0
रीता गुरुङ÷गोल्डेन न्यूज
म्याग्देली सञ्जाल जापानको आइतवार भएको पाँचौ अधिवेशनले महेन्द्र बानिया (बेनी) लाई अध्यक्षमम चयन गरेकोछ ।  कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा दिपक केसी (घतान), महासचिव खेम मल्ल (देबिस्थान), सचिव नरेन्द्र सापकोटा (बरङ्जा), कोषाध्यक्ष दिपककुमार खड्का (सिंगा), सहसचिव लिल केसी (मराङ) चयन भएका छन् । यसैगरी सदस्यहरुमा ज्ञानेन्द्र केसी (बेनी), देबेन्द्र भण्डारी (मुना), प्रेम पुन (दग्नाम), राम खड्का (घार), सरास्वती पुन (शिख), ताराबहादुर कार्की (राखु), रेशम भण्डारी (मुना), हेमकुमार जुग्जाली (बिम) र खम्मर पुन (मराङ) रहेका छन् । समितिमा जिल्लाका सबै क्षेत्र, वर्ग र समुदायको प्रतिनिधित्व हुने गरी दुई जना उपाध्यक्ष र ४ जना सदस्यहरु आगामी पहिलो बैठकले मनोनित गरिने भएको छ ।  
अधिवेशनले संस्थाको कार्यप्रगति प्रतिबेदन र आर्थिक प्रतिबेदन सामान्य संशोधन सहित पारित गर्नुका साथै पाँच बुँदे घोषणापत्र जारी गरेको छ । घोषणापत्रमा म्याग्दीलाई फ्रि वाइफाइ जिल्ला बनाउने बिश्वब्यापी अभियानलाई जापानबाट सक्दो टेवा पु¥याउन निबर्तमान अध्यक्ष महेन्द्र खड्काको संयोजकत्वमा एक कार्यदल गठन गर्ने, संस्थाको नाम संशोधन सम्बन्धमा संस्थाको ऐतिहासिक अस्तित्व कायमै रहने गरी म्याग्देलीहरुको अन्तर्राष्ट्रिय सञ्जाल मोनासंग एकरुपता गर्ने, आगामी दुई वर्षे कार्यकालका लागि स्पष्ट भावी कार्ययोजनासहित संस्थालाई नयाँ ढंगले थप गति प्रदान गर्ने, जापानमा छरिएर रहेका म्याग्देलीहरुलाई गोलबन्द गर्दै जिल्लाका भैपरि आउने कार्यहरुमा संभावित सहयोग जुटाउन क्रियाशील रहने र जापानमा रहेका सबै संघसंस्थाहरुसंग पारस्परिक सम्बन्ध र सहकार्य बिस्तार गर्दै नेपाली समुदायको हितमा क्रियाशील रहने रहेका छन् ।  
सञ्जालका अध्यक्ष महेन्द्र खड्काको सभापतित्वमा भएको पाँचौ अधिवेशन समारोहको प्रमुख अतिथि म्याग्देलीहरुको अन्तर्राष्ट्रिय सञ्जाल मोनाका केन्द्रिय अध्यक्ष योगेन्द्रबहादुर क्षेत्री र वरिष्ठ उपाध्यक्ष बिनोद कुंँवरले सामुहिकरुपमा कार्यक्तमको उदघाटन गरेका थिए । कार्यक्रममा बोल्दै मोना अध्यक्ष क्षेत्रीले बिश्वभर छरिएर रहेका म्याग्देलीहरुलाई गोलबन्द गर्दै म्याग्दी जिल्लाको बिकासमा सहभागी गराउन मोना लागिपरेको बताए । बेलायतमा बस्दै आएका एनआरएन आइसीसीका सदस्य समेत रहेएका क्षेत्री अधिवेशनका लागि जापान आएका हुन् । 
