गोल्डेन न्यूज संवाददाता
अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा पत्रकार तथा साझा यातायातका अध्यक्ष समेत रहेका कनकमणि दीक्षितलाई पक्राउ गरेको छ । अख्तियारबाट खटिएको प्रहरी टोलीले उनलाई पाटनढोक ाबाट पक्राउ गरेको हो । उनी माथि साझा यातायातका अध्यक्षका हैसियतले सार्वजनिक पदको दुरुपयोग गरी गैरकानूनी सम्पत्ति आर्जन गरेको, संस्थाको आर्थिक हिनामिना गरी स्वदेशी तथा बिदेशी बिभिन्न बैंकमा आफू र आफ्नो परिवारको नाममा रकम जम्मा गरेको, संस्थाको सम्पत्तिलाई पैतृक सम्पत्ति सरह बेचबिखन गरेको र त्यसरी बेचबिखनबाट प्राप्त रकम निजी सम्पत्ति सरह अन्यत्र संस्थामा लगानी गरेको र परिवारका नाममा समेत राखेको, संयुक्त राज्य अमेरिकामा समेत आफ्नो नाममा घरजग्गा खरिद गरेको र स्वर्गीय मदन शम्सेर राणा र उनकी श्रीमती जगदम्बा राणाका नाममा रहेका चल अचल सम्पत्ति गैरकानूनी रुपमा आफ्नो नाममा नामसारी गरेको लगायतका उजुरी आयोगमा गरेको थियो ।
आयोगमा पर्न आएका उजुरी माथि छानविनका क्रममा दीक्षतिलाई गत मंसिर १७ गते अख्तियारमा उपस्थित हुन जानकारी गराएकोमा पुस २४ गते आयोगमा उपस्थिती जनाई आयोगले उपलब्ध गराएको सम्पत्ति विवरण फाराम बुझिलिएका थिए । तर उनले बुझाएको सम्पत्ति विवरण फर्जी भएको पाइएको अख्तियारले जनाएको छ । उनले गत पुस ३० गते बुझाएको फारामबारे अख्तियारले भनेको छ–आयोगको अनुसन्धानका क्रममा निज दीक्षितले सो सम्पत्ति विवरणमा समुल्लेखन गर्नु भएको आफ्नो एवं परिवारका नाममा रहेको चल, अचल सम्पत्ति, बैंक खाता लगायतका विवरणहरु यकिननका लागि सम्बद्ध निकायहरुमा पत्राचार गरिएको र सो बाट संकलित कागजात एवं विवरण, निजले आयोगमा उपलब्ध गराएको सम्पत्ति विवरणसँग मेल खाएको देखिएन।’
आयोगको अनुसन्धानका सिलसिलामा यसबाहेक उनी बिरुद्ध थप तथ्य एवं प्रमाणहरु समेत प्राप्त गरेको जनाएको छ । सो लगत्तै उनले बुझाएको सम्पत्ति विवरणमा कैफियत देखिएको विषयलाई लिएर थप बयानका लागि बोलाइएकोमा उनले अटेर गर्दै आएका थिए ।
अख्तियारका प्रवक्ता कृष्णहरि पुस्करले जारी गरेको विज्ञप्तिमा भनिएको छ–आयोगमा उपस्थितिका लागि सम्बन्धित अनुसन्धान अधिकृतद्वारा पटक–पटक टेलिफोन तथा पत्राचार गरी सूचित गर्दा समेत सो को अवज्ञा गर्दै उहाँले आफू आयोगमा उपस्थित नहुने निवेदन समेत दर्ता गराई कानूनको प्रतिकूल आचरण गरेको र अनुसन्धान कार्यमा बाधा व्यवधान पुर्याआएको हुनाले, उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १९(१) को (ग) को कानूनी प्रावधान अनुसार पक्राउ गरी आयोगमा ल्याइएको र निज उपर थप अनुसन्धान तथा तहकिकात कार्य जारी राखिएको व्यहोरा जानकारी गराइन्छ।’
