गोल्डेन न्यूज संवाददाता
नेपालको पोखराको पर्यटन प्रवद्र्धन गर्ने तथा भारतीय पर्यटकलाई पोखरामा आमन्त्रण गर्ने ध्येयका साथ भारत भ्रमणमा रहेको पर्यटन ब्यावसायीहरुको टोली नेपाल फिर्ता भएको छ । पश्चिमाञ्चल होटल एशोसिएसन का अध्यक्ष भरत पराजुलीको नेतृत्वमा ‘चलिए पोखरा’ भन्ने अभियान सहित गएको टोलीले उत्तर प्रदेश भारतको मुख्य तीन शहरमा नेपालको पर्यटन क्षेत्रको बारेमा व्यापक अन्तरक्रिया कार्यक्रम समेत सम्पन्न गरेको भैरहवामा पत्रकार सम्मेलन गरि जानकारी गराएको छ । टोलीले विहीबार स्वदेश फर्कि सीमावर्ती शहर भैरहवामा पत्रकार सम्मेलन गरी भारत भ्रमण सफल भएको र भारतीय पर्यटक नेपाल आउन इच्छुक भएको टोलीका नेता भरत पराजुलीले बताए । टोलीलाई भैरहवामा पर्यटन कार्यलय भैरहवाका प्रमुख ख्याम बहादुर थापा, सिद्धार्थ होटल एशोसिएसनका अध्यक्ष सिपी श्रेष्ठ लगाय, बरिष्ठ पत्रकार चेतन पन्त लगाउतले स्वागत गर्दै चलीए पोखरा कार्यक्रमले नेपालको पर्यटन प्रबद्र्धनमा ठूलो टेवा दिएको विश्वास व्यक्त गरेका थिए ।
पोखरामा नयाँवर्ष २०७३ को अवसरमा अप्रिल १० देखि १४ तारिख सम्म विशेष प्याकेज कार्यक्रम पनि तय गरेको होटल एशोसिएसनले जनाएको छ । टोलीले चैत्र १५ गते कानपुरको मुख्य केन्द्र स्वरुपनगर स्थित मन्दाकिनी प्लाजा, उत्तरप्रदेशको राजधानि लखनऊमा प्रदेश सरकारका मन्त्रीद्वय राजपाल कस्यम र नफिस अहमदको प्रमुख आतिथ्यतामा समेत कार्यक्रम सम्पन्न गरेको थियो । चलीय पोखराको टोली लखनऊ पश्चात उत्तर प्रदेशको अर्को शहर बनारसमा पनि वृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको थियो । भारत भ्रमणको क्रममा भारतीय जनताको न्यानो साथ पाईएको पश्चिमान्चल होटल एशोसिएसनका अध्यक्ष भरत पराजुलीले बताए । नेपाल दक्षिण एशियाकै स्वीजरल्याण्ड भएको बताउदैं सबै भारतबासीले पोखराको प्राकृतिक सौन्दर्यता, हिन्दू धर्मको धरोहर पशुपतिनाथ, बुद्धको जन्मस्थल लुम्बिनी, मुक्तिनाथ, स्वर्गद्वारीको भ्रमण गर्नाले जीवनमा खुसी मिल्ने तर्क गर्दै नेपाल भ्रमणमा जान सबै भारतीयलाई अनुरोध समेत गरको पराजुलीको भनाई छ ।
टोलीमा अअध्यक्ष भरत पराजुली, पश्चिमान्चल होटल एशोसिएसनका भूपू अध्यक्ष विप्लप पौडेल, नेपाल पर्यटन बोर्ड पोखराका प्रमुख उदय भट्टराई, सिद्धार्थ ट्राभल्स एण्ड टुर एजेन्टका अध्यक्ष सागर अधिकारी, नेपाल भारत मैत्री समाजका अध्यक्ष श्रीचन्द गुप्ता, रेबन पोखराका महासचिब लक्ष्मण बराल, तेशा पोखराका अध्यक्ष चन्द्र पौडेल, सान भैरहवाका उपाध्यक्ष किशोर जोसी, एगा पोखराका अध्यक्ष पुस्कल बहादुर थापा, पत्रकार महासंघ कास्कीका सचिव त्रिभुवन पौडेल लगायत होटल, ट्राभल, ट्रेकिंग तथा पत्रकार र पर्यटन ब्यवसायीहरुको सहभागीता रहेको थियो ।
Post a Comment