गोल्डेन न्यूज संवाददाता
अनेरास्ववियु कास्कीको कपि कलम वितरणको अभियान शुरु गरेको छ । अभियान अन्तर्गत पहिलो कार्यक्रम पोखरा रामघाटमा रहेको श्रमिक बालबालिका सम्पर्क केन्द्रमा रहेका बालबालिकालाई कपी कलम वितरण गरिएको थियो । कार्यक्रममा ३५ जना बालबालिकालाई कपी कलम, दात माझ्ने ब्रुस, मन्जन, नुहाउने साबुन र एक जोडा मोजा प्रदान गरिएको थियो । कपी कलमको व्यवस्थापन भने मदरल्याण्ड उच्च माविमा कक्षा ९ मा अध्ययनरत विद्यार्थीले जन्मदिनमा जम्मा गरेको पैसाले गरेका थिए । साथै अनेरास्ववियु भुगोल जिल्ला कमिटी कास्कीले बैशाख महिना भरिनै संचालन गर्ने गरी अभियान संचालन गरेको र चाडै कास्कीका अन्य विद्यालयहरु मा समेत अभियान संचालन गरिने बताएको छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेकपा एमाले कास्कीका सचिवालय सदस्य शोभामोहन पौडेलले विद्यार्थीहरु सदैव रचनात्मक काममा लाग्नु आवश्यक रहेको औंल्याउँदै अभियान जिल्ला भरि पु¥याउन र सबैमा शिक्षाको अवसर प्रदान गर्न लाग्नुपर्ने बताए । पोखरा उद्योग वाणिज्य संघ बाल श्रमिक न्युनिकरण परियोजनाका संयोजक भक्त रसाइलीले विद्यार्थीको यो पहल सबै विद्यार्थीले मनन गर्नु पर्ने बताए। त्यस्तै मदरल्याण्ड उच्च माविका निर्देशक त्रिभुवन शर्मा बरालले अनेरास्ववियु सधंै विद्यार्थी पक्षमा लागेको बताउँदै सकारात्मक र सिर्जनात्मक कार्यक्रमहरुमा आफूहरुले सहयोग गर्ने बताए। अनेरास्ववियु पिएनसीका अध्यक्ष राजन शर्मा पराजुली, अनेरास्ववियु भुगोल जिल्ला सह–सचिव संजय पौडेल, सचिवालय सदस्य अस्मिता जिसी, मदरल्याण्ड उच्च माविका शिक्षक वामन घिमिरे, अनेरास्ववियु ४ का संयोजक विवेक त्रिपाठी केन्द्रकी कविता विश्वकर्मा लगायतले बोलेका थिए । अनेरास्ववियु कास्की भुगोल जिल्ला उपाध्यक्ष एवम् अनेरास्ववियु कपी कलम अभियानका संयोजक लक्ष्मण तिमिल्सिनाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रम संचालन सचिवालय सदस्य एवं अभियानका अभियन्ता विश्वदर्शन पराजुलीले गरेका थिए ।
Post a Comment