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साझा यातायातका अध्यक्ष कनकमणि दीक्षितले द साउथ एशिया ट्रस्टका नाममा नर्वेजियन दूतावासमार्फत लिएको ६ करोड २७ लाख रकमबारे पनि छानबिन अघि बढाएको थियो । दीक्षितलाई अकुत सम्पत्तिमा छानबिन थाल्दै अख्तियारले बयानका लागि पनि बोलाएको थियो । २२ अगस्त, २०१३ मा द साउथ एसिया ट्रस्टका नाममा काठमाडौंस्थित नर्वेली दूतावासबाट ३८ लाख ९२ हजार नर्वेली क्रोनर ९ करिब ६ करोड २७ लाख नेपाली रुपैयाँ सहयोगसम्बन्धी सम्झौता भएको थियो । दूतावासको लेटरप्याडमा चलानी नम्बर १३००५८५ रहेको सम्झौतामा साउथ एसिया ट्रस्टका कार्यकारी निर्देशक दीक्षितले ‘क्षेत्रीय शान्ति र विकास प्रवद्र्धन गर्ने आम सञ्चारमाध्यमको प्रयोग परियोजना’ का लागि रकम लिने उल्लेख छ ।
यसैबीच अख्तियारले शुक्रबार दीउँसो पक्राउ गरेको साझा यातायातका अध्यक्ष कनकमणि दीक्षितलाई थुनामा राख्नका लागि महानगरीय प्रहरी वृत गैशाला पठाएको छ । अख्तियार मुख्यालय टंगालमा रहेको हिरासतमा नराखी उनलाई साँझपख गौशला पुर्याएको गौशालाका इन्सपेक्टर पृथ्वी ओलीले पुष्टि गरे । अख्तियार स्रोतका अनुसार तोकिएको अनुसन्धान अधिकृतलाई हिकेर कुरा गर्नेहरुलाई टंगालमा राख्नुको साटो हनुमानढोका वा अन्यत्र पठाइँदै आएको थियो । अख्तियारको अनुसन्धान अधिकृतले पटक–पटक पत्राचार र टेफिलोन गर्दा सम्पत्ति विवरणबारे जानकारी दीन अस्विकार गरेपछि अनुसन्धाका लागि पक्राउ गरिएका दीक्षितलाई स्वास्थ्य परिक्षणपछि गौशाला पठाइएको हो । गौशाला प्रहरी वृतमा एउटा मात्रै थुनुवा कक्ष भएकाले दीक्षितले आजको रात सोही कक्षमा बिताउने छन् । ‘हाम्रोमा आज २३ जना थुनुवाहरु छन्’ इन्सपेक्टर पृथ्वी ओलीले भने,–‘उनको लागि विशेष सुविधा केही छैन, अन्य थुनुवासँगै राखिएको छ ।’ अकुत सम्पत्तिबारेको अनुसन्धान नटुंगिए करिब ६ महिनासम्म हिरासतमा राखेर दीक्षितमाथि अनुसन्धान गर्न सकिने अख्तियार स्रोतले जनाएको छ ।
यसरी हत्याए जगदम्बा महारानीको जग्गा !
कनकमणि दीक्षितलाई अख्तियारले पक्राउ गरेसँगै उनको विगत खुल्न थालेको छ । मदन पुस्तकालयका अध्यक्ष कमलमणि दीक्षित र कनकमणि दीक्षित बावुछोरा हुन् । कमलमणिका बाबु तथा कनकमणिका हजुरबा कृष्ण प्रसाद आचार्य मदन शमसेर राणाको घरमा भान्छेका रुपमा प्रवेश गरेका थिए । तत्कालिन राणा शाहको घरमा नोकर पठाउने परम्परा अनुसार कृष्ण प्रसाद आचार्य मदन शमशेरको भान्छामा प्रवेश गरेका हुन् । मदन शमशेर र निजकी श्रीमती जगदम्बा महारानीको निधन पश्चात हकदावी गर्ने नजिकको हकदार कोही नभएपछि कृष्णप्रसाद र उनको छोरा कमलमणिले षड्यन्त्रपूर्ण ढंगबाट राणा दम्पतीको सम्पत्ति आफ्नो नाममा नामसारी गरे ।
जगदम्बा महारानीबाट प्राप्त जग्गामा रहेको साझा यातायात सहकारी संस्थामा कमलमणि र निजका छोरा कनकमणि दीक्षितले साटासाट गरी हालसम्म पैतृक सम्पती झैं भोगचलन गर्दै आएको उनीविरुद्ध अख्तियारमा परेको उजुरीमा उल्लेख गरिएको छ । मदनमणि र उनका छोरा कनकमणि पालैपालो साझाको संचालक हुने गरेका थिए । कनकमणिका बाब् छोराले संचालन गरेको दर्जनौं संस्थाको आयस्रोत पारदर्शी नभएको अख्तियारमा उनीहरु विरुद्ध परेको उजुरीमा उल्लेख गरिएको छ । कमलमणि दीक्षितकी श्रीमती पुल्चोकको एउटा सामान्य विद्यालयमा पढाउने गर्छिन् ।
हिमाल मिडियाले तिरेन साल्ट ट्रेडिङको ऋण !
