0
गोल्डेन न्यूज संवाददाता
आन्तरिक एवं बाह्य पर्यटन प्रवद्र्धन एवं वेगनास तथा रुपातालताल क्षेत्रको साथै समग्र लेखनाथ नगर क्षेत्रको पर्यटन प्रर्वद्धनलाई टेवा पुर्याउने उद्देश्यले बैशाख १७ देखि १९ गतेसम्म दोस्रो वेगनास फिस फेस्टिवल आयोजना गरिएको छ। होटल तथा रेष्टुरेण्ट एशोसिएशन लेखनाथको मुख्य व्यवस्थापन र स्थानीय समाजिक संघ–संस्थाको सहयोगमा संचालन हुन लागेको फेस्टिवललाई ब्यवस्थित र प्रभावकारी बनाउनका लागि एशोसिएशनका अध्यक्ष दामोदरभक्त थापाको संयोजकत्वमा बिभिन्न उप–समिति गठन गरि तयारीलाई अघि बढाईएको छ। लेखनाथ नगरपालिका वडा नं ११ को बेगनासताल किनारामा हुने फेस्टिवलले लेखनाथ नगरपालिकामा आन्तरिक तथा वाह्य पर्यटकको आर्कषक गतव्यस्थल वनाई र पर्यटन व्यवसायलाई यस क्षेत्रको मूल आर्थिक श्रोत बनाउने लक्ष्य राखेको छ।
फेस्टिलका मुख्य उद्देश्यहरुमा यस क्षेत्रका पर्यटकीय स्थलहरुको प्रचार–प्रसार गर्र्ने, आन्तरिक तथा वाह्य पर्यटनलाई प्रवद्र्धन गर्ने, यस क्षेत्रमा पाईने माछा, मह, कफी, जडिवुटीहरुको प्रचार–प्रसार गर्ने, स्थानीय माछाहरुको संरक्षण गर्ने साथै यस क्षेत्रमा पाईने माछाहरुको जानकारी गराउने भएको छ। लेखनाथ भ्रमण वर्ष २०७२÷७३ लाई सफल बनाउनका लागि आवश्यक पर्ने प्रचार–प्रसार गरि लेखनाथलाई उपयुक्त पर्यटकीय स्थल बनाउने मूल उद्देस्यका समेत राखिएको फेस्टिवलमा महिला तथा पुरुष खुल्ला डुंगा दौड प्रतियोगिता, माछा तथा खानाका स्टलहरु रहने बताइन्छ । 
यसैगरी माछा, मह तथा कफी प्रर्दशनी, जडिबुटी प्रर्दशनी, पप कन्सर्ट, लोकदोहोरी साथै स्थानीय सांस्कृतिक कार्यक्रमहरु महोत्सवमा प्रस्तुत गरिने भएको छ भने साथमा भेषभूषा तथा झाँकी प्रदर्शनी, खुल्ला पौडी प्रतियोगिता र एंगलिङ (माछा मार्ने) प्रतियोगिता राखिने भएको संयोजक थापाले जानकारी दिए।
फेस्टिवल संचालनका लागि करिव ९ लाख खर्च हुने र करिब १२ लाख आम्दानी भई ३ लाख वचत हुने अपेक्षा राखिएको छ । वचत रकमको ३० प्रतिशत रकम वेगनास तालको संरक्षण तथा सरसफाईमा खर्च गरिनुका साथै  वेगनासताल रुपाताल जलाधार क्षेत्रको संरक्षणको लागि खडा गरिने संरक्षण कोषमा समेत रकम जम्मा गरिने भएको छ। फेस्टिबलमा करीब ७० हजार दर्शकहरुले प्रत्यक्ष अवलोकन गर्ने र करिब ५० लाख रुपैयाँ बरावरको आर्थिक कारोवार हुने अपेक्षा गरिएको छ। फेस्टिबलको सह–संयोजक एवं डुंगा दौड प्रतियोगिता संचालन उप समितिको संयोजक ढकनाथ कंडेल, महासचिवमा वीरभद्र कंडेल, कोषाध्यक्षमा कृष्णप्रसाद तिमिल्सेना, निर्देशक तथा आर्थिक व्यवस्थापन उप समिति÷प्रचार–प्रसार उपसमिति संयोजकमा दुर्गा प्रसाद अधिकारी, निर्देशकमा किरणराज खनाल,सामाजिक संघ–संस्था परिचालन उप समिति संयोजकमा नगर टोल विकास समन्वय समितिका अध्यक्ष छवि लामिछाने, अतिथि सत्कार उपसमिति तथा महिला समूह परिचालन उप–समिति  संयोजकमा वेगनासताल महिला समूह, फूल माला तथा व्याज वितरण उप–समिति संयोजकमा पिप्ले महिला समूह, पौडी प्रतियोगिता संचालन उपसमिति संयोजकमा गोविन्द जलारी, एंगलिङ प्रतियोगिता संचालन उप–समिति संयोजकमा इन्द्र वहादुर गुरुङ रहेका छन् ।
यसै गरि कलाकार तथा साउण्ड सिष्टम व्यवस्थापन उप समिति संयोजकमा अर्जुन लम्साल, सुरक्षा व्यवस्थापन उप–समिति संयोजकमा सामुदायिक सेवा केन्द्र लेखनाथ, मिडिया परिचालन उप–समिति संयोजकमा लेखनाथ पत्रकार मञ्च, प्राथमिक उपचार सेवा उप–समिति संयोजकमा सामुदायिक लायन्स अस्पताल, युवा तथा स्वयंसेवक परिचालन साथै पार्किगं व्यवस्थापन उप–समिति संयोजकमा वेगनास युवा क्लव, यातयात व्यवस्थापन उप समिति संयोजकमा बेगनासताल वस व्यवसायी समिति,गेट तथा स्टेज निर्माण उपसमिति संयोजकमा लेखनाथ हार्डवयर एशोसिएशन, सरसफाई उप समिति संयोजकमा वेगनासताल वजार व्यवस्थापन समिति,माछा व्यवस्थापन उपसमिति संयोजकमा वेगनास मत्स्य व्यवसायी समिति, माछा प्रर्दशनी व्यवस्थापन समितिको संयोजकमा वेगनास मत्स्य अनुसन्धान केन्द्र,मायाको चिनो र प्रशंसा पत्र व्यवस्थापन उप–समिति संयोजकमा लेखनाथ वर्ड तथा इको टुरिज्म सोसाइटीलाई राखिएको छ।







Post a Comment

 
Top