गोल्डेन न्यूज संवाददाता
भर्खरै मात्र सरुवा भई वडा प्रहरी कार्यालय बैदाम आएका प्रहरी निरीक्षक मोहनमणि अधिकारीलाई सामुदायिक सेवा केन्द्र बैदामले एक समारोहका बीच स्वागत गरेको छ । स्वागत कार्यक्रममा बोल्दै प्रहरी निरीक्षक अधिकारीले वडाबासीहरुका समस्या र सिफारिसहरु कानूनको परिधिमा रहि पुरा गर्ने बताए । ‘म तपाईहरुको सकारात्मक कृयाकलापमा साथ दिने छु,तर मलाई तपाईहरुको पनि साथ चाहिन्छ’,उनले भने–‘चौध महिना अघि मात्रै पोखराबाटै सरुवा भएका अधिकारी फेरी पोखरै आएका हुन् । यसअघि उनी पर्यटन प्रहरी निरीक्षकका रुपमा यहिं कार्यरत थिए । ‘मैले पोखरा र पोखरेलीलाई चिनेको छु, यहाँ कसरी काम गर्ने भन्ने बारेमा योजना चित्र पनि बनाएको छु’–उनले भने । यसअघि सामुदायिक सेवा केन्द्र जिल्ला समन्वय समिति कास्कीका अध्यक्ष विष्णुबहादुर सकारात्मक काम गर्नेहरुलाई पोखरेलीहरुले स्वागत गरे जस्तै बिदाई पनि गर्ने गरेको उल्लेख गरे । उनले आर्थिक प्रलोभनमा चलखेल गरे उच्च अहोदामा रहेकालाई पनि बहिष्कार गर्ने र राम्रो काम गरे तल्लो तहकालाई पनि साथ दिने बताए । त्यस्तै आयोजक केन्द्रका अध्यक्ष हिरु पुनले पर्यटकीय क्षेत्र लेकसाइडमा देखिएको विकृति–विसंगति हटाउन प्रहरीसंग हातेमालो गर्ने बताइन् । होटल प्रतिनिधि समाजका अध्यक्ष दिपेन्द्र पहारीले पर्यटन बसपार्कमा पर्यटकहरुमाथि हुने दुव्र्यवहार त्यहाँबाट हटेपनि लेकसाइडकै हल्लनेचोक, बाराही घाट लगायतका क्षेत्रमा अझैपनि पर्यटकहरुमाथि तानातान हुने गरेको औंल्याए यस्तो विकृति हटाउन पर्यटन प्रहरी चनाखो हुनुपर्ने उनको जोड थियो । कार्यक्रममा अग्रज पर्यटन व्यवसायी गोविन्दराज पहारी, बासुदेव त्रिपाठी, वडा समन्वय समिति संयोजक गिरीराज अधिकारी, कार्यक्रममा उपस्थित आमा समूहका प्रतिनिधि तथा टोल सुधार समितिका पदाधिकारी लगायतले लेकसाइड क्षेत्रमा हुने गरेको ध्वनी प्रदुर्षण रोकिनुपर्ने, ट्राफिक व्यवस्थापनमा ध्यान दिनुपर्ने लगायतका सल्लाह सुझाव दिएका थिए । आयोजक केन्द्रका सह–सचिव चेतनारायण पाण्डेले कार्यक्रम सञ्चालन तथा उपाध्यक्ष भिम पराजुलीले स्वागत मन्तव्य राखेका थिए ।
Post a Comment