पन्न गर्नका लागि २३ लाख २६ हजार खर्च लाग्ने अनुमान गरिएको महोत्सव मूल आयोजक समितिका कोषाध्यक्ष महेन्द्रसिंह थापाले जानकारी दिए। महोत्सवको आकर्षणमा आलु तथा ताजा तरकारीहरुको बृहत् प्रदर्शन आलुको ठूलो पहाड निर्माण, आलुको विभिन्न परिकारहरु, ताजा तरकारी प्रदर्शन, बाल उद्यान, विविध साँस्कृतिक कार्यक्रम, लोकदोहोरी तथा साँगीतिक समूहको प्रस्तुति, स्थानीय भेषभूषा झल्कने साँस्कृतिक कार्यक्रम, नृत्य प्रतियोगिता, चर्चित हाँस्य कलाकारहरुको वेजोड प्रस्तुति, जापानीज सुन्तलाको प्रदर्शनी, कृषि प्रदर्शनको अनुगमन, विभिन्न कृषि वीउ–विजन तथा अन्य कृषि यन्त्रको प्रदर्शनीह, महिलाहरुको कृषि गीत प्रतियोगिता संचालन गरिन प्रचार प्रसार उप–समिति संयोजक परशुराम अधिकारीले जानकारी दिए । महोत्सवमा सेती नदी ¥याफ्टिङ्ग जीपलाइन फ्लायर÷ बन्जी जम्प, प्याराग्लाईडिङ्ग टिकट उपलब्ध गराइने व्यवस्था मिलाईएको आयोजकले जनाएको छ।
Post a Comment