गोल्डेन न्यूज संवाददाता
लायन्स क्लव आफ पोखरा ग्रिन टाउनको आयोजनामा राधाकृष्ण वृद्धाश्रममा रहेका ५२ जना वृद्धवृद्धाहरुको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको । उक्त अवसरमा निःशुल्क औषधि समेत वितरण गरिएको अध्यक्ष अम्विका शर्माले गोल्डेन न्यूज दैनिकलाई जानकारी दिइन । पोखराको फिस्टेल हस्पिटल एण्ड रिसर्च सेन्टरका वरिष्ठ फिजिसियन डा. वसन्त कुमार ताम्राकारले वृद्धवृद्धाहरुको स्वास्थ्य परीक्षण गरेका थिए । लायन्स स्वास्थ्य शिविरका सह–संयोजक डा. विष्णुप्रसाद चापागाइँ, वरिष्ठ फिजिसियन डा. वसन्त कुमार ताम्राकार, फिस्टेल हस्पिटलका डाइरेक्टर कृष्ण कोइराला, राधाकृष्ण वृद्धाश्रमका अध्यक्ष प्रेम लिगल र कोषाध्यक्ष भोला पौडेल लगायतले बोलेका थिए । क्लवकी अध्यक्ष अम्विका शर्माको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रम संयोजक एवं पूर्व अध्यक्ष सुशिला कोइराला, सचिव ज्योती गोदार लगायतले पनि बोलेका थिए ।
Post a Comment