0
कुरिलो, बुद्धचित्त र किवीबारे केही कुरा
सन् २००८–९ तिरको कुरा हो, मैले पश्चिम तराईको दाङदेखि कन्चनपुरसम्म जडिबुटी उत्पादन हुने क्षेत्रहरूको भ्रमण गरेको थिएँ । कुरिलोको समस्या बारे मैले सुने बुझेका केही कुरा राख्न चाहन्छु ।
१. पश्चिमी तराईका क्षेत्रमा लगाइएको कुरिलो फोटोमा देखाइएको जस्तो तरकारी खान प्रयोग हुने कुरिलो होइन । प्रशोधन गरिएको कुरिलोको जरालाई आयुर्वे्दिक औषधि विज्ञानमा सतावरी भनेर भनिँदो रहेछ । डाबरले त्यही सतावरीका लागि भनेर कुरिलो खेती गराएको रहेछ । सतावरी प्रवद्र्धनमा सरकारी निकाय र गैरसरकारी संघ संस्थाहरू संलग्न भएका रहेछन् । मैले भ्रमण गरेका क्षेत्रमा किसानहरूले सतावरीको खेती सामुदायिक वनमा गरेका थिए । कुरिलो लगाउन जग्गा तयार गर्नदेखि गोडमेल र मलजल गर्न उनीहरूको ठूलो परिमाणमा श्रम खर्च भएको थियो । उनीहरूलाई तीन वर्षमा बाली तयार हुने, एकै बोटबाट तीन केजी भन्दा बढी सतावरी फल्ने र त्यसको मूल्य प्रति केजी रू ३०० भन्दा बढी पाइने जस्ता हिसाब देखाएर किसानलाई हौस्याइएको रहेछ । करिब एक रोपनी जग्गाबाट झन्डै डेढ लाख रूपैयाँ आम्दानी हुने लोभ देखाइएको रहेछ ।
२. डाबर नेपालले सतावरी खरिद गर्छ भनेर लखनउबाट बीउ ल्याई बेर्ना लगाइएको किसानहरूले बताएका थिए । उनीहरूका अनुसार कुरिलोको हाइब्रिड जातको बीउ लगाएका थिए । किसानहरू माझ सामान्यतया हाइब्रिड भन्ने बित्तकै प्रशस्त फल्ने बाली भनेर बुझ्ने गरेका छन् । तर, त्यहाँ लगाइएको कुरिलो जब बढ्न थाल्यो, कुनै बिरूवा एकदम अग्लो लहराजस्तो भयो भने कुनै सानो र ख्याउटे खालको थियो ।
किसानले गरेको बयानका आधारमा त्यहाँ लगाइएको कुरिलो निश्चित रूपमा हाइब्रिड बीउ थिएन भन्ने एकिन गर्न कुनै कठीनाइ परेन । वैज्ञानिक रूपमा विकाश गरिएका हाइब्रिड जातका बाली भिन्नखाले बंशाणुको संयोग गराई एकनाशले बढ्ने, सँगै पाक्ने जस्ता उत्कृष्ट गुणहरू भएका हुन्छन्, तर त्यहाँ लगाइएको कुरिलोमा अनेक विभिन्नता थियो ।
सम्भावना के थियो भने त्यहाँ लगाइएका कुरिलोका बेर्ना कुनै हाइब्रिड जातको कुरिलोका दानाबाट उत्पादन गरिएका भने हुन सक्दथे। हाइब्रिड जातका बालीमा उत्पादित बीउलाई फेरि अर्कोपटक बाली उत्पादनमा प्रयोग गरिएमा तिनीहरूको बंशाणुको वियोग भई अनेक रंग र रूपका विरूवा निस्कन्छन् । त्यहा करिब त्यस्तै भएको थियो ।
३. कुरीलोको जरालाई पानीमा पकाएर बाहिरी बोक्रा खुइल्याएर सुकाएपछि बल्ल औषधि बनाउन योग्य सतावरी हुने रहेछ । तीन वर्षको गोडमेलपछि जब उनीहरूले सतावरी खन्न सुरू गरे, जरा त परालको त्यन्द्रा जस्तो मसिनो र लामो भएको पाए । त्यस्तो जरालाई पकाएर बोक्रा खुइल्याएर सुकाउँदा धागो जस्तो हुने र ब्यापारीले रू ५० प्रति केजी दिन पनि आनाकानी गरे ।
किसानका अनुसार ५० रूपैयाँ प्रतिकेजीमा बेच्दा जरा खन्न, पानीमा पकाउन, बोक्रा खुइल्याउन र सुकाउन लाग्ने ज्यालासमेत नउठ्ने हिसाब निस्कियो । तीन बर्षको मेहनत माटोमा मिल्यो ।
