गोल्डेन न्यूज संवाददाता
पोखरामै प्रधान कार्यालय रहेका दुई वित्तिय संस्था एक आपसमा गाभिएर बनेको ओम डेभलपमेन्ट बैंकले सोमबारदेखि एकीकृत कारोबार सुरु गरेका छन । पोखराको चिप्लेढुगामा प्रधान कार्यालय रहेको सिटी डेभलपमेन्ट बैंक र न्यूरोडमा प्रधान कार्यालय रहेको ओम फाइनान्स लिमिटेड एक आपसमा मर्ज भएर ओम डेभलपमेन्ट बैंक बनेको हो । बैंक राष्ट्रियस्तरको भएको बताइन्छ । बैंकका अध्यक्ष सुशिल कुमार गोशेली र मर्जर समितिका संयोजक राजेन्द्र कुमार वाटाजुले बैंकको संयुक्तरुपमा उद्घाटन गरे। क्षेत्रीय स्तरको ‘ख’ वर्गको सिटी र ‘ग’ वर्गको राष्ट्रिय स्तरको फाइनान्स मर्जपछि बैंकको चुक्ता पुंजी १ अर्ब ५ करोड, निक्षेप १० अर्ब ८२ करोड, कर्जा ९ अर्व २२ करोड पुगेको ओम डेभलपमेन्ट बैकका प्रमुख कार्यकारी अधिकृत विश्वमोहन अधिकारीले बताए । उनका अनुसार उक्त बैंकमा हाल एक लाख ग्राहक संख्या तथा १६ हजार २ सय ७५ जना शेयरधनी रहेको बैंकले जनाएको छ । मर्जका गत असार २९ गते सैद्धान्तिक सहमति पत्रमा हस्ताक्षर गरे संगै ३० गते नेपाल राष्ट्र बैंक लगायत अन्य नियमनकारी निकायको स्वीकृतिका लागि निबेदन दिएका थिए । नेपाल राष्ट्र बैंकले यहि चैत्र ३ गते ओम फाईनान्स लिमिटेलाई गाभिन र सिटी डेभलपमेन्ट बैंक लिमिटेडलाई गाभ्न अन्तिम स्विकृति दिएछि एकीकृत कारेबार सुरु गरेका हुन । गाभिएपछि बनेको बैकको अध्यक्षमा सुशिल कुमार गोशली सगै बैक संचालक समितीमा सिटीका ५ र ओमका ४ जना गरि ९ जनाले प्रतिनिधित्व गर्दैछन । यसैगरि प्रमुख कार्यकारी अधिकृतमा सिटीका विश्वमोहन अधिकारी र नायव प्रमुख कार्यकारी अधिकृतमा ओमका बुद्धि कुमार मल्ल रहने भएका छन् । सिटीको विभिन्न जिल्लाका स्थानमा १७ शाखा मार्फत बैंकिङ सेवा सञ्चालन गर्दै आइरहेको थियो भने ओमको ६ जिल्लामा ९ वटा शाखा विस्तार गरेको थियो । मर्ज पछि बैंकको दमौलीमा शाखा जुध्ने भएकाले एक शाखालाई स्थानान्तरण गरि शाखा संख्या २५ रहने छ । हाल सिटीका १ सय २९ र ओमका ९० गरि हाल बैंकका कर्मचारी संख्या २ सय १९ पुग्नेछ । राष्ट्रिय स्तरको विकास बैंकका रुपमा कारोबार सुरु संगै बैंकले देशका अन्य भागहरुमा समेत शाखा सेवा विस्तार गर्ने लक्ष्य रहेको अध्यक्ष गोशेलीले बताए । बैंकमा हाल ३ वटा एटीएम रहेका छन् । सोही अवसरमा लायन्स डिष्ट्रिक्ट गर्भनर धुव्र थापालाई सम्मान गरिएको थियो । कार्यक्रममा पोखरा उप–महानगरपालिका कार्यालयले अघि सारेको प्लाष्टिक झोला तथा गिलास निषेधित क्षेत्र घोषणा कार्यक्रममा बैंकिङ पार्नरको रुपमा काम गर्ने तथा भूकम्प प्रभावितको राहत स्वरुप सहुलियत दर २ प्रतिशतमा आवास कर्जा आह्वानको समेत उद्घाटन भएको छ । भूकम्पबाट घरवारविहीन भएका भूकम्पपीडित परिवारलाई दुई प्रतिशत सहुलियत दरको आवास कर्जाको आह्वानपत्र तनहुँका गमबहादुर आलेमगर र लमजुङका दलबहादुर गुरुङलाई वितरण गरियो । पोखरा उप–महानगरपालिका कार्यालयका कार्यकारी अधिकृत झलकराम अधिकारीले नगरपालिकाले पोखरालाई प्लाष्टिक मुक्त शहर बनाउने अभियानमा ओम डेभलपमेन्ट बैंकले सहयोग गरेकोमा धन्यवाद दिंदै संस्थाले सामाजिक उत्तरदाहित्य दिगो रुपमा हुने गरी समाजको भूमिका निर्वाह हुने गरी गर्न आग्रह गरे । नेपाल राष्ट्र बैंकका कायम मुकायम निर्देशक अम्मर श्रेष्ठले मर्ज पछि पनि विवाद रहित पार्रदर्शी ढंगले काम गर्न आग्रह गर्दै राष्ट्र बैंकले जनगुनासो सुन्ने गरी गुनासो पेटीका समेत बैंकमा उपलब्ध गराएको बताए । नेपाल उद्योग बाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले बर्षेनी ३५ अर्व पुंजी पलायन भएको दाबी गर्दै ११ खर्व विदेशी बैंककमा नेपालीको रकम रहेको दाबी गरे । डेभलपमेन्ट बैंक एशोसिएसनका सदस्य सूर्य प्रसाद तिवारीले मर्जर भएर ठूलो भएका संस्थामा कम जोखिम हुने बताए । नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष रामकृष्ण ज्ञवालीले जोखिम न्युनिकरण हुने गरी आपसमा मिलेर संस्थाको गरीमा बढाउने गरी काम गर्न सुझाव दिए ।
Post a Comment