किसानलाई उत्पादन फसल बिमाको व्यवस्था गर्न कास्कीका किसानले माग गरेका छन् । राष्ट्रिय कृषक समूह महासङ्घ कास्कीले पोखरामा आयोजना गरेको ‘कास्की जिल्लामा हावाहुरी तथा असिनाले पारेको क्षति’ विषयको अन्तक्र्रिया कार्यक्रममा बोल्ने किसानले त्यस्तो माग गरेका हुन् । नेपाल सरकारले बिमाप्रति किसानलाई आकर्षण गरे पनि वर्तमान बिमाले किसानलाई राहत दिन नसकेको उनीहरूको भनाइ थियो ।किसानले लगानी गरेर प्रतिफल लिने मुखैमा असिना, हावाहुरीजस्ता दैवी प्रकोपले सखाप पारिदिन्छ राष्ट्रिय कृषक समूह महासङ्घ कास्कीका अध्यक्ष दयाराम न्यौपानेले भने–“अनि बिमा लिन जाँदा लागतको मात्रै कुरा आउँदा किसान अन्यायमा परेका छन् । अब उत्पादन फसल बिमाको व्यवस्था गरियोस् । उत्पादनको मूल्याङ्कन गरी बिमा दिने अभ्यास नभएसम्म किसानलाई बिमा आकर्षण नहुने उनको बुझाइ छ । गत वर्ष चैतको १४, १५ र १६ गते परेको असिनाले कास्कीमा करिब रु नौ करोड ३० लाख ५१ हजारको क्षति पुगेको जिल्ला कृषि विकास कार्यालय कास्कीका वरिष्ठ कृषि विकास अधिकृत रमेशप्रसाद कोइरालाले जानकारी दिए ।उनका अनुसार यो रकम बढ्ने छ । “लेखनाथबाट अझै क्षतिको प्रतिवेदन आएको छैन, कतिपय ठाउँबाट पनि पूरा विवरण आएको छैन,” कोइरालाले भने–“यो क्षतिको विवरण अझै बढ्नेछ । दैवी प्रकोप उद्धार समितिमा राहतका लागि क्षतिको विवरण पेस गरे पनि न्यून राहत आउने गरेको उनले बताए । गत वर्ष बाढी पहिरोले कास्की जिल्लामा करिव रु १६ करोडको क्षति पुगेको थियो । उनले भने–“क्षतिको रकम पढाउँदा जम्मा रु चार लाख १३ हजार राहत आयो । यसलाई बाँड्नै गाह्रो भयो । असिना, हावाहुरी, अतिवृष्टि, खण्डवृष्टि, बाढीपहिरो, सुक्खा, खडेरी र बाँदर आतङ्कका कारण यस जिल्लामा किसानले क्षति बेहोर्दै आएको उनको भनाइ छ । दैवी प्रकोपबाट क्षति पु¥याएमा कृषि बिमामार्फत किसानहरूलाई क्षतिपूर्ति दिने व्यवस्था रहे पनि असिनालाई दैवी प्रकोपमा राखिएको छैन । कार्यक्रममा बोल्दै संसद् विकास समिति सभापति रवीन्द्र अधिकारीले किसानका समस्या समाधान गर्न आफू लागिपर्ने बताए । उनले भने–“उत्पादन फसल बिमा, कृषि ऋणलाई सरलीकरण र असिनालाई पनि दैवी प्रकोपमा पार्ने काममा लाग्नेछु । उत्पादन फसल बिमा गर्न पहिला पनि बहस भएको तर यो प्रक्रिया महँगो हुने भएकाले रोकिएको उनको भनाइ थियो । “लागत बिमा कि उत्पादन फसल बिमा भन्नेबारेमा पहिला पनि ठूलो बहस चलेको हो,” उनले भने–“उत्पादन फसल बिमा गर्न रकम बढी लाग्ने भएकाले रोकिएको हो । अबको आवदेखि उत्पादन फसल बिमा नै सुरुवात गर्न म पहल गर्दछु । पश्चिमाञ्चल क्षेत्रीय कृषि निर्देशनालय पोखराका क्षेत्रीय निर्देशक बेनीबहादुर बस्नेतले असिनालाई पनि दैवी प्रकोपमा नराखेसम्म किसानले क्षतिपूर्ति पाउन नसक्ने बताए । रासस
Subscribe to:
Post Comments (Atom)
Post a Comment