४. अत्तरिया पुगेपछि त्यहाँको जडिबुटी प्रशोधन केन्द्रमा सतावरीका बारेमा सोधखोज गरें । त्यहाँ स्थानीय अर्थात जंगली कुरिलोको जराबाट बनाएको सतावरी देखाउँदै केन्द्रका प्रबन्धकले कसैले यस्तो, लोकल सतावरी ल्याउँछ भने रू ३०० प्रतिकेजीमा खरिद गर्न सकिने, तर दाङ क्षेत्रमा लगाइएको जस्तो सतावरीलाई भने रू ५० दिन पनि कठीनाइ पर्ने बताए ।
५. सरकारी निकाय तथा गैरसरकारी संस्थाका कर्मचारीले हल्लाका भरमा, प्राविधिक कुरो राम्ररी नबुझी जे पायो त्यही प्रचार–प्रसार गर्ने कार्य गर्दा सर्वसाधारण गरिब किसान मर्कामा परेको सत्य हो ।
त्यस्तै, अहिले बुध्दचित्तको एकै बोटबाट लाखौं आमदानी हुने हल्लाका भरमा कसैले बुध्दचित्तको खेती गर्नु अत्यन्त जोखिमपूर्ण छ । यसको बजार अत्यन्त साँघुरो छ । त्यस्तै कसैले किवी फल पनि रू २००० प्रति केजीमा बेच्न सकिन्छ भनेर खेती गर्नु भनेको हावा महल बनाउनुजस्तै हो । एक सय रूपैयाँमा स्याउ र सुन्तला बिक्री हुने बजारमा म पनि ५०० के एक सयभन्दा बढी हालेर किवी खान तैयार छैन । बढाइ–चढाइ प्रचार गरेजस्तो यो कुनै जादुमय फल होइन । तर, यो खान मिल्ने फल भएकाले किवी फल बुध्दचित्त वा सतावरी जस्तो जोखिमपूर्ण नहुन सक्छ, तर बजारको ब्यवस्था भने बेलैमा गर्नुपर्दछ । थोरै फलाएर २००० आश गर्नु भन्दा धेरै फलाएर थोरै मूल्यमा बेच्दा बढी आम्दानी हुन सक्छ ।
६. सुमनजीले भनेजस्तै किसानको पेशा उत्पादन गर्ने नै हो । तर, उनीहरूलाई बेलैमा सही प्राविधिक ज्ञान दिनु बाली प्रवर्धकहरूको कर्तब्य हो । सही प्राविधिक ज्ञान नपाएमा उत्पादन नै हुँदैन र मेहनत खेर जान्छ । बस्तु उत्पादन भए पनि बजार भएन भने उत्पादन खेर जान्छ । जसो भए पनि आखिरमा मारमा गरिब किसान पर्ने हुन् । त्यसैले बजार विस्तार र ब्यवस्थापन गर्नेतर्फ बेलैमा सम्बन्धित निकाय नलाग्ने हो भने समस्या निकै जटिल हुन जान्छ ।

जान्नुहोस्, दिनमा कति दूध पिउनु राम्रो
क्याल्सियम सरीरलाई धेरै आवश्यक पर्ने लवणमध्ये एक हो । यस्तोमा दुध क्याल्सियमको सबैभन्दा राम्रो श्रोतको रुपमा रहेको छ । तर कोही मानिस जिउ मोटाउने डरका कारण दुध नै पिउँदैनन् ।
१ गिलास दुधमा ३ सय मिलिग्रामसम्म क्याल्सियम पाइन्छ जसले व्यक्तिलाई दैनिक आवश्यक पर्ने क्याल्सियमको केही मात्रा पूरा गरिदिन सक्दछ । क्याल्सियम मात्र होइन दुधमा मानव सरीरलाई चाहिने प्रायः सबै खाले पोषक तत्व पाइन्छ । अमेरिकाको कृषि विभागका अनुसार ९ वर्षसम्मको बच्चा तथा वयस्क मानिसहरुले हरेक दिन ३ गिलास सम्म दुध पिउनु आवश्यक हुन्छ । १ गिलास भनेको अढाई सय मिलिलिटर जत्ति हुन्छ । यस हिसाबले दिनमा साढे ७ सय मिलिलिटर दुध पिउनु आवश्यक हुन्छ । दिनहुँ तिन चार गिलास दुध पिउनाले मानिसलाई आवश्यक पर्ने क्याल्सियमको मात्रा पर्याप्त रुपमा पुग्दछ  । १ गिलास दुध पिउनाले एक दिनमा सरीरलाई आवश्यक पर्ने कुल क्याल्सियमको ३० प्रतिशत सम्म मात्रा प्राप्त हुन्छ । साथै यसमा २५ प्रतिशत सम्म भिटामिन डी, २४ प्रतिशत सम्म भिटामिन बी, २० प्रतिशत फस्फोरस तथा ११ प्रतिशत पोटासियम समेत प्राप्त हुन्छ । 
