0
गोल्डेन न्यूज संवाददाता
भारतको भीई कमर्सियल भेईकल्स लिमिटेड (भीईसिभी, ईन्डिया)ले पोखरामा आयसर गाडीको वर्कशप (सर्भिस सेन्टर) संचालनमा ल्याउने भएको छ । आयसर ब्राण्डका गाडीहरुलाई सुलभ सेवा दिनका लागि ईस्टर्न मोटर्स प्रालिले यो सर्भिस सेन्टर पोखरामा स्थापना गरेको हो । २०१६ मा दाङको तुलसीपुरमा पहिलोपटक कम्पनीको वर्कशप स्थापना गरेको कम्पनीले नेपालको हकमा पोखरामा दोस्रो वर्कशप संचालनमा ल्याउन लागेको हो । नेपालका अन्य २२ वटा शहरमा आयसर कम्पनीको स्पेयर पार्टस् पाउनुका साथै अन्य सेवा केन्द्र स्थापना गरेको छ ।
आयसर ब्राण्डका बस र ट्रकहरुको अहिले नेपाली बजारमा निकै माग छ । बजार मागसँगै आयसर ब्राण्डका बस र ट्रकहरु नेपाली बजारमा थुप्रै मात्रामा गुडिरहेकोले कम्पनीले ग्राहकको सुविधाका लागि पोखरामा सर्भिस सेन्टर संचालनमा ल्याउन लागेको हो । वर्कसप संचालनको बारेमा जानकारी दिँदै भीईसिभीका एक्जिक्यूटिभ भाईस प्रेसिडेन्ट पि रविशंकरले भने–‘नेपाल हाम्रो कम्पनीको महत्वपूर्ण बजार हो । र, यो बजार अझै विस्तारित हुँदैछ । हामी नेपालमा आयसर ब्राण्डलाई स्थापित बनाउन पाउँदा निकै खुशि पनि छौँ । आयसर ब्राण्डका ट्रक तथा बसहरु निकै सुलभ, ईन्धनमैत्री, आकर्षक र बलियो भएकोले ग्राहकहरु यसतर्फ आकर्षित भैरहेका छन् । हाम्रो कम्पनीले बजार माग अनुसारको आयसर कम्पनीका बस तथा ट्रकहरु सँधै उपलब्ध गराउँदै जानेछ । र, ग्राहकहरुको साथमा रहनेछ ।’ पोखराका व्यावसायी धर्मराज अधिकारीले मंगलबार सर्भिस् सेन्टरको उद्घाटनको क्रममा आयसर गाडी निकै भरपर्दो गाडी भएको बताए । उनी आफैले पनि आयसर ब्राण्डका गाडीहरु प्रयोग गरेको उल्लेख गर्दै यो नेपाली बजारको लागि अति उपयुक्त भएको प्रतिक्रिया दिए । सोहि क्रममा कम्पनीबाट आएका अर्का प्रतिनीधि संजीव महाजनले पनि बोलेका थिए । त्यस्तै आयसर ब्राण्डको प्रो सेरिजका गाडीहरुको बारेमा भिडियो सामाग्री पनि देखाईएको थियो । नेपालका लागि आयसर ब्राण्डका बस तथा ट्रकको बजारिकरणको जिम्मा ईस्टर्न मोटर्स प्रालिले लिएको छ । जुन नेपालको चिरपरिचित पुरानो बिजनेश हाउस पनि हो । आनन्दराज वताश यो कम्पनीका अध्यक्ष हुन् । पोखरामा आयसर ब्राण्डको डिलर अटोवेजले लिएको छ । जुन नारायण पौडेलको नेतृत्वमा संचालित छ । अटोवेजमा लामो समयदेखि यातायात व्यवसायमा अनुभव भएका जानकार र व्यावसायिक समूह कार्यरत छ । आयसर ब्राण्डका ट्रक र बसहरु नेपालमा आउन थालेको दुई दशकभन्दा बढि भैसक्यो । यसले नेपाली बजारमा आफ्नो फरक पहिचानसहित बलियो उपस्थिति जनाईसकेको छ । आयसरले नेपालका लागि पहिलो बिएस थ्री मापदण्डको गाडीहरु उपलब्ध गराईरहेको छ । जुन यूरो थ्री मापदण्ड सरह नै हो । यो ब्राण्डमा कम्पनीले लाईट, हेभी ट्रकहरु र बसहरु उपलब्ध गराउँदै आएको छ । यो ब्राण्डका गाडिहरु खासमा ईन्धनमैत्री र सुलभ भएका कारण बढि चर्चित छन् । आयसर ब्राण्डका ट्रक र बसहरु भारतबाट २५ वटा मुलुकमा विक्री हुँदै आएको छ । साउथ एशिया, मिडल ईस्ट, अफ्रिका आयसर ब्राण्डका ट्रक र बसहरुको प्रमुख बजारहरु हुन् ।







Post a Comment

 
Top