0
गोल्डेन न्यूज संवाददाता
पोखराको अमरसिंहचोकमा रहेको युनाइटेड क्वल पोखरा छेठौं वर्षमा प्रवेश गरेको छ । क्लवले आफ्नो छैठौं वार्षिकोत्सव विविध कार्यक्रमको आयोजना गरि मनाएको छ । कार्यक्रमको उद्घाटन गर्दै वडा प्रहरी कार्यालय रामबजारका प्रहरी निरीक्षक वेद प्रसाद जोशीले शिक्षा, स्वास्थ्य, खेलकुद र पर्यटन प्रवद्र्धनमा युनाइटेड क्ल्वले महत्वपूर्ण योगदान दिएको बताए । उनले कुनैपनि क्लवले सामाजिक हितको लागि काम गर्न जरुरी रहेको स्पष्ट पार्दै क्लवले छोटो समयमा आफ्नो उचाइलाई माथि पु¥याउन सफल भएको र आगामी दिनमा पनि आफ्ना क्रियाकलापलाई तदारुकताका साथ अगाडि वढाउनु पर्नेमा जोड दिए । कार्यक्रममा टोल विकास संस्था वडा समन्वय समिति वडा नम्बर १० का अध्यक्ष तथा क्लवका सल्लाहकार सम्मरबहादुर श्रेष्ठले युनाइटेड क्लवले आफ्नो लक्ष्य अनुसारको कामलाई निरन्तरता दिन सफल भएको स्पष्ट पार्दै महोत्सवकै माध्यमबाट सामाजिक क्षेत्रमा क्लव अगाडि बढेको बताए । क्लवका अध्यक्ष हिमालय बख्रेलको अध्यक्षतामा भएको कार्यक्रममा एमाओवादी वडा नम्बर १० का संयोजक रामबहादुर थापा, नगर महिला समन्वय समिति पोखराका अध्यक्ष पवित्रा गुरुङ, पोखरा नगर समन्वय समितिका अध्यक्ष उत्तम जोशी लगायतले आ–आफ्नो भनाइ राखेका थिए । यसैवीच युनाइटेड क्लव पोखराले आयोजना गरेको छैठांै पोखरा महोत्सवबाट ३७ लाख ५६ हजार ९ सय ३२ रुपैयाँ बचत भएको छ । गत पुस ३० देखि माघ १० गते सम्म पोखरामा सम्पन्न महोत्सवबाट ३७ लाख ५६ हजार ९ सय ३२ रुपैयाँ आम्दानी गर्न सफल भएको  महोत्सवका अर्थ संयोजक तथा क्लवका कोषाध्यक्ष राजु श्रेष्ठले बताए । श्रेष्ठका अनुसार महोत्सवको कुल आम्दानी ९८ लाख ४१ हजार ३ सय ४२ र ६० लाख ८४ हजार ४ सय ९ रुपैयाँ खर्च भएको छ । वचत रकमबाट क्लवले अगाडि वढाएको शिक्षा, स्वास्थ्य, खेलकुद र पोखरामा चिडियाखाना निर्माणका लागि २०÷२० प्रतिशतका दरले छुट्याइने श्रेष्ठले बताए ।


Post a Comment

 
Top