गाइको दुधमा भन्दा भैँसीको दुधमा बढि क्यालोरी पाइन्छ । भैँसीको एक गिलास दुधमा अढाइ सय जति क्यालोरी पाइन्छ भने गाइको एक गिलास दुधमा डेढ सय क्यालोरी उर्जा पाइन्छ । बिहान ब्रेकफाष्ट सँग, दिउसो काम गरिसकेपछि र रातमा सुत्नुभन्दा पहिलो दुध पिउनु स्वास्थ्यका लागि फाइदाजनक हुन्छ ।

केटाहरुले जेठी महिला रोज्नुको कारण
भनिन्छ प्रेममा जातपात, रुपरंग तथा उमेरले कुनै बन्देज लगाउँदैन । तरपनि प्रायः विवाहमा केटा भन्दा केटीको उमेर कम नै भएको पाइन्छ ।
मानिसहरु कोही केटाको लागि केटी खोज्दा केटाभन्दा कम उमेरकै केटी खोज्ने गर्दछन् । पति घरको मुख्य मान्छे हुने र पत्नीभन्दा बढि अनुभवीसँगै समझदार पनि हुनु आवश्यक हुने मान्यताका कारण यस्तो भएको हुनसक्छ । तर समयमा आएको बदलाव सँगै प्रेम तथा दाम्पत्य सम्बन्धको परिभाषामै बदलाव आएको छ । उमेरको यस्तो अन्तरले प्रेम तथा सम्मानको भाव दर्साउने गरेको छ ।
केटाहरु आफुभन्दा कान्छी होइन आफ्नो भन्दा बढि उमेरकी केटीहरु मन पराउन थालेका छन् । विश्वमा धेरै सेलिब्रेटी जोडीहरु यसका उदाहरण बनिसकेका छन् । सेलिब्रेटी मात्र होइन भुइँमान्छेहरुमा पनि यो ट्रेण्ड विस्तारै स्थापित हुँदैछ । खासगरी पुरुषहरुमा आएको सोँचाइको बदलाव यसको मुख्य कारक हो । यसका अन्य कारणहरुमाः जिम्मेवारी जिवनसाथीको चाहना बढ्नुस्  जिवनसाथीको मामिलामा अब पुरुषहरुको चाहना भनेको जिम्मेवार तथा काँधमा काँध मिलाएर अघि बढ्ने महिलाहरु हुन्छन् ।
उमेरले आफुभन्दा जेठी महिलाहरु अनुभवी तथा समझदार हुन्छन् भने आत्मविश्वासी भई हरेक कठीन परिस्थितिमा राम्रो निर्णय गर्न सक्दछन् । त्यसैले पुरुषहरुले यस्ता जीवनसाथीमाथि बढि भरोसा राख्न सक्दछन् ।
हस्तक्षेपबाट टाढा प्रायः  बढि उमेरका महिलाहरु स्वतन्त्र, आत्मनिर्भर तथा पेशा व्यवसायमा दख्खल भएका नै हुन्छन् । उनीहरु बिहेपछि पतिको जिवनशैलीमा कुनै दखल पूराउँदैनन् ।
यस्तो भयो भने पुरुषले आफ्नो परिवारप्रति निश्चिन्त भएर आफ्नो काममा मन लगाउन सक्दछ । बढि उमेरका केटीहरु प्रायः आफ्नो नाता समबन्ध, कर्तव्य तथा जागिरप्रति बढि इमान्दार हुन्छन् । र, आखिर यस्तो पाएपछि केटालाई के नै चाहियो र ?
नाता सम्बन्धलाई सम्हाल्नेस्  नाता सम्बन्धको विषयमा बढि उमेरका केटीहरुको सोँचाई सफा हुन्छ । उनीहरुलाई इमोसनल तथा दिमागी सम्बन्धलाई कसरी सम्हाल्ने भन्ने ज्ञान हुन्छ । त्यसैले पुरुषहरु यस्तो खुबी भएका महिलालाई पहिलो रोजाइमा पार्दछन् । हरेक पुरुष आफ्नो प्रेमिका वा पत्नीमा आफ्नी आमालाई देख्न चाहन्छ जसले उसलाई निस्वार्थ प्रेम गर्दछ । एक परिपक्व महिलामा यी गुण हुन्छन् ।
आर्थिक रुपमा सक्षमः करिअर तथा पैसाको मामिलामा बढि उमेरका महिलाहरुको जिवन एक प्रकारले सेट भैसकेको हुन्छ । आवश्यक परेको बेलामा आफुलाई सहायता गर्न पनि सक्ने र आत्मनिर्भर तथा सक्षम यस्ता महिलाहरु पुरुषको पहिलो रोजाइमा पर्दछन् । पार्टनरको रुपमा कदम मा कदम मिलाएर अघि बढ्ने महिला कसलाई मन नपर्ला र ?
स्रोत ः अनलाइनखब


Post a Comment

 
Top