गोल्डेन न्यूज संवाददाता
मध्यराति एक युवकमाथि चक्कु प्रहार गरी ज्यान लिन खोज्ने ८ जना पक्राउ परेका छन् । मंगलवार राति पोखराको लेकसाइडमा २० वर्षीय शिशिर श्रेष्ठलाई चक्कु प्रहार गरी घाईते बनाउनेलाई प्रहरीले पक्राउ गरेको हो । राति चक्कु प्रहार गरी भाग्न खोज्नेलाई वडा प्रहरी कार्यालय वैदामबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । घटना भएको १५ मिनेटमै चक्कु प्रहार गर्ने समूहका सबैलाई नियन्त्रणमा लिएको प्रहरी निरीक्षक विरेन्द्र गोदारले जानकारी दिए । पक्राउ पर्नेमा पोखरा ११ का रेजिन राना, आशिष गुरुङ, पोखरा ९ का कुमार बि.क., फर्सा मगर, पोखरा ८ का सुदिप गुरुङ, पोखरा ६ का प्रज्वल गुरुङ, धने लामिछाने र किसान गरुङ रहेका छन् । उनीहरु मध्ये अधिकांश यसअघि पनि प्रहरी कारवाहीमा परेका ब्यक्ति हुन् ।
तनहूँ घर भई हाल पोखरा बस्ने श्रेष्ठ सहित सात जनाको समुह लेकसाइडको क्रसरोड रेष्टुरेन्टमा वसेर निस्किएको तथा अर्को समूह नजिकै रहेको त्रिसरा रेष्टुरेन्टमा मादक पदार्थ सेवन गरी निस्कँदा दुवै पक्षबीच विवाद भएको थियो । सामान्य विवादकै बीच श्रेष्ठमाथि चक्कु प्रहार भएको प्रहरीले जनाएको छ । चक्कु प्रहारबाट गम्भीर घाइते श्रेष्ठलाई तत्काल उद्धार गरी अस्पताल पुर्याइएको थियो । उनको अहिले मणिपाल अस्पतालमा उपचार भैरहेको छ ।
श्रेष्ठमाथि चक्कु प्रहारको खवर पाएको प्रहरीले तत्काल चारैतिर नाकावन्दी गरेपछि उनीहरु सवै होटलमा कोठा लिएर वसेका थिए । सवैतिर सर्च गर्ने क्रममा राती १२ वजे होटलमा वस्न पुगेको थाहा पाएपछि उनीहरुलाई पक्राउ गरेको थियो । बुधवार विहान सर्च गर्ने क्रममा उनीहरु वसेको होटलको कोठामा रहेको टिभी पछाडि लुकाएको अवस्थामा चक्कु भेटिएको थियो । पक्राउ परेका सवैलाई कास्की जिल्ला अदालतबाट ज्यान मार्ने उद्योग मुद्धामा म्याद थप गरी अनुसन्धान थालिएको कास्की प्रहरीले जनाएको छ ।
Post a Comment