कनकमणिका बाबु कमलमणि साल्ट ट्रेडिङ कर्पोरशेनको अध्यक्ष हुँदा उनको छोरा कनकमणिले चलाएको हिमाल खबरपत्रिका र जगदम्बा प्रेशले साल्ट ट्रेडिङबाट लिएको ऋण अझैँ नतिरेको पाईएको छ । रातोपाटी लेख्छ–साल्ट ट्रेडिङले पटक–पटक पत्राचार गर्दा अलि–अलि गर्दै तिरेको हिमाल मिडिया र जगदम्बा प्रेशले ०६९ असार यता ऋण तिर्न आनाकानी गरेको पाइएको छ । अख्तियारका अनुसार हिमाल मिडियाले साल्ट ट्रेडिङलाई एक लाख ४३ हजार तिर्न बाँकी छ भने जगदम्बा प्रेशले २१ हजार ६ सय तिर्न बाँकी छ । ठूलो रकमको कारोवार हुँदा कुनै किसिमको कागजात र शर्त नामा नगरी हचुवाको भरमा तत्कालिन अध्यक्ष कमलमणिले कारोवार गरेको हुनाले साल्ट ट्रेडिङले घाटा व्यहोर्ने अवस्था सिर्जना भएको बताइएको छ ।
पाँच करोड कमाएर १२ करोड खर्च ?
साझा यातायातका अध्यक्ष कनकमणी दीक्षितले स्वेदशमाभन्दा विदेशका बैंकहरुमा धेरै पैसा जम्मा गरेको पाइएको छ । अमेरिका र बेलातका विभिन्न बैंकहरुमा एकल र संयुक्त खाता संचालन गरेका दीक्षितले अमेरिकामा आजभन्दा करिब पाँच बर्षअघि श्रीमतीको नाममा फ्ल्याट खरिद गरेको अख्तियारले जनाएको छ । श्रीमती शान्ता दीक्षितको नाममा खरिद गरेको उक्त फ्ल्याटको मूल्य चार लाख ३५ हजार डलर पर्ने बताइएको छ । अकुत सम्पत्ति आर्जन गरेको भन्दै लामो समयदेखि अख्तियारको छानविनमा तानिएका दीक्षितले विभिन्न निकायबाट लिएको तलब, भत्ताबापत पाँच करोड आम्दानी गरेको देखिए पनि १२ करोडभन्दा बढि खर्च गरेको अख्तियारले जनाएको छ । रातोपाटी लेख्छ–अख्तियारले पक्राउ गरेर अुनसन्धान थालेसँगै दीक्षितले अब आम्दानीभन्दा बढी खर्च गरेको सात करोडको आयस्रोत देखाउनुपर्ने छ ।
साझा यातायातको अध्यक्ष हुँदा पदीय दुरुपयोग गरी सम्पत्ति आर्जन गरेका दीक्षितले साझा यातायातको नाममा रहेको विरगञ्जको जग्गा सरकारसँगको अनुमति बिना हचुवाका भरमा बेचेका थिए । त्यस्तै साझाको १६ वटा बस खरिद गर्दा सार्वजनिक खरिद ऐनको पालना नगरेको र स्वेच्छाचारी ढंगले काम गरेको अख्तियारको अनुसन्धानबाट खुलेको छ । त्यस्तै, ललितपुरको लामाटारमा अवस्थित बानेश्वर महादेव गुठीको नाममा रहेको ‘काठमाडौं मठ’ को जग्गा रैकरमा परिणत गरी दीक्षितले आफ्नी श्रीमती र भाउजु मिलन दीक्षितको नाममा पास गराएका थिए । ०६१ सालमा यसरी बद्नियतपूर्ण तबरले गुठीको जग्गा सस्तो मूल्यमा अवैध तरिकाले हत्याउने कार्यमा दीक्षित संलग्न रहेको अख्तियारले दावी गरेको छ । नेपालमै सबैभन्दा महंगो रातो बंगला नामक स्कुल संचालन गरेका दीक्षितले ब्रह्मलुट मच्चाएको र अभिभावकलाई पीडा दिएको ठहर गर्दै निजले कर छली गरेको हकमा समेत सम्बन्धित निकायबाट अनुसन्धान हुनुपर्ने अख्तियारको ठहर छ । विदेशी