0
गोल्डेन न्यूज संवाददाता 
नेपाल ट्रेड युनियन कांग्रेस कास्कीले मजदूरहरुको तलव श्रमजीवि ऐन अनुसार हुनुपर्नेमा जोड दिंदै श्रमजीवि ऐन लागू नगरेका प्रतिष्ठानहरुको पहिचान गरि श्रमजीवि ऐन लागू गर्न र नियमावली अनुसार मजदूरलाई तलव उपलव्ध गराउन पहल गर्ने भएको छ । युनियन कास्कीको शुक्रबार पोखरामा सम्पन्न बैठकले नयाँवर्ष–२०७३ को क्यालेण्डर प्रकाशन समेत गर्ने भएको र युनियनका खुल्ला उपाध्यक्ष ज्ञान शर्मालाई क्यालेण्डर प्रकाशन समितिको संयोजक बनाइएको युनियनकी अध्यक्ष कुलदेवी बरालले गोल्डेन न्यूज दैनिकलाई बताइन । बरालका अनुसार उपाध्यक्षद्वय कमलबहादुर सापकोटा, घनश्याम रेग्मी, सचिव केशवराज भट्टराई, सह–सचिव रुद्रप्रसाद तिमिल्सिना क्यालेण्डर प्रकाशन समितिको सदस्य रहेका छन् । यसैगरी युनियनमा आवद्ध अन्य संघ–संस्थाहरुलाई संस्थागत सदस्यता नविकरण गर्नका लागि पहल गर्ने समेत बैठकले निर्णय गरेको छ । यस्तै दर्ता नभएका संस्थाहरुलाई दर्ता गर्न पहल गर्ने निर्णय बैठकले गरेको अध्यक्ष बरालले बताइन । युनियनकी अध्यक्ष कुलदेवी बरालको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष ज्ञान शर्मा, कमलबहादुर सापकोटा, घनश्याम रेग्मी, सचिव केशवराज भट्टराई, सह–सचिव रुद्रप्रसाद तिमिल्सिना, नेपाल प्रेस युनियनका अध्यक्ष शिरोमणि बराल, नेपाल यातायात मजदूर संघका अध्यक्ष जीतबहादुर गुरुङ, नेपाल कारखाना श्रमिक संघका अध्यक्ष टेकनाथ पंथी, कार्यसमिति सदस्य वीरेन्द्र ठाकुर, नेपाल घरेलु श्रमिक संघकी अध्यक्ष लालीमाया रेग्मी, नेपाल होटल संघका केन्द्रीय सदस्य नारायण बहादुर पौडेल लगायतले युनियनले आगामी दिनमा गर्नुपर्ने कतव्र्य र खेल्नुपर्ने भूमिकाको बारेमा आ–आफ्नो धारणा राखेका थिए ।

Post a Comment

 
Top