0
जिल्ला जनस्वास्थ्य कार्यालयको आयोजना र नेपाल मधुमेही समाज कास्कीको सहआयोजनामा सरोकारवालाहरूको सहभागितामा बिहीबार कास्कीमा विश्व स्वास्थ्य दिवस मनाइएको छ। दिवसको अवसरमा आयोजित मधुमेहसम्बन्धी निःशुल्क रक्त परीक्षणमा ३ सय ७ जनाको निःशुल्क परीक्षण गरिएको छ। सन् १९५० देखि विश्व स्वास्थ्य संगठनको आयोजनामा मनाउन सुरु गरिएको दिवसको यस वर्षको नारा ‘मधुमेहको रोकथाम गरौँ, समयमै उपचार गरी आफ्नो नियन्त्रणमा राखौँ’ तय गरिएको छ। दिवसमा हरेक वर्ष एक रोगमा केन्द्रीत कार्यक्रम गरिने प्रचलन छ।
दिवसकै अवसरमा बिहीबार बिहान सिर्जनाचोकदेखि सभागृह चोक हुँदै न्युरोडसम्म सचेतनामूलक ¥याली पनि निकालिएको थियो। ¥यालीपछि आयोजित कार्यक्रममा बोल्दै वरिष्ठ मधुमेह, थाइराइड तथा हर्माेन रोग विशेषज्ञ डा. तीर्थलाल उपाध्यायले मधुमेह विश्वमै चिन्ताजनक रुपमा बढ्दै गएको बताउँदै समयमै सजग हुन आग्रह गरे। सरकारी निकाय, स्वास्थ्य संस्थाहरू, स्वास्थ्यकर्मी र सचेत नागरिकको प्रयासले मात्र स्वास्थ्यसम्बन्धी अभियानहरू प्रभावकारी रुपमा सञ्चालन हुन सक्ने उनले बताए। नेपाल मधुमेही कास्कीका अध्यक्ष कृष्णप्रसाद बरालले विश्व स्वास्थ्य संगठनले नै विश्वमा मधुमेहको अवस्था चिन्ताजनक रहेको औंल्याएरको अवस्थामा यसबारे समयमै सचेत प्रयास आवश्यक पर्ने बताए। 
युआरएलका प्रवन्ध निर्देशक ठाकुरप्रसाद पन्तले यो वर्ष आयोजित २० निःशुल्क शिविरमा रक्त परीक्षण गराउनेमध्ये १२ प्रतिशतमा मधुमेह देखिएको जानकारी दिए। यो वर्ष विभिन्न संघ, संस्थासँगको सहकार्यमा युआरएलद्वारा आयोजित निःशुल्क शिविरमा १० हजार दुई सय ६३ जनाको परीक्षण गरिएको छ। 
जिल्ला जनस्वास्थ्य कार्यालय कास्कीका निमिक्त कार्यालय प्रमुख वोधराज सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत नेपाल मधुमेही समाज कास्कीका सचिव  बलराम बराल र सञ्चालन जनस्वास्थ्य अधिकारी नानीबाबु ढकालले गरेका थिए।








Post a Comment

 
Top