बैंकमा पैसै–पैसा ! स्वेदशमाभन्दा विदेशी बैंकहरुमा धेरैवटा खाता खोलेका दीक्षितको नाममा रहेको अमेरिकाको चेस बैंकका दुईओटा खातामा १७ हजार दुई सय अमेरिकी डलर रहेको पाईएको छ । त्यस्तै बेलायतको एचएसबीसी बैंकमा कनकमणि र शान्ता दीक्षितको नाममा रहेका दुई वटा खातामा २७ हजार ६ सय ३८ पाउण्ड स्ट्रलिङ मौज्दात रहेको देखिएको छ । श्रीमती शान्ताको नाममा रहेको बेलायतको एचएसबिसि बैंकमा करिब २९ हजार अमेरिकी डलर र उनकै नाममा रहेको अमेरिकीको एपल बैंकमा चार हजार १२६ पाउण्ड स्ट्रलिङ मौज्दात रहेको खुलेको छ । उनका बाबु कमलमणि दीक्षित, अन्जु दीक्षित र कनकमणि दीक्षितको नाममा रहेको लण्डनको एचएसबिसि बैंकको संयुक्त खाताबाट दील्लीमा रहेको म्याट्रिक्स टिभी प्रा.ली.को नाममा पचास हजार अमेरिकी डलर पठाएको भेटिएको छ । यसरी लण्डनबाट दील्लीमा पैसा पठाएको कुरा दीक्षितले राष्ट्र बैंकलाई जानकारी नगराएको अख्तियारले जनाएको छ । त्यस्तै, स्ट्याण्डर्ड चार्टर्ड बैंकमा दीक्षितको नाममा ३६ हजार कित्ता शेयर लगानी रहेको पाइएको छ । बेलायतको एचएसबिसि बैंकमा दीक्षित र उनको श्रीमतीको संयुक्त नाममा एक लाख बिस हजार कित्ता साधारण शेयर रहेको अख्तियारको अनुसन्धानबाट खुलेको छ । आधा दर्जनभन्दा बढी विदेशी संघ–संस्थाबाट विभिन्न मितिमा ११ करोड १२ लाखभन्दा बढी रकम दीक्षित अध्यक्ष रहेको साउथ एसिया ट्रस्ट नामक संस्थालाई प्राप्त भएको देखिएको छ ।
यसैबीच साझा यातायातका अध्यक्ष एवं पत्रकार कनकमणि दीक्षितलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको विरोधमा स्वयं दीक्षित प्रकाशक रहेको हिमाल खबर पत्रिकाको नेपाल पत्रकार महासंघ, हिमाल मिडिया शाखाले भत्र्सना गरेको छ। शाखाका अध्यक्ष सन्त गाहाले प्रकाशित गरेको विज्ञप्तिमा भनिएको छ–‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १० वैशाख २०७३ दिउँसो दुई बजे पाटनढोकाबाट हिमाल मिडियाका सहप्रकाशक तथा हिमाल खबरपत्रिकाका प्रकाशक पत्रकार कनकमणि दीक्षितलाई नियन्त्रणमा लिएको छ । साझा यातायातको अध्यक्षको हैसियतमा ‘गैरकानूनी सम्पत्ति आर्जन गरेको भ्रष्टाचारको कसुरमा अनुसन्धान गर्नुपर्ने’ भन्दै दीक्षितलाई कार्यालय आधा दिन खुल्ने शुक्रवारको अन्तिम समयमा नियन्त्रणमा लिएको हो । आधा दिन खुल्ने शुक्रवारको अन्तिम समयमा नियन्त्रणमा लिएको हो ।
अख्तियारको नियन्त्रणमै वीर अस्पतालमा गरिएको स्वास्थ्य परीक्षणमा दीक्षितको रक्तचाप १९०र९० (४स्०५ बजे) र १८०र९० (४स्३५ बजे) देखिएको थियो । उच्च रक्तचापका विरामीलाई अख्तियारले आफ्नो हिरासतमा नराखी गौशाला प्रहरीको फौजदारी अपराधका आरोपी राख्ने हिरासत कक्षमा कोचेर राखेको छ ।
Post a Comment