यसैगरी बिशेष अतिथि मोनाका वरिष्ठ उपाध्यक्ष बिनोद कुँवरले नेपालकै पहिलो निःशुल्क वाईफाई जिल्ला बनाउने अभियानमा बिश्वभर रहेका म्याग्देलीहरु जुर्मुराईरहेको बताए । एनआरएन आइसीसीका सदस्य समेत रहेका कुँवर पनि अधिवेशनका लागि दक्षिण कोरियाबाट आएका हुन् ।         
कार्यक्रममा गुल्मेली समाज जापानका अध्यक्ष शालिकराम भण्डारी, सञ्जालका सल्लाहकार गमप्रसाद जुग्जाली लगायतले आ–आफ्नो भनाइ राखेका थिए ।  सञ्जालका वरिष्ठ उपाध्यक्ष महेन्द्र बानियाको स्वागत मन्तब्य रहेको अधिवेशन समारोहको महासचिव खेम मल्लको सञ्चालन रहेको थियो । कार्यक्रममा सञ्जालका सल्लाहकार समेत रहेका निर्वाचन समितिका संयोजक तिलक मल्लले सर्बसम्मत गठित नयाँ कार्यसमितिको घोषणा गर्नुका साथै पाँचबुँदे घोषणापत्र जारी गरेका थिए । कार्यक्रमको पूर्वसन्ध्यामा भएको बन्द सत्रमा निःशुल्क वाइफाई प्रोजेक्ट, बिश्वब्यापी एकरुपताका लागि संस्थाको नाम संशोधन गरी मोना गर्ने सम्बधमा र नयाँ कार्यसमितिको गठन सम्बन्धमा गरी तीन चरणमा  छलफल भएको थियो । छलफलमा उठेका जिज्ञासा, टिप्पणीहरुको सभाध्यक्ष तथा केन्द्रबाट आएका पदाधिकारीहरुले स्पष्ट पारेका थिए। बन्दसत्रमा उपस्थित प्रतिनिधिहरु को लामो छलफल र बहसबाट सर्बसम्मत कार्यसमितिको गठन, वाइफाई प्रोजेक्टलाई जापानबाट सक्दो सहयोग गर्न कार्यदलको निर्माण र संस्थाको नामलाई रुपान्तरण गरी मोना गरियोस् भन्ने नामावली संशोधन प्रस्तावलाई पारित गरेको हो । अन्यन्त संबेदनशील मानिएको नामावली संशोधन प्रस्तावलाई बन्द सत्र हुँदै नयाँ कार्यसमितिसम्म खुल्ला राखी छलफलका लागि अन्तिमसम्म मौका दिईएको थियो । 
नयाँ कार्यसमितिले समेत सर्बसम्मत पारित गरेपछि मात्र उक्त प्रस्तावलाई घोषणा गरिएको थियो । अधिवेशनले दिएको म्याण्डेट अनुसार २००७ सालमा स्थापना भई जापानको नेपाली समुदायमा म्याग्देलीहरुको संस्थाको रुपमा आफ्नो छुट्टै पहिचान बनाउँदै आएको म्याग्देली सञ्जाल जापान अब उप्रान्त म्याग्देली प्रवासी नेपाली संघ (मोना) जापानका नामले चिनिने भएको छ । त्यसो भन्दैमा म्याग्देली सञ्जालको इतिहास भने मेटिने छैन संस्थाको स्थापना मिति र लोगोमा इतिहासलाई समेटिने बताईएको छ । 
टोकियो रोधी क्लवको सभाकक्षमा भएको अधिवेशन समारोह लगत्तैको च्यारिटी डिनर कार्यक्रममा सञ्जय गुरुङ, शान्तिश्री परियार, देवराज आले मगर, शिला गुरुङ, सोना केसी, सलिना नेपाली, बम पुन, हिराबहादुर श्रीष लगायतका रोधी क्लवका कलाकारहरुको साँगीतिक प्रस्तुतिमा सहभागीहरुले भरपुर मनोरञ्जन लिएका थिए ।





Post a Comment

 
Top