कास्की पुम्दी–भुम्दीका स्थानीयले आफ्ना बाबु आमा बृद्ध भए भन्दैमा बृद्धाश्रममा लगेर नराख्न आग्रह गरेका छन । पोखरा २५ काभे्रका बुद्धिबहादुर गुरुङको शताव्दी औं जन्मजयन्ती मनाउने कार्यक्रममा सहभागी भएकाहरुले बृद्ध भएका कुनैपनि जेष्ठ नागरीकहरुलाइ बृद्धाश्रममा लगेर नराख्न आग्रह गरेका हुन । १९७३ साल वैशाख १० गते जन्मेका गुरुङ एक सय बर्ष पुरा गरेकोले उनलाई बिहीबार फूलमालाले सम्मान गर्ने र आशिर्बाद लिनेहरुको भिड लागेको थियो । उनका ठूला कान्छा छोरा देउकाजी गुरुङले आफ्ना दाजुभाई मिलेर आफ्ना बाबुको रेखदेख गरेको हुनाले आफ्नै घरमा धूमधामका साथ शताव्दी औं जन्म जयन्ती मनाउन पाएकोमा खुशी व्यक्त गरे । उनले भने–“म बृद्धाश्रमको विरोध गर्छु, हरेक घर परिवारले आफ्ना बृद्ध बाबु आमाको घरमै रेखदेख गर्न सके किन चाहियो बृद्धाश्रम, हामी जन्मँदा जसरी बाबु आमाले हाम्रो रेखदेख गर्नुभयो, अब हामीले बाबा आमाको ऋण पनि बाचुन्जेल रेखदेख गरेर मात्र चुक्ता गर्नुपर्दछ ।” उमेरले एक सय बर्ष पुरा भए पनि आफ्ना बाबुसंग आफूहरु अझै डराउने गरेको उनले बताए । वृटिस आर्मीबाट अवकाश प्राप्त गरेका एक सय बर्ष पुरा गरेका गुरुङ अझै सामान्य अवस्थामा छन । जेष्ठ नागरिकहरुले खाने कुरासंगै आफै सामान्य रुपमा हिंडडुल गर्न सक्ने अवस्थामा रहेको उनको परिवारले जनाएको छ । उनले १० बर्षमै वृटिस आर्मीको पेन्सन पकाउन सफल भएका हुन् । बुद्धिबहादुरका ३ श्रीमतीबाट उनका ५ छोरा एक छोरी मिलेरका कारण उनको राम्रो रेखदेख भएको उनको छिमेकीले बताएका छन् । उनका छोराहरु बलबहादुर गुरुङ, देउबहादुर गुरुङ, थमानसिंह गुरुङ, देउकाजी गुरुङ र रामबहादुर गुरुङ र एक छोरी चित्रकुमारी गुरुङ रहेका छन । उनका खनातीहरु समेत रहेको उनका माईला छोरा देउबहादुर गुरुङले बताए । आफ्नो बाबु एक सय बर्ष बाँच्न सफल भएका कारणले गर्दा १६ भाई घोथाने परिवारसहित पोखराको गौरव भएको उनले बताए । केहि दिन अघि वैशाख १० गते चिरन्जीवि पूजा, शान्ति तथा सत्यनारायण पूजा समेत भएको थियो । बिहीबार सम्पूर्ण ईष्टमित्रहरुले एक सय बर्ष बाच्न सफल भएका बुद्धिबहादुर गुरुङबाट आशिर्वाद लिएका थिए । उनको परिवारजनले भने उनको शताव्दी जन्म जयन्ती मनाउन पाएको खुशियालीमा भोजको समेत आयोजना गरेको थियो ।
Home
»
पछील्ला समाचार
»
पोखरा सेरोफेरो
»
महत्वपूर्ण समाचार
» बाबु–आमालाई बृद्धाश्रममा लगेर नराख्न आग्रह
Subscribe to:
Post Comments (Atom)
Post a Comment