गोल्डेन न्यूज संवाददाता
यसवर्षको पोखरा कप अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको पुरस्कार राशिमा बृद्धि गरिएको छ । आयोजक कास्की जिल्ला फुटबल संघले बिहीबार पोखरामा प्रतियोगिता बारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा पुरस्कार राशि बृद्धि गरिएको जानकारी दिएको हो । विजेताले नगद ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । गतवर्ष ३ लाख ५५ हजार रुपैयाँ रहेको पुरस्कार राशिमा यस वर्ष १ लाख ४५ हजार बृद्धि गरि ५ लाख ५ हजार ५ सय ५५ रुपैयाँ पु¥याइएको एन्फा कास्कीका अध्यक्ष धर्मबहादुर लामिछानेले जानकारी दिए । त्यस्तै उप–विजेताले नगद २ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ, ट्रफि मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । गतवर्ष उपविजेताले २ लाख १ हजार प्राप्त गरेको थियो यस पटक ५४ हजार रुपैयाँ बृद्धि गरिएको अध्यक्ष लामिछानेले बताए ।
प्रतियोगिता चैत ३० देखि बैशाख ११ गतेसम्म पोखरा रगंशालामा गर्ने तयारी गरिएको एन्फा उपाध्यक्ष एवं प्रतियोगिता संयोजक मिलन गुरुङले जानकारी दिए । प्रतियोगितामा थ्रि–स्टार, मनाङ्–मस्याङर्दी, नेपाल आर्मी, नेपाल पुलिस, सशस्त्र प्रहरीको
(एपिएफ), झापा–११, धरान–११, रुपन्देही–११, सिमरा–११ र पोखरा–११ सहभागी हुने पक्का भएको एन्फा कास्कीले जनाएको छ । प्रतियोगितामा सहभागी हुने दुई विदेशी टीम बारे कुराकानी भैरहेको भएपनि निश्चित नभएको अध्यक्ष लामिछानेले बताए ।
पत्रकार सम्मेलनमा बोल्दै पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेलले राष्ट्रिय खेलकुद परिषदबाट १ लाख रुपैयाँ सहयोग उपलब्ध गराउने प्रतिबद्धता ब्यक्त गरे । उनले यस्ता प्रतियोगिताले फुटबल खेलको विकासमा महत्वपूर्ण योगदान पु¥याउने भएकाले पोखरा फुटबल क्रेजीहरुको शहर भएकाले खेल हेर्न आउने दर्शकको ब्यवस्थापन सहज रुपमा गर्न आग्रह गरे ।
कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष यामबहादुर गुरुङले एन्फाका पदाधिकारीहरु एकजुट भएर अगाडि बढे आफनो तर्फबाट हुनुपर्ने सबै प्रकारका सहयोग रहने बताए ।
पत्रकार सम्मेलनमा एन्फा उपाध्यक्ष मिलन गुरुङ, खेलकुद पत्रकार मञ्च कास्कीका कार्यबाहक अध्यक्ष सन्देश श्रेष्ठ, एन्फा सदस्य रामकृष्ण गोर्खाली लगायतले बोलेका थिए । यसअघि सफल दूधको प्रायोजनमा पोखरा सफल कपबाट गतवर्षबाट मनकामना दर्शक प्रालिसंग तिन वर्षका लागि सम्झौता भएपछि मनकामना पोखरा कपका नामबाट संचालन हँुदै आएको छ ।
Post a Comment