सिएट टायरको ग्राहक भेटघाट कार्यक्रम पोखरामा सम्पन्न भएको छ । व्यवसाय प्रवद्र्धनको लक्ष्यसहित सिएट टायरको विशेषताहरुका बारेमा ग्राहकलाई जानकारी गराउने उद्देश्यले कार्यक्रम गरिएको हो । उक्त अवसरमा बोल्दै सिएट टायरका लागि नेपाल कन्ट्री म्यानेजर श्रीयादर्शी पलले सिएट टायर संसारभर लोकप्रिय रहेको बताए । ‘सिएट टायर निकै बलियो र विश्वसनीय छ’ उनले भने,–‘नेपालमा सिएट टायरको माग उच्च छ ।’ सिएट टायरले ग्राहकको विश्वास जित्न सफल भएको उनले बताए । पोखरा तथा आसपासका यातायात व्यवसायी तथा सिएट टायरका ग्राहकहरु करिब एकसय जना कार्यक्रममा सहभागी भएको सिएट टायरका लागि यस क्षेत्रको आधिकारिक बिक्रेता मोनिका सप्लायर्सका सञ्चालक मोहनबावु खड्काले जानकारी दिए । ‘सिएट टायरको बिक्री पछिको सेवा राम्रो छ,’ खड्काले भने,–‘भारतमा उत्पादित सिएट टायर पोखरा भित्रिएको छोटो समयमा नै लोकप्रिय बनेको छ ।’ भारतमा सन् १९४७ देखि उत्पादित सिएट टायर संसारका धेरै राष्ट्रहरुमा बिक्री हुँदै आइरहेको खड्काले बताए । मोटरसाइकलदेखि जहाजसम्मका सिएटका टाएरहरु उत्पादन हुँदै आइरहेका छन् । अरु ब्राण्ड भन्दा उत्कृष्ट, बढी माइलेज दिने विशेषताका कारण सिएर टायर ग्राहकको रुचीमा पर्ने कन्ट्री म्यानेजर श्रीयादर्शीले दावी गरे ।
Subscribe to:
Post Comments (Atom)
Post a Comment