गोल्डेन न्यूज संवाददाता
सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा केन्द्र पोखरा–१ वगरले सरससफाई गरेको छ। केन्द्रको १३ औ वार्षिकोत्सवको अवसर पारेर सरसफाई कार्यक्रमको आयोजना गरिएको सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा केन्द्रकी अध्यक्ष जीवन अधिकारीले जानकारी दिईन् । नमुना आमा समूह पोखरा–१ भिमकालिपाटन सहकार्यमा केन्द्रले पोखरा–१ टुडिखेल खेल मैदान सरसफाई गरेको हो ।
कार्यक्रममा प्रमुख अतिथि वडा प्रहरी कार्यालय वगरका प्रमुख प्रहरी निरिक्षक मोहनबहादुर खाँणले कुचो लगाएर सरसफाई कार्यक्रमको सुरुवात गरेका थिए । सामुदायिक सेवा केन्द्र वगर एवम् सामुदायिक प्रहरी सेवा पोखरा–१ वगरकी अध्यक्ष जीवन अधिकारीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन कोषाध्यक्ष कृष्ण पौडेलले गरेका थिए । केन्द्रले वार्षिकोत्सवको अवसर पारेर दोस्रो अन्तर सामुदायिक सेभेन ए साइड मैत्रीपूर्ण फुटबल प्रतियोगिताको गर्दै छ। प्रतियोगिताको तयारी पुरा भएको वार्षिकोत्सव मूल आयोजक समितिका संयोजक विष्णुबहादुर खड्गीले जानकारी दिए ।
आपसी मेलमिलाप र स्वास्थ्यका लागि खेलकुद भन्ने नाराका साथ आयोजना गर्न लागिएको प्रतियोगिता शुक्रबारदेखि शुरु हुदैछ । प्रतियागिता शनिबार सम्म चल्ने छ। पोखरालाई खेलकुदको शहरको रुपमा विकास गर्दै युवालाई प्रोत्सान, सामुदायिक क्रियाकलाप सञ्चालन गर्न उत्प्रेरण जागाउने उद्देश्यले दोस्रो सेभन ए साईड फुटबल प्रतियोगिताको आयोजना गरिएको हो । प्रतियोगिता सम्पन्न गर्नका लागि पाँच लाख १६ हजार खर्च लाग्ने अनुमान गरिएको कार्यक्रम खेलकुद उपसमिति संयोजक शिवराज अधिकारीले जानकारी दिए । प्रतियोगितामा सात टिमको सहभागि हुने अधिकारीले जानकारी दिए ।
प्रतियोगितामा प्रथम हुनेले २५ हजार ट्रफि मेडल र प्रमाण पत्र तथा दोस्रो हुनेले १५ हजार ट्रफि, मेडल र प्रमाण पत्र पाउने छन् । संस्थाले पोखरा उपमहानगर पालिका वडा नं. १, २, ३, ४, १६, १९,२७,२८,२९ र छिमेकी गा शविसमा आफ्ना गतिविधि संचालन गर्दै आएको छ ।
संस्थाले विकृति विसंगति न्यूनिकरण, लागू औषध नियन्त्रण गर्ने, ट्राफिक जनचेतना, महिला हिंसा, स्वास्थ, सचेतन, सिपमुलक एवम् रोजगार मुलक तालिम साथै ज्येष्ठ नगारिक सम्मान र असाय अशक्तलाई सहयोग गर्दै आएको छ।
Post a Comment