नयाँ बर्ष २०७३ को सन्दर्भ पारेर प्रधानमन्त्री केपी शर्मा ओलीले बुधवार पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको शिलन्यास गरेका छन् । प्रधानमन्त्री ओलीसंगै प्रमुख दलका नेताहरुले पनि शिलान्यासमा इटा राखे । कांग्रेस महामन्त्री सशांक कोइराला, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, उपप्रधानमन्त्रीहरु विजयकुमार गच्छेदार र कमल थापाले संयुक्तरुपमा इटा राखेर विमानस्थलको शिलान्यास गरे र एकतावद्ध भएर कामलाई अगाडि बढाउने संकल्प गरे । सबै दलका नेताले शिलन्यासमा इटा राखेर सबै दल एक मतका साथ विमानस्थलको निर्माण सम्पन्न गर्न चाहन्छन् भन्ने सन्देश दिएका छन । प्रधानमन्त्री ओलीको शब्दमा अबको ४ बर्ष पछिको नयाँ बर्षमा विमानस्थल सम्पन्न हुनेछ । तर विमानस्थल निर्माणका लागि चीनसंग लिने ऋणको बारेमा नेपालभित्रै विवाद भएको छ । मुख्यगरि चीनलाई तिर्ने ऋणको सम्बन्धमा नेपाल सरकारसंग नेपाल नागरिक उड्डयन प्राधिरणले लिने व्याजको विषयमा विवाद भएको हो ।
नेपाल सरकारनिर्माण कम्पनी चाइना सिएएमसीइसँग त्यो भन्दा छिटो काम सक्ने अपेक्षा सरकारले लिएको छ । प्रधानमन्त्री ओलीका अनुसार विमानस्थलको शिलन्यास रनवेबाट भएको र यो वर्ष विकासका कार्यक्रमहरु पनि जहाज दौडदाँ झै अघि बढ्ने छन । तर भनाई र ब्यवहारको समिश्रण हेर्न भने केही समय पर्खिनु नै पर्नेछ । प्रधानमन्त्री ओलीले केरुङदेखि काठमाडौं, काठमाडौं देखि पोखरा र पोखरा लुम्विनी रेलमार्ग निर्माणमा पनि चीनले सहयोग गर्ने अपेक्षा राखेका छन । सरकारले प्रधानमन्त्रीले पोखरा विमानस्थल रेकर्डको लागि शिलन्यास नभएको बताएर कामले तिव्रता पाउने स्पस्ट पारेका छन् । प्रधानमन्त्री ओलीको शब्दमा ‘यो रेकर्डको लागि शिलन्यास भएको होइन, कामको लागि शिलन्यास भएको हो र यो सरकारले शिलन्यासको रेकर्डमा विश्वास राख्दैन ।’ सत्तासाझेदारी एकिकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले सबै तिरबाट सहयोग भएर आज पोखरा विमानस्थ सम्भव भएको बताए । दाहालले आफ्नो चीन भ्रमणको बेला नै यसको प्रक्रिया थालेको बताएर कामको जस लिने कोशिस पनि गरे । जसले जे भनेपनि पोखरामा अन्तर्राष्ट्रिय विमानस्थलको काम सुरु हुनु संघीय मुलुकमा ४ नं. प्रदेशका लागि महत्वपूर्ण कार्यको थालनी हो । चार दशकअघि पोखरा–१४, १५ र १८ वडाका ३ हजार १ सय ६ रोपनी जग्गा विमानस्थल बनाउन अधिग्रहण गरिएको थियो । त्यसले नपुग्ने देखिएपछि थप ६ सय २९ रोपनी जग्गा अधिग्रहण गरियो । चीनले ऋणको २५ प्रतिशत निब्र्याजी र बाँकी ७५ प्रतिशत रकम दुई प्रतिशत ब्याजदरमा उपलब्ध गराउने छ । विमानस्थल बनाउन दुई वर्षअघि चिनियाँ कम्पनी चाइना सिएएमसी इन्जिनियरिङ र नेपाल नागरिक उड्यन प्राधिकरण (क्यान) बीच सहमति भएको थियो । प्राधिकरण र सिएएमसिइबीचको सम्झौतामा इपिसी
(इन्जिनियरिङ, प्रोक्योरमेन्ट र कन्स्ट्रक्सन) मोडलमा आइकाओ
(अन्तर्राष्ट्रिय नागरिक उड्ययन अर्गनाइजेशन)को मापदण्ड अनुसार ‘फोरडी’ मोडलमा बनाउने छ । फोरडी विमानस्थलबाट बोइङ ७५७ र एयरबस ३२० जहाज अवतरण र उडान गर्न सक्नेछन् । २५ सय मिटर लामो र ४५ मिटर चौडा धावनमार्ग हुने विमानस्थलमा एकपटकमा आधा दर्जनभन्दा बढी ठूला जहाज पार्किङ गर्न मिल्नेछ । यसले समग्रमा मुलुकको विकासको गतिलाई उजागर गर्ने निश्चित छ भने चार नं. प्रदेशको विकासको ढोका खुल्नेछन ।
Post a Comment