गोल्डेन न्यूज संवाददाता
पोखराको चिप्लेढुंगामा रहेको सरल नमूना बचत तथा ऋण सहकारी संस्थाले नयाँ बर्ष २०७३ सालको शुभकामना आदान–प्रदान तथा क्यालेन्डर बिमोचन कार्यक्रम शुक्रबार सम्पन्न गरेको छ । क्यालेन्डर बिमोचन कार्यक्रम बोल्दै जिल्ला सहकारी संघ कास्की का अध्यक्ष रविरमण तिवारीले सहकारीको विकासक्रम संगै देशको आर्थिक अवस्था पनि क्रमशः सुधार हँुदै गएको बताए ।
उनले स–साना पूँजीहरुलाई परिचालन गर्दा न्यून आय भएका ब्यक्तिहरुको जीवनस्तर उकास्न सहयोग पुग्ने भएकोले सहकारी सहकारी बीच एकता कायम गर्दै सहकारीको माध्यमबाट देशको विकासमा अग्रसर हुन आग्रह गरे । संस्थाका सल्लाहकार रेशम सापकोटाले सर्वसाधारणहरुको आर्थिक उत्थानका लागि आगामी दिनमा सहकारीले सर्वसाधारणको हितमा काम गनुपर्ने बताए । आगामी दिनमा सहकारीले उत्पादनमूलक क्षेत्रमा बढि काम गर्न उनले जोड दिए ।त्यस्तै संस्थाका संस्थापक अध्यक्ष भरतराज तिवारीले सहकारीमा भएका विकृतिको अन्य गनुपर्ने बताए । उनले सहकारी स्थापना गरि नाफा आर्जनको रुपमामात्र नहेर्न आग्रह गरे । कार्यक्रममा विशेष साधारण सभाबाट निर्वाचित पदाधिकारी हरुलाई प्रमाणपत्र वितरण गरिएको थियो ।
संस्थाका अध्यक्ष दिपक बाँस्तोलाको अध्यक्षतामा भएको कार्यक्रमा डिल्लीराम बस्ताकोटी, खिमलाल बाँस्तोला, रामप्रसाद तिवारी, ओम बोगटी लगायतले संस्थाको बारेमा आ–आफ्नो धारणा राखेका थिए भने कार्यक्रमको संचालन संस्थाका सचिव मोहन सापकोटाले गरेका थिए।
Post a Comment