0
कास्की जिल्लास्तरीय आठौं राष्ट्रपति रनिङ्ग शिल्ड तथा विद्यालय खेलकुद प्रतियोगिता २०७२ को तयारी तीव्र पारिएको छ । कास्की जिल्ला खेलकुद विकास समितिको आयोेजनामा बैशाख १५ देखि १७ गतेसम्म पोखरा रगंशालामा संचालन हुने प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख प्रकाश बरालले जानकारी दिए । प्रतियोगिताको उद्घाटन पूर्व प्रधानमन्त्री एवं एमाले नेता झलनाथ खनालले गर्ने कार्यक्रम रहेको जिल्ला खेलकुद विकास समिति कास्कीका अध्यक्ष यामबहादुर गुरुङले जानकारी दिए । प्रतियोगितामा छात्र÷छात्रा भलिबल, छात्र÷छात्रा कवडडी, एथ्लेटिक्स तर्फ एक सय, दुई सय, चार सय, १५ सय, ५ हजार मिटर दौडल, चार गुणा चार सय र ४ गुणा एक सय मिटर रिले दौड संचालन हुने छन । त्यस्तै हाइजम्प, लङ्गजम्प, त्रिपल जम्प, ज्याभलिङ्ग थ्रो ८ सय ग्राम(छात्र), ६ सय ग्राम (छात्रा) र सटपुट १२ पाउण्ड छात्रा र ८ पाउण्ड छात्रामा प्रतिस्पर्धा हुने प्रमुख बरालले जानकारी दिए । भलिबल र कबड्डी तर्फ प्रथम, द्वितीय हुनेले पदक सहित प्रमाणपत्र र ४२ र २८ अंक प्रदान गरिने तथा सेमी फाइनलमा सहभागी भएका बाँकी दुई टीमलाई १४÷१४ अंक प्रमाणपत्र दिइने छ । एथलेटिक्सका प्रत्येक इभेन्टमा प्रमथ, द्वितीय र तृतीय हुनेलाई प्रमाणपत्र सहित ७,५, ४ र चौथो, पाँचौ र छैठौं हुनेलाई ३ र २ अंक दिइने छ । भलिबल र एथेलेटिक्समा छात्र छात्राको अंकका आधारमा विद्यालयको स्थान छुटटाई विजयी घोषणा गरिने प्रमुख बरालले जानकारी दिए । प्रतियोगितामा उत्कृष्ट हुन सफल छात्र एक जना र छात्रा एक खेलाडीलाई एक वषेका लागी छात्रबृत्ति प्रदान गरिने छ । प्रथम द्वितीय र तृतीय हुने विद्यालयलाई १५ हजार, १२ हजा, ९ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने बरालले बताए । प्रतियोगितामा उत्कृष्ट हुन सफल एक छात्र र छात्रालाई जनही दश दश हजार रुपैयाँका दरले छात्रबृत्ति प्रदान गरिने कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष यामबहादुर गुरुङले जानकारी दिए ।







Post a Comment

 
Top