0
गोल्डेन न्यूज संवाददाता
पोखरेली युवा साँस्कृतिक परिवारले प्रत्येक महिनाको पहिलो शनिबार सञ्चालन गर्दै आएको समता काव्य सन्ध्याको २७४ औं शृङ्खला साहित्यकार पारिजातलाई स्मरण गरी शनिबार पोखरामा सम्पन्न भयो । २३ औं पारिजात स्मृति दिवसका सन्दर्भमा कार्यक्रमका प्रमुख अतिथि नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति सरुभक्तले ४० को दशकमा विश्वविद्यालय पढ्दा पारिजातसंग भेटघाट र कुराकानी भए पनि गहन अध्ययन गरेरै उनलाई चिनेको बताए । समयले उनलाई के दियो भन्दा पनि उनले समयलाई सुन्दर उपहार दिएकी हुँदा अहिलेको पुस्ताले पारिजातलाई उत्तरआधुनिक शैलीमा पढ्न आश्यक  भएको जनाए ।
गोष्ठीमा कविबर तेजनाथ घिमिरेले कविता अभिव्यक्तिको माध्यम भएकाले खाङ्ग्रेमा पतकरको थुप्रो लगाउनु भन्दा एक मुठो पातले सुन्दर टपरी बनाए जस्तै थोरैमा धेरै भन्न सक्नु नै कविताको शक्ति भएको बताए । स्रष्टाहरु सिर्जनशील र क्रियाशील भए कविता आफै बलशाली हुन्छ भने ।  नयाँ वर्षको शुभकामना आदान–प्रदानसँगै कुलपति सरुभक्त, कविवर तेजनाथ घिमिरे, डा. चैतन्य अधिकारी, लक्ष्मण थापा, अमृत सुवेदी गुराँस, नारायणप्रसाद गौतम, सुरज उपाध्याय, विष्णुप्रसाद वाँस्तोला, बसन्त विनोद, सुमन लम्साल, छविलाल आचार्य, रामलाल बाटाजू, कृष्ण अधिकारी त्रुपक, अस्मित सुनार, गोविन्दप्रसाद पराजुली, क्रिष्टिना गुरुङ, विष्णुप्रसाद पराजुली, संगीता पौडेल, सन्दिप गौतम, कोशिस ओझा, भरत कोइराला, सुदर्शन पौडेल, रामकुमार श्रेष्ठ, र विवश थापा लगायतका कविहरुले आफ्ना सिर्जनाहरु वाचन गरेका थिए ।
परिवारका साहित्य संयोजक प्रकाश ज्ञवालीले स्वागत मन्तवसहित विशेष रचना अन्तर्गत पारिजातको “नजरबन्द आँखाहरु” कवितालाई प्रस्तुत गरेका थिए । संस्थाका अध्यक्ष सुरेश रानाभाटको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन सचिव अर्जुन अधिकारीले गरेका थिए ।




Post a Comment

 
Top