नेपाल निजामती कर्मचारी युनियन जिल्ला कार्य समिति कास्कीको आयोजनामा शुक्रबार कर्मचारी भेला सम्पन्न भएको छ । नजिकिँदै गरेको निजामति कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनको चुनावको सन्दर्भमा भेला आयोजना गरिएको हो । नेपाल निजामति कर्मचारी युनियन संघ कास्कीका अध्यक्ष डार्विन लम्सालको अध्यक्षतामा आयोजित कार्यक्रममा युनियन संघका केन्द्रीय सदस्य तुलसी प्रसाद बराल, शंकर पुरी, शिव गौतम, विनोद अधिकारी लगायलले बोलेका थिए । कार्यक्रममा युनियन संघका पूर्व केन्द्रीय सदस्यहरु, सल्लाहकार, समितिका पदाधिकारी र कास्कीका सबै कार्यालयका कर्मचारीहरुको संलग्नता रहेको युनियन संघ कास्कीका सचिव सुरेश कुमार श्रेष्ठले जानकारी दिए । यसैबीच डार्विन लम्साल संयोजक रहने गरी १ सय १३ सदस्यीय निर्वाचन परिचालन समितिको बिस्तार गरिएको श्रेष्ठले जानकारी दिए । चुनावमा राम्रो मत ल्याउने गरी गरी संघले तयारीलाई तीब्र बनाएको श्रेष्ठले बताए ।
Subscribe to:
Post Comments (Atom)
Post a Comment